निर्णय नं. ४०२३ - जालसाजी कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०२३ - जालसाजी कीर्ते भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/२१ ३१३४ निर्णय नं. ४०२३ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको विविध नं. ६६ फैसला भएको मिति : २०४६।११।२१।१ मा निवेदक/वादी : जिल्ला बर्दिया सौरहवा गा.पं. वार्ड नं. ८ घर भई नेपालगञ्ज बस्ने शिवबहादुर कार्की विरुद्ध प्रतिवादी : जिल्ला बर्दिया सौरहवा गा.पं. वार्ड नं. ८ बस्ने भागिरथी लामिछानेसमेत मुद्दा : जालसाजी कीर्ते § कीर्ते जालसाजी मुद्दामा भएको लिखत कीर्ते जालसाज भनी दावी लिनु मात्र पर्याप्त हुँदैन, कीर्ते जालसाज भएको देखिनु पर्दछ अनि सो कुरा विशेषज्ञको राय संकलित प्रमाणबाट प्रमाणित हुनु पर्दछ, यी प्रमाणको अभावमा कीर्ते जालसाजको अपराध अनुमानबाट प्रमाणित हुन नसक्ने । (प्रकरण नं. १८) प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या. सुरेन्द्रप्रसाद सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नहुने भनी गरेको सर्वोच्च अदालतको आदेश उपर एकपटक इन्साफ जाँच गरी पाउँ भनी दिएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निर्णय यस प्रकार छ । २. मेरो नाम दर्ताको बर्दिया सौराहा गा.पं. वडा नं. ८ कि.नं. ४७४ को ज.वि. २–१–० विपक्षीहरुले मिलोमतो गरी मेरो नामबाट भागिरथीलाई हालैको बकसपत्र मिति २०३६।५।१ मा लेखी, प्रतिवादीहरु साक्षी राखी रजिष्ट्रेशन परीत गराई कीर्ते जालसाजी गरे गराएकोले लिखत बदर गरी सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. पहिला बकसपत्र दिने शिवबहादुर कार्की नै जग्गामा स्वामित्व गर्ने वास्तविक व्यक्ति हुन । झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र । ४. वादीले दावी लिएको जग्गाको जरियाबाट कीर्ते जालसाजी मुद्दा खडा भएकोमा सो जग्गामा वादीको हक भोग पुग्न सक्ने देखिन नआएकोले अ.बं. ८२ नं. बमोजिम दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बर्दिया जिल्ला अदालतको फैसला । ५. जिल्ला अदालतले दावी खारेज गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा दर्खास्त नमुना जाँच गराई इन्साफ पाउँ भनी शिवबहादुर तर्फबाट परेको पुनरावेदनमा हक पुग्ने व्यक्तिबाट नै फिराद परेकोमा खारेज गर्ने गरेको इन्साफ मिलेन । हक इन्साफ गर्नु भनी भेरी अञ्चल अदालतबाट भएको फैसला । ६. भेरी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी भागिरथीबाट परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको, शुरुको इन्साफ बदर गरी पुनः निर्णय गर्न पठाएको अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा, जो जे बुझ्नु पर्छ सोही अदालतबाट बुझी निर्णय गर्नु भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला । ७. जयबहादुरको छोरा शिवबहादुरले वितरणमा प्राप्त गरेको जग्गालाई भागीरथी समेतको काल्पनिक व्यक्ति श्रृजना गरी शिवबहादुरको कीर्ते सही गरी कीर्ते बकसपत्र पारीत गरेको देखिँदा भागीरथीलाई रु. २,०००।– जरिवाना हुन्छ, अन्य प्रतिवादीको हकमा दावी नपुग्ने भन्ने समेत व्यहोराको भेरी अञ्चल अदालतको फैसला । ८. उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउन पुनरावेदनको अनुमति पाउँ भनी भागीरथीबाट परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएकोमा अञ्चल अदालतले २०४१।५।१४ मा फै