निर्णय नं. ६९४८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९४८ - अंश भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०२/०३ २६७० निर्णय नं. ६९४८ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५१ सालको फौ.पु.नं.... २२५८ फैसला मितिः २०५६।२।३ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः जिल्ला कैलाली, दुर्गौली गा.वि.स.७ बस्ने ढाटु डगोरा थारु समेत विरुद्ध विपक्षी/वादीः जिल्ला कैलाली, दुर्गौली गा.वि.स.७ बस्ने मौना डगोरा थारु § अलग-अलग सुकुम्वासीको हैसियतमा दुवै थरले जग्गा पाएको विषयमा कुनै विवाद रहेको देखिएन । अन्यत्र अरु पैत्रिक जग्गा नहुने सुकुम्वासीको हैसियतबाट जग्गा प्राप्त गरी आफूले भोग तिरो चलन गरी आएबाट अलग अलग परिवारको अस्तित्व कायम गरी आएको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको ३० नं. मा आ-आफूले पाएको अचल छुट्टाछुट्टै भोग चलन गरी आएकोमा व्यवहार प्रमाणबाट वण्डा भई सकेको ठहरेमा पछि वण्डापत्र भएको छैन भन्‍न पाउदैन भन्‍ने उल्लेख भएको पाइन्छ । पुर्खौली सम्पत्ति केही पनि नभएको, जे भएको सम्पत्ति पनि क्षेत्रीय बसोबास कार्यालयबाट सुकुम्वासीको नाताले प्राप्त गरेको देखिएबाट पैत्रिक सम्पत्ति जस्तो तिरो भरो नामसारी गर्नुपर्ने अवस्था पनि आएन । अंशवण्डाको ३० नं. को व्याख्या पनि मुद्दाको अवस्थाको सापेक्षतामा गर्नु न्यायोचित हुने हुँदा वादी दावी बमोजिम अंश पाउने ठहराएको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको २०४९।८।९ को फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्र.नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजिरः फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत दिपायलको २०४९।८।२९ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः 2. मुल पुर्खा धालु डगौरा थारुका २ छोरो जेठो झोला डगौरा र कान्छो खिरमान डगौरा थारु र झोला डगौराको एक मात्र छोरा म फिरादी हुँ, खिलमानका ३ छोरा जेठो ढाडु, माहिलो जितबहादुर र कान्छो हरिप्रसाद समेतका संधियार सगोलमा बसी आएका मेरो सगोलमा बस्ने इच्छा नभएकोले प्र.हरु सँग अंश माग गर्दा नदिएकोले अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । 3. जेठा दाजु झोला डगौरा हाम्रो मुल वासस्थान दाङ जिल्ला जयसुर गाउँमा १९७९ सालमा नै घरसारको अंशवण्डा गरी अलग भइसकेको, म खिरमान कैलाली जिल्लाको दुर्गौली गा.पं.मा जिमिन्दार मोहनविक्रम समेतको जग्गा खनजोत गरी खाई आइ २०२१ सालमा भु.सु.ऐन लागू भएपछि जिमिन्दारहरुको जग्गा मेरो छोरा ढाडुका नाउमा दर्ता भएको सो आफ्नो ज्ञान सिपले आर्जन गरेको जग्गाबाट अंश दिनु पर्ने होइन दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर पत्र रहेछ । 4. वादी मौना थारुलाई १ नं. मोहीको लगत फाराममा सगोलको परिवार सदस्य देखाई भरेको देखिँदा वादीले अंश पाउने नै देखियो । तायदातीमा उल्लेखित सम्पत्तिको २ भागको १ भाग प्रतिवादीको परसारी १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत कैलाली जिल्ला अदालतको फैसला । 5. हाम्रो प्रमाणको मूल्यांकन नै नगरी अंश पाउने ठहराई गरेको त्रुटिपूर्ण फैसला वदर गरी वादीको झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत पुनरावेदन जिकिर । 6. आफूसँग भएको बण्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती दुवै पक्षबाट पेश भई सो तायदातीमा निजी आर्जनको भनी उल्लेख गर्न पनि नसकेकोले वादी दावी वमोज