निर्णय नं. ११७२ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११७२ - लेनदेन भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०५/२४ ३८६२ निर्णय नं. ११७२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको दे.पु.नं. ७७ फैसला भएको मिति : २०३४।५।२४।६ मा निवेदक : सुन्सरी कुराहा गा.पं. वडा नं. ३ बस्ने झल्लु माझी थारु विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने फुसाराम ठाकुर मुद्दा : लेनदेन (१) तमसुक गरी लेनदेन भएको होइन । जग्गा खरिद–विक्री गर्ने उद्देश्यले बैनाको रुपमा रुपैयाँ लेनदेन भएको उक्त स्थितिमा लेनदेन व्यवहारको २ नं. को हदम्याद लगाई गरेको इन्साफ मिलेको नदेखिएको । (प्रकरण नं. १०) पुनरावेदन कतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  फैसला न्या. विश्वनाथ उपाध्याय : मुद्दाको तथ्य विवरण यसप्रकार छ : विपक्षीको श्रीमती नङ्गरी थरुनीका नाउँमा दर्ता भएको तनमुनाको २–३–१८ जग्गा बिक्री गर्ने हुँदा रु.२०००। बैना वापत रुपैयाँ लिई कागज गरिदिएको सो जग्गा अन्यत्र बिक्री गरेछन । जग्गा नदिने भए वैनाको रु.२०००। को सावाँ व्याज देउ भन्दा नदिएकोले लिखतमा व्याज नलेखिएकोले सावाँको सावाँ दिलाइपाउँ भन्नेसमेत फिराद । २. वादीले जग्गा लिने भएबाट जग्गाको मोल गरी बैना रु.२०००। को कागज भएको मितिदेखि जग्गाको आयस्ता वादीले खाइआएको मोल भुक्तान गरी जग्गा पास गराउनुहोस भनी वादीलाई भन्दा आलटाल गरी २२,२३ सालको धान पठुवासमेत बाली खाई रुपैयाँ छैन, जग्गा लिन्न बैनाको रुपैयाँ देउ भन्दा बालीको हिसाब गर्दा रु.४००। नपुग भई सोसमेत वादीलाई बुझाई उक्त जग्गा कोदन माझीलाई राजीनामा पाससमेत गरिसकेकोले तिर्न बुझाउनु नपर्ने भन्नेसमेत प्रतिवादी । ३. लिखत गरेमा र रुपैयाँ लिएमा साविती भएको बुझाएको छु भन्नेमा निस्सा भरपाई समेत पेश दाखिल गर्न नसकेको समेत हुँदा दावीबमोजिमको रुपैयाँ प्रतिवादीले वादीलाई तिर्न बुझाउनुपर्ने ठहर्छ भन्नेसमेत सुनसरी जि. अ.को फैसला । ४. सो फैसलाउपर चित्त बुझेन भन्नेसमेत झल्लु माझीको पुनरावेदन लेखिएअनुसार १० वर्षको हदम्यादको सुविधा यसमा नपाउने हुनाले समेत वादीको नालेश खारेज हुन्छ । सुरुले गल्ती गरेको ठहर्छ भन्नेसमेत को.अं.अ.को फैसला । ५. कोशी अञ्चल अदालतबाट हदमुनी गरी छिनेको फैसलाउपर चित्त बुझेन एकपटक इन्साफ जाँची दिनु भन्ने हुकूमको प्रमांगी पाउँ भन्ने वादी, प्रशासनको निवेदनमा व्यहोरा साँचो भए हदमुनी ठहरी छिनिएको सो मुद्दाको मिसिल झिकाई सम्बन्धित क्षेत्रीय अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनिदिनु भन्ने ०३१।८।५।४ को हुकूम प्रमांगी । ६. लिखतमा रु.२०००। बैना लिई साक्षीसमेत राखी वादीलाई लिखत गरी दिएको देखिन्छ । वादीलाई जग्गा बिक्रीमा दिलाउने कामको लागि रुपैयाँ लेनदेन भएको लिखत व्यहोराबाट देखिन आएको अरू साझा हिस्सेदारी काममा नाफा नोक्सान व्यहोर्ने गरी लिखत भएको देखिन नआएकोले लेनदेन कारोवारको कागज भन्ने लिखत व्यहोराले नै प्रष्ट भइरहेको हुँदा यस्तोमा लेनदेन व्यवहारको २७ नं. लाई हदम्यादको व्यवस्था भएको ३ दिनको हदम्याद कायम गर्न नमिल्ने लिखत गरी दिएमा प्रतिवादी सावित र रुपैयाँ बुझाएको छु भन्ने सबूद प्रमाण केही देखिन नआएकोले वदीले प्रतिवादीबाट लिखितबमोजिम रु.२०००। भरी लिन पाउनसक्ने भन्ने सुरुको इन्साफ मनासिव छ भन्नेसमेत पू.क्षे.अ.को ३२।७।२८।६ को फैसला । ७. पू.क्षे.अ.ले गरेको इन्साफमा चित्त बुझेन