निर्णय नं. ४०२२ - उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०२२ - उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/१२/२८ २६४७ निर्णय नं. ४०२२ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रिट नं. ११५५ आदेश भएको मिति : २०४६।१२।२८।३ मा निवेदक : त्रिभुवन न.न.पं. वार्ड नं. ३ हाल महेन्द्र संस्कृत विश्वविद्यालय जनता विद्यापिठका सहायक प्राध्यापक शंकरसिंह थापासमेत विरुद्ध विपक्षी : महेन्द्र संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्समेत विषय : उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरिपाउँ § विज्ञापन प्रकाशित गर्न पाउने अधिकार महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद ५ को उपनियम ५–२ ले कुलसचिवलाई रहेकोमा निवेदकहरु सहमत नै रहेको पाइन्छ । यस स्थितिमा, निवेदकहरु समेतले अनिवार्य रुपमा परिपालना गर्नु पर्ने, विश्वविद्यालयको नियमावली अनुकूल नै प्रकाशित विज्ञापनलाई अन्यथा भन्न मान्न नमिल्ने । (प्रकरण नं. १०) § प्रकाशित विज्ञापन बमोजिम आवेदन दिई लिखित परीक्षामा सम्मिलित समेत भई परीक्षामा असफल भएपछि मात्र सो विज्ञापनलाई चुनौती दिन, अन्यथा प्रमाणित गर्ने प्रयास गर्ने निवेदकहरु पूर्णतः बिवन्धित देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य जिकिर निर्णय आदेश यस प्रकार छ । २. हामी निवेदकहरु महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गतका अस्थायी शिक्षक हौं । उक्त विश्वविद्यालय अन्तर्गतका विभिन्न विद्यापिठहरुको लागि केही उपप्राध्यापक तथा सहायक प्राध्यापक स्थायी पद पदपूर्तिको लागि मिति २०४४।६।२२ मा वि.नं. १।०४४।०४५ बाट मिति २०४४।८।२० सम्ममा केन्द्रीय कार्यालय दाङमा आइपुग्ने गरी आवेदन आव्हान गरेको थियो । सो बमोजिम हामी निवेदकले पनि दर्खास्त पेश गरी लिखित परीक्षामा सम्मिलित हुनको लागि नामावली प्रकाशित समेत भएको थियो । ३. विश्वविद्यालय छनौट समितिको नामबाट परीक्षाफल प्रकाशित भयो । ४. कुलसचिवको नामबाट प्रकाशित विज्ञापन असल नियतले प्रकाशित नभएको, विज्ञापनमा दरबन्दी उल्लेख नरहेकोबाट विपक्षीहरुको पक्षपातपूर्ण मनसाय प्रष्ट भएको छ । नियमको दफा १०.११ अन्तर्गतको छनौट समिति नै गठन भएको छैन । प्राज्ञिक परिषद्ले आजसम्म विषयगत विशेषज्ञहरुको नामावलीको सूची समेत तयार भएको छैन । आवेदन कार्य कुलसचिवको नामबाट प्रकाशन गर्नु समेत कानुनसंगत छैन । महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ ले कानुनी रुप प्राप्त गरिसकेको छैन । विश्वविद्यालयको विनियम समेत बनेको छैन । सोही कारण प्रकाशित विज्ञापनको आधारमा निकालिएको परीक्षाफल गैरकानुनी छ । विपक्षीहरुको कुनै पनि काम कारवाहीहरु ऐन नियम बमोजिम भएको छैन । अतः महेन्द्र संस्कृत विश्वविद्यालय ऐन, २०४३ विपरीत विपक्षीहरुले स्थायी पदपूर्ति सम्बन्धमा गरेको विज्ञापन र त्यस विज्ञापनको आधारमा गरेको सम्पूर्ण काम कारवाही गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन । ५. के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुननपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि