निर्णय नं. ८९३५ - करारबमोजिम हिसाब गराई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९३५ - करारबमोजिम हिसाब गराई पाऊँ । भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०६/१४ ४२७६ ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९३५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की ०६४–CI–००३९, १२७७ फैसला मितिः २०६९।६।१४।१ मुद्दाः करारबमोजिम हिसाव गराई पाऊँ । पुनरावेदक प्रतिवादीः नेपाल सरकार, शिक्षा तथा खेलकूद मन्त्रालयको तर्फबाट का.मु. सचिव बालानन्द पौडेल विरुद्ध विपक्षी वादीः एस.पी.नेपाल इन्टरप्राइजेज गोंगबु काठमाडौँका तर्फबाट प्रोप्राइटर चितवन जिल्ला पटीयानी गा.वि.स. वडा नं.२ बस्ने सुभाषराज कडेल पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट ऐ.का सचिव जीवनराम श्रेष्ठ विरुद्ध विपक्षी वादीः एस.पी. नेपाल इन्टरप्राइजेज गोंगबु काठमाडौंका तर्फबाट प्रोप्राइटर चितवन जिल्ला, पटीयानी गा.वि.स. वडा नं.२ बस्ने सुभाषराज कँडेल शुरु फैसला गर्नेः मा.न्या.श्री शम्भुराम कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री हरिबहादुर बस्नेत § दुईपक्षबीच करारबमोजिमको रकम लिनेदिने बारे विवाद चल्दै गर्दा मुद्दा गर्नुपर्ने कारणको सिर्जना भइ नसकेको अवस्थामा बाँकी रकम बुझाउन ल्याउनु भनी वादीलाई पत्र लेखेबाट मात्र मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नुपर्ने हुँदा करारका दुवै पक्षले आफनो आचरणबाट करारलाई निरन्तरता दिएको देखिएकोले मुद्दा गर्नुपर्ने कारण उत्पन्न हुँदाका समयमा बहाल रहेको ऐनको आधारमा प्रस्तुत मुद्दा ऐनको हदम्यादभित्रै रहेको देखिने । (प्रकरण नं.४) § करारका पक्षहरूलाई करारका शर्तहरू कानूनसरह लागू हुन्छ । करारको यस व्यवस्थाबमोजिम वादीले दावी गरेबमोजिम नभई यो यति सिट संख्या घट्न गएको हो र सोबापत घटेको रकम यति नै हो भनी वस्तुनिष्ठ रूपमा खुलाउन नसकेकोले अखिल नेपाल फुटवल संघ र प्रहरी समेतले टिकट लिएको भन्ने देखिन आउँछ । यसबाट पनि लगेको सबै टिकट संख्याबमोजिमको रकम तिर्नुपर्ने भन्ने पुष्टि हुन नआउने । (प्रकरण नं.६) पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश थापा र विद्वान अधिवक्ता ताराबहादुर सिटौला विपक्षीका तर्फबाटः विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, सतिशकृष्ण खरेल र शिवप्रसाद रिजाल अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको मिति २०६३।१०।१४ को फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यसहितको ठहर यस प्रकार छ :– आठौ दक्षिण एशियाली खेलकूदको उद्घाटन समापन एवं विभिन्न प्रतियोगिताको लागि रु.२,५६,०२,५००। को टिकट विक्री गर्ने बोलपत्र आव्हान भएकोमा रु.१,५१,०७,७७। बुझाउने गरी वोलपत्र पेश गरी रु.९०,०००००। बरावरको बैंक ग्यारेन्टी राखिसकेपछि वोलपत्रबमोजिमको टिकट उपलव्ध गराउन नसक्ने भनी टिकट घटाई मिति २०५६।६।५ मा बिभिन्न दिनको लागि विभिन्न प्रतियोगिताको जम्मा रु.१,२५,३१,२५०। बरावरको टिकट उपलव्ध गराउने गरी सम्झौता भएको र सोहीबमोजिमको टिकट भरपाई गरी बुझी लिई टिकट विक्री वितरण गरिएकोमा टेन्डर आव्हानबमोजिम वाँकी वोलकवोल स्वीकार गरिएको रकम रु.१,५१,०७,७७७। मा आव्हानबमोजिम उपलव्ध गराउन नसकेको टिकटको मूल्य रु.१,३०,७१,२५०। सम्झौताको दफा २ बमोजिम घटाई बाँकी