निर्णय नं. ६९५० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९५० - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/११/०९ २७७१ निर्णय नं. ६९५० ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५३ सालको फौ.पु.नं.. ... १५४९ सम्वत २०५३ सालको साधक नं. .. १२० सम्वत २०५४ सालको फौ.पु.नं. ..१६३१ फैसला मितिः २०५६।११।९।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः टुल्कु मोक्तानको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला मकवानपुर, फापरवारी गा.वि.स. वडा नं. ६ बस्ने लक्ष्मण घिसिङ पुनरावेदक/वादीः जिल्ला मकवानपुर, फापरवारी गा.वि.स. वडा नं. ६ बस्ने लक्ष्मण घिसिङ विरुद्ध विपक्षी/वादीः टुल्कु मोक्तानको जाहेरीले श्री ५ को सरकार § यी प्रतिवादी लक्ष्मण घिसिङले अदालत समक्ष बयान गर्दा मृतकलाई कुटपीट गर्ने कार्यमा आफ्नो संलग्नता नभएको वारदात स्थलमा उपस्थित सम्म भएको र अन्य प्रतिवादीहरुले कुटपीट गरेको हो भनी कसूरमा इन्कार रहेका छन भने मौकामा कागज गर्ने सोमली डोल्मा, धनमाया घिसिङ समेतले पनि लक्ष्मण घिसिङले मृतकलाई कुटपीट गरेको भनी किटानी साथ उल्लेख गर्न सकेको पाइदैँन । त्यस्तै एक अर्कालाई आरोप लाउदैँ बयान गर्ने प्रतिवादीहरु पंच बहादुर घिसिङ र कमल घिमिङको अदालतको बयानबाट पनि यी प्रतिवादी लक्ष्मण घिसिङ कुटपिटमा संलग्न रहेको भन्ने देखिदैँन । यसरी निज लक्ष्मण घिसिङले मृतकलाई कुटपिट गरेको भनी स्पष्टः प्रमाणित हुन नसकेको अवस्थामा केवल जाहेरीमा नाम उल्लेख भएकै आधारमा निजको हकमा ज्यान सम्बन्धी १३(३) नं. को दावी पुग्न सक्ने भन्न मिलेन । निज वारदातमा उपस्थित भएको भन्ने सम्म निजकै बयान समेतबाट देखिँदा शुरु फैसला उल्टी गरी निजलाई ज्यान सम्बन्धीको १७(३) नं. बमोजिम ३ वर्ष कैद हुने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिने । (प्र.नं. २७) पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाटः विद्बान सह न्यायाधिवक्ता श्री चेतनाथ घिमिरे विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः 2. चितवन जिल्ला निवासी मानिसको यहाँ भएको छाप्रोमा आगलागी भएको विषयलाई लिएर मेरो भाई लालमान मोक्तान र हस्तबहादुर लोप्चनबीच मिति २०४९।४।८ गते झैझगडा भएको हस्तबहादुर लोप्चनले मेरो भाइलाई मार्छु भनी धम्की समेत दिएको थियो । यस्तैमा मिति २०४९।६।२० गतेका दिन दिउँसो मेरो भाइ लालमान मोक्तानलाई इवी दावी राख्ने हस्तबहादुर लोप्चन समेतका व्यक्तिहरु जमात भई आई मेरो भाइलाई बक्सिङले हानी इन्तु चिन्तु पार्दा म सौतेनी आमाले छुट्याउन जाँदा समेत नसकी बक्सिङले हानी कुटी मारी छाडी गएका हुँदा उल्लेखित व्यक्तिहरु उपर ज्यान सम्बन्धी महल अनुसार कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको २०४६।६।२२ को टुल्कु मोक्तानको जाहेरी दरखास्त । 3. मृतकको दुवै आँखा, नाक मुखबाट रगत बगेको, दुवै आँखामा निधारमा र वायाँ गालामा पूरै निल भएको भन्ने समेत व्यहोराको २०४९।६।२२ को घटनास्थल प्रकृति मुचुल्का । 4. मिति २०४९।६।२० गतेका दिन टिका लगाई रक्सी मासु खाइसकेपछि पञ्चबहादुर घिसिङ, लछुमन घिसिङ, ज्ञानबहादुर लोप्चन, सुकराम गोले समेतका जाहेरीमा उल्लेखित हामी नौ जना नै एकै ठाउँमा जुटेका थियौं । आज लालमान मोक्तानलाई कुटनु पर्छ भन्ने