निर्णय नं. ६९५३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९५३ - परमादेश भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/१२/०७ ३३०३ निर्णय नं. ६९५३ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५४ सालको दे.पु.नं. ... ४०२४ फैसला मितिः २०५६।१२।७।२ मुद्दाः परमादेश । पुनरावेदक/विपक्षीः पुनरावेदन सरकारी वकील कार्यालय नेपालगञ्‍ज विरुद्ध प्रत्यर्थी/निवेदकः बाँके जिल्ला, बाजेश्‍वरी गा.वि.स. वडा नं. ५ घर भई हाल केन्द्रीय कारागार शाखा बाँकेमा थुनामा रहेको राजु थापा § सरकारी वकील कार्यालयले आफू समक्ष प्रहरी कार्यालयबाट पेश गरेका मिसिल कागजात मध्ये कुनै कागज मिसिलमा राख्नु नपर्ने देखिएमा सम्बन्धित मिसिलबाट त्यस्तो कागज निकाल्न वा मिसिल संलग्न नगर्न सक्ने गरी त्यस्तो कुनै तजविजी अधिकार, कर्तव्य र दायित्व सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को कुनै पनि कानूनी व्यवस्थाबाट सरकारी वकीललाई प्रदान गरेको देखिन आएन । यस्तो अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट अनुसन्धानको सिलसिलामा बुझिएको किरण कडेल समेतको कागज पुनरावेदन सरकारी वकील कार्यालयमा पठाइएकोमा सो कागज सम्बन्धित मिसिल संलग्न रहेको नदेखिएको अवस्था स्थितिमा उक्त कागजात सम्बन्धित ज्यान मुद्दाको मिसिल संलग्न गर्ने गरी भएको आदेशमा कुनै त्रुटी रहे भएको देखिन आएन । तसर्थ पुनरावेदन अदालत नेपालगंजबाट जारी भएको परमादेशको आदेश मनासिव देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्र.नं. ९) पुनरावेदक विपक्षी तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक प्रत्यर्थी निवेदक तर्फबाटः अवलम्बित नजिरः आदेश न्या.टोपबहादुर सिंहः पुनरावेदन अदालत नेपालगञ्ज बाँकेको फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निर्णय यसप्रकार छः 2. शेरबहादुर थापाको जाहेरी श्री ५ को सरकार वादी, प्रतिवादी म निवेदक भएको कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतबाट मिति २०५३।३।३ मा बयान भई मलाई थुनामा राखिएकोमा चित्त नबुझी यस अदालतमा अ.वं. १७ नं. अन्तर्गत निवेदन दर्ता गराएकोमा कानुन बमोजिम गर्नु भन्ने आदेश भई हाल थुनामा रही आएको छु । कारागारमा किरण कडेल समेतका व्यक्तिहरु मसँग भेट गर्न आएका र कुराकानीमा अमरबहादुर थापा, सजल कुमार थापा र म समेतले अनुसन्धानको क्रममा कागज गर्दा देखि जानेका कुराहरु लेखाएका थियौं । तपाई थुनामा रहनुपर्ने अवस्था थिएन भनी भने । निजहरुले गरेको कागज सारिएको मिसिलमा भेटिएका कानुन व्यवसायीसँग खबर गरी सोध्दा समेत सक्कल मिसिल र अभियोगपत्र समेतमा जानकारी छैन । २०५३।४।२ मा नै प्रहरीमा भएको ठाडो कागज मिसिल संलग्न गरी पाउँ भने । मिति २०५३।३।१८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानको सिलसिलामा किरण कडेल, अमर थापा र सजल थापाको ठाडो बयान मिसिल समेत गरी पाउँ भनी पुनरावेदन सरकारी वकिल कार्यालय, बाँकेमा निवेदन गरेको र कानुनी सहायता परियोजना नेपालगञ्ज बाँके समेतलाई बोधार्थ दिएको थिएँ । सो कागजको नक्कल दिनु विपक्षीको दायित्व समेत हो र ती कागजहरुको अभियोगपत्र दायर गर्दा बाँके जिल्ला अदालतमा दाखिल गर्नुपर्ने दायित्व पनि सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा १८(४) बमोजिम सरकारी वकिलको भएकोमा उल्लेखित कर्तव्य र दायित्वको निर्वाह नभएबाट मर्का पर्ने भई अदालतको शरणमा आएको छु । अनुसन्धानको क्रममा किरण कडेल, अमर थापा, सजल थापाले गरेको कागजको नक्कल दिनु र उक्त कागज अभियोगपत्र साथ बाँके जि