निर्णय नं. ६९५५ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९५५ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५७/१३/०३ ३११२ निर्णय नं. ६९५५ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्वत २०५५ सालको रिट नं. ... ३५७२ आदेश मितिः २०५७।१३।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः मोरङ जिल्ला, उर्लाबारी गा.वि.स. वडा नं. ७ घर भै नेपाल बैंक लिमिटेड क्षे.का. विराटनगरको वरिष्ठ पियन वेदनाथ सापकोटा विरुद्ध विपक्षीः नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, काठमाडौं समेत § मिसिल संलग्न कागजातहरुबाट रिट निवेदकसँग अधिकार प्राप्त महाप्रबन्धकले नै स्पष्टिकरण मागी सेवाबाट बर्खास्त गरेको प्रमाणमा आएको सक्‍कल फाइलबाट देखिएको छ । यसरी आफू कार्यरत रहेको बैंकलाई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गर्ने कर्मचारीलाई अधिकार प्राप्त महाप्रबन्धकले नियममा व्यवस्था भएको प्रक्रिया पूरा गरी स्पष्टीकरण मागी सेवाबाट बर्खास्त गर्ने ठहर्‍याएको निर्णयलाई गैर कानूनी निर्णय भन्‍न मिलेन । गैरकानूनी कार्य गर्ने व्यक्तिलाई अधिकार प्राप्त अधिकारीले कारबाही चलाई कानूनमा तोकिए बमोजिम सजाय गर्दा सजाय पाउने व्यक्तिको मौलिक हकमा आघात पर्‍यो भन्‍नु कुनै मनासिव आधार छैन । यसरी निवेदक स्वयंले चेकबुक झिकी सो चेकमा अंक थपी किर्ते काम गरेको र निजले नपाउने रकम बैंकबाट निकाली खाएको निजकै कार्यबाट देखिँदा निवेदकको गफलतपूर्ण व्यवहारबाट नै निजलाई विभागीय कारबाही गर्नुपर्ने अवस्था श्रृजना भएको देखियो । अतः यस्तो गफलतपूर्ण काम गरेको निवेदक यस अदालतमा सफा हात लिई उपचार माग्न आएको नदेखिँदा रिट निवेदन माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १२) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री एकराज भण्डारी विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. म निवेदक विगत २० वर्षदेखि विपक्षी नेपाल बैंक लिमिटेड अन्तर्गतका कार्यालयमा रही इमान्दार एवं कर्तव्यनिष्ठ भई तथा आफूभन्दा माथिका कर्मचारीले लाए, अह्राएको मौखिक तथा लिखत आदेशको पालना गर्दै पियन पदमा रही कामकाज गर्दै आइरहेको एउटा निम्नस्तरको हाल गैरकानुनी बर्खास्तमा परेको कर्मचारी हुँ । तपाइले इन्चार्जको घर्राबाट चेकबुक निकाली सोही चेकबाट रु.२०,१५०। फर्जरी गर्नु भएको, श्री ५ को सरकारको छाप लागेको बैंकको नाउँमा आएको पत्र किर्ते गरी आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रयोग गरी भ्रष्टाचार गर्दै आउनु भएको तथा तपाइले आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगर्नुको साथै बैंक उपर बेइमानी गर्नु भएको देखिएबाट तपाई उपर विभागीय कारवाही किन नगर्ने ? त्यसो गर्नु नपर्ने कुनै कारण भए स्पष्टिकरण पेश गर्नु भन्ने व्यहोराको विपक्षी महाप्रबन्धक गौरीलाल श्रेष्ठ समेतले हस्ताक्षर गरेको मिति २०५४।३।१८ को स्पष्टिकरण पत्र तथा सोही व्यहोराको विपक्षी महाप्रबन्धक लगायत अन्य नाम नबुझिने ४ जना व्यक्तिहरुको समेत हस्ताक्षर भएको मिति २०५४।५।४ को स्पष्टिकरण पत्र र मिति २०५४।७।२१ को भविष्यमा बैंकको सेवाको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी बैंक सेवाबाट बर्खास्त गरिएको पत्र समेत मलाई बुझाइयो । उक्त स्पष्टिकरण सोधिएकोमा तत्काल नै आफू निर्दोष रहेको व्यहोराको जवाफ पेश गरी बर्खास्त गरिएको सम्बधमा तोकिएको म्यादभित्र व