निर्णय नं. ४०१८ - प्रतिषेध लगायत आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०१८ - प्रतिषेध लगायत आज्ञा, आदेश जारी गरिपाउँ भाग: १ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/०८ २४१६ निर्णय नं. ४०१८ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नम्बर ८१६ आदेश भएको मिति : २०४६।११।८।२ मा निवेदक : ल.पु.जि. ठैव गा.पं.वडा नं. ३ बस्ने ज्ञानलाल महर्जन विरुद्ध विपक्षी : जिल्ला कार्यालय, ललितपुरसमेत विषय : प्रतिषेध लगायत आज्ञा, आदेश जारी गरिपाउँ § बाली रोक्का राख्ने आदेश दिने अधिकार जिल्ला कार्यालयलाई नभएको । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री धु्रवनाथ पन्त विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :– २. म निवेदकले २०४५।१०।१० मा प्रविण भण्डारीबाट निजका नाममा दर्ता भएको हरीमाया महर्जनको मोहिया दर्ता भएको ल.पु. बाडेगाउँ पञ्चायत वडा नं. १(क) कि.नं. १७७ को ०–३–१ को कित्ता १ ऐ.कि.नं. १७८ को ४–३–२ को जग्गा कित्ता १ समेत २ कित्ता जग्गाहरु मालपोत कार्यालय, ललितपुरबाट राजीनामा पारीत गरी लिई जग्गा धनी हक भएको जग्गाको मोही हरिमाया मिति २०४५।२।२२ गते परलोक भई भूमिसम्बन्धी ऐन, नियम बमोजिम हक खाने मोही कोही नभएकोले मोही लगत कट्टा गरी पाउन म निवेदकले भूमिसुधार कार्यालय, ललितपुरमा निवेदन दिएको र साविक मोही हरिमायाको छोरी विपक्षी मध्येका इन्द्रमाया महर्जनले साविक जग्गा धनी रत्नकुमारी भण्डारीबाट मिति २०४५।२।२८ मा प्राप्त कबूलियत र २०४५।६।२१ गतेको भर्पाईबाट मोही कायम गरी पाउँ भनी भूमिसुधार कार्यालय, ललितपुरमा निवेदन दिएकोमा रत्नकुमारीलाई कबूलियत भर्पाई देखाई सुनाई बयान गर्दा निजले कीर्ते जालसाजी भनी बयान गरेकोले सम्बन्धित निकायबाट सद्दे कीर्ते छुट्याई निर्णय गराई ल्याएका बखत कारवाही गर्ने गरी मिसिल तामेलीमा राखी दिने भनी मिति २०४६।५।२७ गते भूमिसुधार कार्यालय, ललितपुरबाट आदेश भएको थियो । सो आदेश बदर गरी पाउन बागमती अञ्चल अदालतमा म निवेदकको पुनरावेदन परी कारवाही चलिरहेको छ । उक्त जग्गामा यो २०४६ सालमा म निवेदकले लगाएको धान बाली पाकी तयार भई यसै हप्ता कटनी गर्नु पर्नेमा कुनै हालतमा मोही कायम गर्न नमिल्ने विपक्षी इन्द्रमाया महर्जनले आफू मोही भएको कुरा दर्शाई ललितपुर जिल्ला कार्यालयमा धान बाली रोक्का राख्न निवेदन दिएको र सो आधारमा जिल्ला कार्यालय, ललितपुरले विपक्षी मध्येका गा.पं. र ईलाका प्रहरी बाडेगाउँलाई समेत धानबाली सुरक्षित राख्न सहयोग गरी दिने भन्ने पठाएको पत्रको आधारमा ठैव गाउँ पञ्चायतबाट मलाई मिति २०४६।७।४ गतेको पत्र मिति २०४६।७।५ गते प्राप्त भयो । ३. जग्गाको बाली रोक्का राख्ने सम्बन्धमा विपक्षी जिल्ला कार्यालयलाई नेपाल कानुनले अधिकार प्रदान गरेको छैन । जिल्ला कार्यालयले निवेदन लिई बाली रोक्का राख्न गा.पं. लाई पत्र पठाई प्रहरी कार्यालयलाई सहयोग गरी दिन बोधार्थ पठाएको आधारमा मैले लगाएको धान बाली रोक्का राख्ने कुरामा आशंका भएकोले कानुनको अख्तियार बिना विपक्षीहरुले मेरो जग्गामा मैले लगाएको धान बाली कटनी गरी भोग गर्नेहरुमा अतिक्रमण गर्ने आशंका भएकोले बाली रोक्का राख्न कारवाही नगर्नु भन्ने विपक्षीहरुको नाममा प्रतिषेध लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ र अन्तरिम आदेश समे