निर्णय नं. ६९४६ - बहाल दिलाई घरबाट उठाई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९४६ - बहाल दिलाई घरबाट उठाई चलन चलाई पाउँ भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५७/०३/२९ २६१७ निर्णय नं. ६९४६ ने.का.प. २०५७ अङ्क १०/११ पूर्ण इजलास माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५६ सालको दे.पु.ई.नं.... ७४ फैसला मितिः २०५७।३।२९।५ मुद्दाः बहाल दिलाई घरबाट उठाई चलन चलाई पाउँ । पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ३ बाँसवारी बस्ने दिलमैया विष्ट विरुद्ध विपक्षी/वादीः का.जि.का.म.न.पा. वडा नं. ३ बाँसवारी बस्ने बुबु ठकुरानी § का.जि.का.म.न.पा. वडा नं.२२(क) कि.नं. २१५ को क्षेत्रफल ०-८-० जग्गा वादी बुबु ठकुरानीको भएको तथा सो जग्गामा वादीले मिति ०३४।२।५ मा तत्कालिन काठमाडौं नगर पन्चायतबाट नक्सा पास गरी ६ कवल पसल समेतको घर निर्माण गरेको तथ्यमा समेत विवाद देखिदैँन । सो जग्गा मध्ये ०-६-० जग्गा र चार कवल पसल मिति २०३७।९।१२ मा वादी बुबु ठकुरानीले पूर्ण बहादुर गुरुङ्गलाई बकसपत्र गरी दिँदा उक्त जग्गाको दक्षिण किल्लामा यही मध्येको बाँकी घर जग्गा बाँकी २ कवल भन्‍ने पनि उल्लेख गरेको सम्बन्धित लिखतबाट देखिन आउँछ । उक्त लिखतले नै वादीको २ कवल पसल घर दक्षिणतर्फ बाँकी रहेको पुष्टि गर्दछ । सो जग्गा कित्ताकाट भई वादीको नाममा कि.नं. ३०० बाँकी रहन आएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । वादी बुबु ठकुरानीले प्रतिवादी दिलमैया विष्टलाई मिति ०४३।१०।१४ मा बकसपत्र गरी दिँदा ०-२-० जग्गा मात्र हक हस्तान्तरण गरेको देखिन्छ । पूर्ण बहादुर गुरुङ्गलाई बकस दिई बाँकी रहेको २ कवल पसल प्रतिवादीलाई बकसपत्र गरी हक हस्तान्तरण गरेको देखिदैँन । लिखतको आधारमा हक प्राप्त गर्नेले लिखतमा उल्लेख नै नभएको घरमा हक प्राप्त गर्न सक्ने अवस्था हुदैँन । § प्रतिवादी तर्फबाट उल्लेख गरिएको दुर्गादास उपाध्याय वि.ईश्‍वरबहादुर शाह समेत भएको मुद्दामा बढ जग्गा खरिद गर्नेको हुने (ने.का.प. २०२०, नि.नं. २१७, पृ. १८५) र अखण्ड शम्शेर ज.व.रा. समेत वि.रुद्र राणा भएको जग्गा कायम मुद्दामा निश्‍चित साँध सीमाना भित्रको प्रतिवादीको जग्गा नरवेसी भएको कारणले मात्र बढ हुन आएको जग्गा वादीको भन्‍न मिल्ने अवस्था नरहने (ने.का.प. २०४३, नि.नं. २६१६, पृ. १००) भन्‍ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त मुद्दाहरुमा घरको विवाद नभई जग्गाको मात्र विवाद रहेको र प्रस्तुत मुद्दामा घरको विवाद हुँदा मुद्दाको तथ्य नै फरक परेकोले उक्त सिद्धान्तहरु प्रस्तुत मुद्दामा प्रासंगिक देखिन आउदैँन । उक्त ने.का.प. २०४३, नि.नं. २६१६ को मुद्दामा अन्य यकिन सबूद प्रमाणको अभावमा भन्‍ने शब्दावली पनि प्रयुक्त भएको देखिँदा अन्य यकिन सबूद प्रमाण छ भने अन्यथा हुन सक्ने उक्त सिद्धान्तबाटै पनि देखिन आउछ । काठमाडौं जिल्ला अदालतबाट मिति ०४६।४।१५ मा भएको नक्सा कुण्डलीबाट पनि विवादीत घर न.नं.५ मा २ कवल पसल र जग्गाको क्षेत्रफल ०-२-३-२ कायम भएको देखिन्छ । प्रतिवादी दिलमैया विष्टले वादी बुबु ठकुरानीबाट ०-२-० जग्गा मात्र प्राप्‍त गरेको अवस्था हुँदा ०-०-३-२ जग्गा पनि बाँकी नै रही घर समेत बाँकी रहेको अवस्था देखिन आउँछ । जग्गा बढ भए जस्तै घर पनि बढ हुन नसक्ने हुँदा चारकिल्ला भित्र परेको नाताले मात्र घरमा प्रतिवादीको हक पुग्छ भन्‍न मिल्दैन । प्रतिवादी जिकिरको वादी कमला सिलवाल वि.बुबु ठकुरानी भएको लिखत वदर मुद्दा डिसमिस भएको कारणले मात्र मुद्दाको तथ्य प्रमाणिक मान्‍न मिल्दैन । तसर्थ