निर्णय नं. ६९५४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९५४ - लेनदेन भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०१/२१ २४७६ निर्णय नं. ६९५४ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय सम्वत २०५२ सालको दे.पु.नं. ..... ३४५१ फैसला मितिः २०५६।१।२१।५ मुद्दाः लेनदेन । पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा, रामपुर गा.वि.स. वडा नं. ३ बस्ने खिमबहादुर खाँड ठकुरी मरी निजको मु.स. गर्ने ढलबहादुर खाँड ठकुरी विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला तनहुँ, गजरकोट गा.वि.स. वडा नं. ९ बस्ने भगवान शर्मा § मिति ०५०।९।५ मा मुलुकी ऐन, २०२० मा संशोधन भई पुनरावेदनको तहमा पुनरावेदक र यसै महलको २०२ नं. बमोजिम झिकाइएको प्रत्यर्थी तारिखमा नबसेपनि हुन्छ भन्‍ने कानूनी व्यवस्था भएको पाइन्छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी खिम बहादुर खाँड ठकुरीले ०५०।७।१८ मा नै तारेख गुजारी बसेको हुँदा पछि बनेको कानूनले अघिको तारिख गुज्रेकोमा सुविधा नपाउने र गुज्रेको तारिख थमाउने म्याद बाँकी नै रहेको अवस्था भए कानून बमोजिम म्याद थमाई तारिखमा बस्नु पर्नेमा सो बमोजिम तारिखमा बसेको स्थिति समेत देखिदैँन । यसरी पुनरावेदकले तारिखमा नबसेपनि हुने भनी ०५०।९।५ मा मुलुकी ऐनमा संशोधन हुनु भन्दा अगाडी नै तारिख गुजारी थमाउने म्याद समेत बाँकी नरहेको स्थितिमा पुनरावेदन जिकिर लिई म्याद बाँकी छ भनी भन्‍न समेत नमिल्ने देखिँदा पुनरावेदन डिसमिस हुने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको निर्णय सदर हुने । (प्र.नं. १५) पुनरावेदक विपक्षी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 2. विपक्षीका हक भोग दर्ताको पाल्पा रामपुर गा.पं. वडा नं. ३ मा पर्ने कि.नं. ३५९ को रोपनी १२–११–३.१।४ को पाखो कित्ता १, ऐ. कि.नं. ३५९ को रोपनी ०–७–२.३।४ को पाखो कित्ता १, ऐ.कि.नं. ३६१ रोपनी २–२–१.१।४ को पाखो कित्ता १, ऐ.कि.नं. ३६२ को रोपनी ५–७–२.१।२ को खेत कित्ता १, ऐ.को कि.नं. ३६९ को रोपनी १–१–२.१।२ को खेत कित्ता १, ऐ. कि.नं. ३७० को रोपनी ६–३–२.३।४ को खेत कित्ता १, ऐ.कि.नं. ४३१ को रोपनी १–१३–३.३।४ को पाखो कित्ता समेत जम्मा कित्ता ७ को मूल्य रु.७०,०००।- गरी रु.४९,१००। म सँग बुझी लिई बाँकी रु.२०,९००। २०३८ चैत्र महिना भरमा बुझी उक्त लेखिएका जग्गाहरु राजिनामा पास गरी दिनेछु नदिए कानुन बमोजिम उपर गर्नु भनी २०३८।१०।११ मा शर्तनामा सहितको कागज लेखी दिएकोमा २०३८ चैत्र मसान्तमा उक्त रकम लिई विपक्षी कहाँ गई जग्गा पास गरी दिनु पर्‍यो भनी भन्दा पास गरी दिन्न भनी रजिष्ट्रेशनको ५ नं. को म्याद गुजारी दिएकोले सो लिखत कपाली सरह हुन गई रजिष्ट्रेशनको ६ नं. बमोजिम कपाली सरह नै उक्त सावा र व्याज दिन पर्‍यो । सावा व्याज पनि नदिने गर्दा मलाई मर्का पर्‍यो भन्दा २०४१।१२।२५ गतेका दिन सावा र व्याज पनि दिन्न जानेको गर भनी जवाफ दिनु भएकोले विपक्षीलाई यस अदालतबाट झिकाई मेरा तपसिलका साक्षी प्रमाण बुझी सावा रु.४९,१००। र त्यसको भरिभराउ हुँदा तकको कानुन बमोजिम पाउने व्याज र कोर्ट फि अन्य दस्तुर समेत विपक्षीबाट मलाई दिलाई भराइ पाउँ भन्ने समेत व्यहोराको २०४२।१।२७ को फिराद दावी । 3. विपक्षी वादीले मेरो टर्वाइन मिल पानी सानो भई नचलेको देखि मलाई दिनुस भनी माग्दा मैले पनि चलाउन नसकेको कारणले निजलाई दिन मन्जु