निर्णय नं. ११७५ - उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११७५ - उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०२/०५ २२०५ निर्णय नं. ११७५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको रिट नम्बर १२२९ आदेश भएको मिति : २०३५।२।५।५ मा निवेदक : भैरहवास्थित महेन्द्र सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.का तर्फबाट अध्यक्ष मैत्रदेव पाठक काठमाडौं, कमलपोखरी विरुद्ध विपक्षी : श्री ५ को सरकार उद्योगवाणिज्य मन्त्रालय, उ.विभागका महानिर्देशकसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने (१) ऐनले प्रदान गरेको हक (जसलाई कुनै कानूनले निष्क्रिय गरेको छैन) लाई लिएर उक्त ऐन संशोधन हुनुभन्दा अगाडि नै वा अन्य ऐन आउनुभन्दा अगाडि नै आयकर छुटको लागि माग नगरेको भनी ऐनले दिइराखेको हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी ऐनबमोजिम पाएको सुविधा सहुलियतबाट वञ्चित गराई मदिरामा कर माफी नै नहुने चिनीमा ६ वर्षको मात्र माफी हुने भनी गरेको निर्णय र आदेश बदर गरिपाउँ भन्नेसमेत रिट निवेदनपत्र मिति ०३३।७।१५।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : भैरहवास्थित श्री महेन्द्र सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.ले मिति ०२२।१०।९ देखि चिनीको उत्पादन सुरु गरेकोले औ.व्य.ऐन, २०३० को दफा ९ (१) ग (१) अनुसार उत्पादन सुरु भएको मितिले अर्थात २०२२।१०।९ देखि ६ वर्षसम्मको लागि चिनीमा आयकर छुट गरी दिनुहुन निर्णयानुसार अनुरोध गरिएको भनी श्री ५ को सरकार उद्योग तथा वाणिज्य मन्त्रालय उद्योग विभाग (सुविधा शाखा) बाट श्री कर विभाग बबरमहललाई लेखेको प.सं.०३२ उ.वि.सु.२३ (क) २१५२ मिति ०३२।५।९ को र महेन्द्र सुगर एण्ड जनरल इण्डष्ट्रिजलाई मिति ०२२।१०।९ देखि ६ वर्ष सम्मको लागि चिनीको उत्पादनमा भएको आयमा मात्र ६ (छ) वर्षसम्म आयकर छुट दिने र सोबाहेक उक्त उद्योगको अन्य उत्पादनको आयमा आयकर छुट दिन नमिल्ने हुँदा सो को आयमा लाग्ने आयकर असूल गर्नतर्फ तुरुन्त कारवाही गर्न सो को हिसाब गर्न सुविधाको लागि चिनी र अरू उत्पादनको अनुपातको आधारमा आय कायम गर्न मिति ०३३।४।६ मा श्री ५ को सरकारको निर्णय भएकोले सो अनुसार गर्नुहुन अनुरोध गर्दछु भन्नेसमेत अर्थमन्त्रालय कर विभागबाट कर कार्यालय लुम्बिनी अञ्चल भैरहवालाई लेखेको प.सं.०३३।३४ क.वि.(नि.) १ आ.३ सु.(भ.सु.) १–१५३ मिति ०३३।५।११ को पत्र रहेछ । ३. रिट निवेदन जिकिर यसप्रकार छ : नेपालको संविधानको धारा ५८ मा कानूनबमोजिम बाहेक कर लगाउन नपाउने बन्देज गरिएको छ । औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा २ को प्रकरण (क) (५) अन्तर्गतको यो कम्पनी हो र यो कम्पनी २०२२ सालमा खोलिएको हो । सो ऐ.को दफा ९ ले लाग्ने आयकर उद्योगको काम चालू भएको मितिले १० वर्षसम्म लाग्ने छैन भने किटान व्यवस्था छ । यस कम्पनीमा चिनी र मदिरा उत्पादन हुन्छ । १० वर्षसम्म लाग्ने आयकर स्वतः छुट भएको छ । सो ऐनले अवधि घटबढ गर्ने कुनैमा लाग्ने कुनैमा नलाग्ने भनी निर्णय गर्ने अधिकार दिएको छैन । सो गर्नु कानूनविपरित हुन जान्छ । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १४ मा साविक ऐनबमोजिम प्