निर्णय नं. ६९५२ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९५२ - अंश दपोट भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०५/२८ २९५६ निर्णय नं. ६९५२ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत २०५२ सालको दे.पु.नं. ... २७५६ फैसला मितिः २०५६।५।२८।२ मुद्दाः अंश दपोट । पुनरावेदक/वादीः सवराजको छोरा ल.पु.जि.ल.पु.न.पा. वडा नं. १९ बस्ने वर्ष ८९ को सिद्धिराज तुलाधर समेत विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वडा नं. १५ बस्ने राजु तुलाधर समेत § दावी लिइएका सम्पत्तिहरु पैतृक सम्पत्ति नै हुन भनी वादीबाट वस्तुनिष्ठ र सुस्पष्ट प्रमाणबाट पुष्टी हुन आएको देखिदैँन । पैतृक सम्पत्ति भन्ने प्रमाणित हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई स्वआर्जनको सम्पत्ति हो भनी अनुमान गर्नु पर्ने हुन आउछ । आफ्नो पालामा आफूले आर्जन गरेको सम्पत्ति आफूखुस गर्न पाउने कानूनी व्यवस्था रहेभएकै देखिन्छ । उक्त विवादीत सम्पत्ति बिक्री नामसारी समेत भईसकेको भन्ने समेत वादीकै फिराद तथा पुनरावेदन जिकिरमा उल्लेख भएको देखिँदा आफुखुसी गर्न पाउने सम्पत्तिलाई अंश मुद्दाको तायदातीमा उल्लेख नगरेको कारणबाट अंश दपोट ठहर गर्न मनासिव र न्यायोचित नहुँदा शुरुको फैसलालाई उल्टी गरी वादी दावी नै नपुग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक वादीका तर्फबाटः विद्बान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी प्रतिवादीका तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनबाट मिति २०५२।३।१२ मा भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः 2. हामी फिरादीहरुले विपक्षीहरु उपर दिएको अंश मुद्दामा २०४५।१०।१८ लाई मानो छुट्टिएको मिति कायम गरी अंशको फाँटवारी लिने आदेश भई विपक्षीबाट पेश भएको तायदाती फाँटवारीको नक्कल सारी लिई हेर्दा विपक्षीहरुले बण्डा गर्नुपर्ने राजु तुलाधर र मनिका राईको नाममा दर्ता रहेको ना.अ.ख. २२४४ नं. को बस मूल्य रु.४०,०००।- पर्नेमा राजु तुलाधरको हक पनि आधा र राजु तुलाधरको नाममा बा.अ.म. ७५०० नं. स्कूटरको रु.१०,०००।- पर्ने खड्गराज तुलाधरको नाममा वा.अ.प. ६७८७ नं. को मोटरसाइकल रु.२०,००० पर्ने, सानुनानी तुलाधरको नाममा वा.अ.ख. ९१ नं. को बस ४०,०००।- पर्ने र दया तथा मसिनु मैया तुलाधरको नामको वा.अ.ज. ५८० नं. को ट्याक्सी रु.३०,०००। पर्ने समेत जम्मा रु.१,२०,०००।- को सवारी साधनहरु तायदातीमा नदेखाई हाम्रो दर्ता जिम्मामा केही छैन भनी दपोट गरेको हुँदा उक्त सवारी साधनहरु दपोट गरेको ठहर्याई हाम्रो एकलौटी हक गराई दर्ता र चलन समेत पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । 3. वादी दावीको म राजु तुलाधर र मनिका राइको नाममा दर्ता गरेको भनेको ना.अ.ख. २२५४ नं. को खरिद गर्दा सम्पूर्ण रकम मनिका राइले हालेकी, पछि मैले निजलाई फिर्ता गरी दिएको छु, सोलाई दपोट गरेको भन्न मिल्दैन । वा.अ.म. ७५०० नं. को स्कूटर आफैले आफ्नो ज्ञान सिपबाट खरिद गरी पछि पुरानो भएको हुँदा विना पैसामा गौतमबहादुर श्रेष्ठ भन्ने व्यक्तिलाई हक छाडी दिएको हुँ । म सानुनानीको नामको बा.अ.ख. ९१ नं. को बस मेरो आफ्नो दाइजो पेवाबाट खरिद गरेको पछि गौतमबहादुर श्रेष्ठलाई विना पैसामा हक छाडी दिएको हुँ । बा.अ.ज. ५८० नं. को ट्याक्सी पनि पैतृक सम्पत्तिबाट खरिद गरेको होइन पुरानो भएको हुँदा लक्ष्मीदास कर्माचार्यलाई मर्मत गरी चलाउनको लागि विनापैसा