निर्णय नं. ४०१७ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०१७ - लिखत दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/०८ २३४४ निर्णय नं. ४०१७ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको दे.पु.नं. ४७८ फैसला भएको मिति : २०४६।११।८।२ मा पुनरावेदक/प्रतिवादी : वीरगञ्ज न.पं. वा.नं. १२ बस्ने पासपतप्रसाद शाह तेली विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने दिलीपप्रसाद भन्ने दलिपनारायण वर्णवाल मुद्दा : लिखत दर्ता बदर § मुद्दा पर्दापर्दै घर जग्गा खरीद गरी लिएकोमा उक्त मुद्दाबाट घरजग्गाको तेरो मेरोमा जे जस्तो निर्णय हुन्छ सोही अनुकूल राजीनामाको कानुनी स्थिति हुने । (प्रकरण नं. १४) § घर जग्गामा बिक्री गर्नेको हक समाप्त भएको अवस्थामा सो व्यक्तिबाट हक प्राप्त गर्नेको हक कायम रहन नसक्ने । (प्रकरण नं. १४) § आफूमा निहित हक भन्दा बढी हक हस्तान्तरण गर्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : नारायणी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति दिन मिलेन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश उपर निवेदन परेकोमा पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत संयुक्त इजलासबाट आदेश भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. विपक्षी शम्भुनारायण वर्णवालले वसगीत रामबाट खरिद गरिलिएको ०–०–११–८ जग्गा र सो मा भएको खपडाको घर र टिनको बसरी भएको घर १ भत्किए पछि घर बनाएकोमा पूर्व सडक पश्चिम २ फुटको नाली उत्तर दुर्गाराम दक्षिण सडक भनी ४ किल्ला लेखी म उपर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएकोमा दावीको घर मेरो हो हाल फिरादमा किल्ला फरक पारी मेरो घरलाई दावी गर्न आएका हुन् भनी प्रतिउत्तर फिराएकै छु । सो मुद्दामा नाप नक्शा नै नगरी मलाई हराई फैसला भएको र सो फैसलामा मेरो मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी नाप नक्शा गर्ने आदेश भई नाप नक्शा समेत भएको छ । मध्यमाञ्चल क्षेत्रीय अदालतमा मुद्दा चल्दा चल्दैका अवस्थामा विपक्षीहरु मिली मलाई हानी आफूलाई फाइदा हुने गरी रै.नं. ५३७ को ०–०–११–६ जग्गा मध्ये ०–०–३ जग्गा र सो जग्गामा भएको घर समेत किल्ला फरक पारी पासपतलाई ०३९।६।१८ मा रजिष्ट्रेशन गरी दिएको कुरा निज पासपतले मेरो नाममा पठाएको घर खाली गरी दिनु भन्ने हु.बाट पठाएको सूचनाबाट थाहा पाई नालेश गर्न आएको छु । साक्षी प्रमाण बुझी शम्भुनारायणबाट पासपतले जानाजान गराई लिएको मिति २०३९।६।१८ गतेको रु. २,००,०००।– मा माथि उल्लेखित ०–०–३ जग्गा र घरको लिखत बदरको साथै दर्ता समेत बदर गरी पाउँ भन्ने वादी । ३. वादी दावी अनुसार लिखत बदर हुनुपर्ने होइन । किल्ला फरक पारी जग्गा लिएको होइन । शम्भुनारायणबाट कानुन बमोजिम रजिष्ट्रेशन पास गराई लिएको हो । वादीसंग शम्भुनारायणको मुद्दा परेको कुरालाई थाहा थिएन दावी अनुसार लिखत बदर हुनुपर्ने होइन झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने प्रतिवादी । ४. प्रतिवादी शम्भुनारायणले मिति २०४०।९।६ मा तामेल भएको इतलायनामाको म्याद गुजारी बसेको । ५. वादीको साक्षी मोहनप्रसाद प्रतिवादीको साक्षी शिवनन्दनप्रसादले गरेको बकपत्र । वादीले दावी लिएको घर जग्गा समेत शम्भुनारायण र दलिपनारायण बीचको बहाल दिलाई घ