निर्णय नं. ४७२५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७२५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०४/२५ २६४२ निर्णय नं. ४७२५ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०४७ सालको रिट नं. ६५८ आदेश मिति: २०५०।४।२५।२ निवेदक : जिल्ला बझाङ्ग सुजिकोट विकास समिति वडानं. ५ रसल्ली बस्ने वर्ष ३८ को कृष्ण सिंह बुढथापा । विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्र.जि.अ. डिल्ली राज जोशी समेत । विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ । (१) अंश सम्बन्धी उजुरी लिई कारवाही किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई कुनै कानुनले भएको नदेखिने । (प्र.नं. १०) (२) विपक्षीलाई कानुन बमोजिम अंशको सम्बन्धमा जिल्ला अदालतमा नालेस गर्न पाउने अधिकार कानुन सुरक्षित नै रहेकै देखिन्छ । त्यस्ता अधिकारमा जिल्ला प्रशासन कार्यालयबाट बन्देज लगाउने कानुनी व्यवस्था रहे भएको पनि पाइदैन । अंश वापत कागज गराउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई कुनै कानुनले प्रदान गरेको नहुँदा उक्त अंश बापतको मिति २०४७।१।१४ गतेको रु. २५,००० को र मिति २०४७।४।३ को रु. ५००० को कागज कानुन संगत देखिन आएन । तसर्थ उक्त कागजहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विनोद रोक्का । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्य । आदेश न्या. गजेन्द्रकेशरी बास्तोला १. म निवेदकले दार्चुला खलंगामा विवाह गरेकाले श्रीमती माइत गएका बखत लिन जाने क्रममा मिति २०४६।१२।२४ का दिन म पति श्रीमतीलाई लिन दार्चुला गएको थिए । सोही अवस्थामा मेरो जेठो बुवा साउनेको श्रीमती हेमती बुढथापा र नन्दराम बुढथापाले मिलेमतो गरी जिल्ला प्रशासन कार्यालय, दार्चुलाका प्र.जि.अ. डिल्ली राज जोशी समक्ष मौखिक अंशमा दावी गरी मलाई पक्राउ गर्न लगाई मिति २०४७।१।१४ मा जबरजस्ती विपक्षी श्रीमती हेमती बुढथापालाई अंश वापत रु. २५,००० बुझाउने कागज गराइयो सो रु. बुझाउने भाखा २०४७।२।१४ गते निश्चित गरी जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हाजिर हुन तारिख तोकियो । उक्त मितिमा कुटपिटका डरले उपरोक्त मिति र स्थानमा उपस्थित हुन नसकेकाले जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला प्रशासन कार्यालय बझाङ्गलाई पत्र लेखी मिति २०४७।२।२० मा पक्राउ गरी एकदिन थुनामा राखी असार ५ गते हाजिर हुने भन्ने कागज गराई छोडी पुनः आषाढ २३ गतेमा जिल्ला प्रशासन कार्यालय, बझाङ्गले पक्राउ गरी ऐ २८ गतेसम्म थुनामा राखी दार्चुला चलान गरी मिति २०४७।४।१ मा दार्चुला पुगी मिति २०४७।४।३ सम्म थुनामा राखी सोही अवस्थामा नै मिति २०४७।४।३ का दिन पुनः अंश बापतको अर्को कागज रु. ५००० तिर्ने गरी गराइयो । २. यसरी मलाई आवत जावत पनि गर्न नहुने गरी संविधान प्रदत्त मौलिक हकको धारा ११(२)(घ) विपरित विपक्षी जिल्ला प्रशासन कार्यालय, दार्चुला र बझाङ्गका प्र.जि.अ. हरुले अंश वापत थुनछेक गर्ने कुटपिट गरी जबरजस्तीसँग मिति २०४७।१।१४ गतेमा र मिति २०४७।४।३ मा गराएका अंश वापतको रुपैयाँ बुझाउन कागज गराएको, सोको नक्कल माग्दा समेत नदिएकोले उपरोक्त विभिन्न मितिको कागज बदर गरी नेपाल अधिराज्यको संविधानको धारा ११(२) (घ) को विपरित कार्य नगरी कुटपिट थुनछेक नगर्नु भन्ने समेत विपक्षी जिल्ला प्रशासन कार्यालय, दार्चुला र बझाङ्गका नाममा