निर्णय नं. ६९४९ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९४९ - जवरजस्ती करणी भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५७/०२/०२ ४२४१ निर्णय नं. ६९४९ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५४ सालको फौ.पु.नं. ...१४८० फैसला मितिः २०५७।२।२।२ मुद्दाः जवरजस्ती करणी । पुनरावेदक/प्रतिवादीः जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष २६ को मधुकर राजभण्डारी विरुद्ध विपक्षी/वादीः भावना प्याकुरेलको जाहेरीले श्री ५ को सरकार § प्रस्तुत मुद्दामा जाहेरवालीहरु तीन जना १७,१८, वर्षका केटीहरुलाई पाँच जना प्रतिवादीहरुले रातको ११:०० बजेको समयमा कोठा भित्र पसी जवरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको आधारमा प्रतिवादीहरु उपर प्रस्तुत मुद्दा चलेको देखिन आउछ । प्रतिवादी मध्येका मधुकर राजभण्डारीले बत्ति निभाई ढोकाको छेस्किनी लगाई इन्दिरा भण्डारीलाई जवरजस्ती करणी गरेको भन्ने कुराको किटानी बकपत्र जाहेरवाली मध्येकी भावना प्याकुरेलले अदालतमा समेत गरेको देखिन्छ । जाहेरवाली वर्ष १७ की इन्दिरा भण्डारीको गुप्ताङ्ग जाँच हुँदा भेजिनल स्वायव (Veginal Swab) मा पुरुष विर्य नदेखिएको भन्ने कारणबाट निज उपरको जवरजस्ती करणीको ३ नं. को अपराध शुरु र पुनरावेदन अदालतले कायम नगरेको र त्यस उपर श्री ५ को सरकरबाट समेत मुद्दा दोहोर्याउने निस्साको लागि यस अदालतमा निवेदन आएको देखिदैँन । तथापि दोहोर्याउने निवेदन वा पुनरावेदन पर्नु वा नपर्नुको कारणबाट गलत वा भ्रमक तार्किक आधारलाई मातहत अदालतबाट अनुसरण गरिने स्थितिमा रहन दिनु उपर्युक्त हुदैँन । जवरजस्ती करणीको अपराधमा पिडित स्वास्नीमानिसको योनीको डाक्टरी जाँच गरिदा पुरुष विर्य फेला नपर्नुबाट जवरजस्ती करणीको अपराध नभएको भन्ने प्रमाणित हुने अवस्था देखिन आउदैँन । पुरुष विर्य फेला पर्नुबाट सो अपराध हुँदा जवरजस्ती करणीको साथै पुरुष विर्य स्खलन भएको तथ्य समेत प्रमाणित हुने कुरा हुन्छ । तर त्याँहा पुरुष विर्त स्खलन नभएकोमा फेला पर्ने अवस्था रहदैँन । त्यस्तोमा जवरजस्ती करणी नै नभएको भनी अरु प्रमाणको उपेक्षा गर्न मिल्दैन । त्यसमा पनि पुरुष विर्य फेला पर्नु वा नपर्नुमा वारदातको कति समयपछि परीक्षण भएको हो भन्ने कुरा महत्वपूर्ण हुने । § प्रस्तुत वारदातमा पिडित स्वास्नीमानिसको हाइमेन (Hymen) च्यातिएको स्थितिमा पछि भएको डाक्टरी जाचलाई लिएर पुरुष विर्य भेजिनल स्वायवमा हुनै पर्दछ भन्ने धारणा रहेको तल्लो अदालतको तर्फबाट जवरजस्ती करणीको अपराधको प्रकृतिलाई सहिरुपले सम्झने बुझ्ने गरेको देखिन आएन । यस्तो प्रकृतिको अपराधमा पिडित व्यक्ति यस्तो १७, १८ वर्षका केटीको कलिलो उमेर र निज उपर भएको शारीरिक एवं मानसिक बलत्कार अपराधीको पाशुविक मनोवृत्त र वर्वरतापूर्ण शारीरिक र मानसिक आक्रमणले पिडित महिलाले सहनुपर्ने जीवनभरीको मनोवैज्ञानिक चोट र कुण्ठा एवं पिडित परिवारले व्यहोर्नु पर्ने सामाजिक वदनामी सम्बन्धी तथ्यगत कुराहरु महत्वपूर्ण देखिन आउँछ । प्रतिवादी मधुकर राजभण्डारीले जुन किसिमले जाहेरवाली जस्तो उमेर र अवस्थाको केटीलाई भयावह स्थिति सिर्जना गरेको मिसिलबाट देखिन आउँछ । त्यस्तो अवस्थामा डाक्टरी जाँचबाट पिडित व्यक्ति वा प्रतिवादीको शरिरमा संघर्षको चिन्ह (Sing of struggle) देखिनु नदेखिनु पनि महत्वपूर्ण मान्न मिल्दैन । निज प्रतिवादी वारदातको लगत्तै फरार रही, पछि उपस्थित भई वारदात हुँदाको अवस्थामा आफू अन्यत्र रहेको जिकिर लिएको भएतापनि नि