निर्णय नं. ४०२४ - खुन डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०२४ - खुन डाँका भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/१४ २५०० निर्णय नं. ४०२४ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला फौज्दारी साधक नं. ११७ फैसला भएको मिति : २०४६।११।१४।१ मा वादी : नुनुलाल समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जिल्ला सप्तरी बरमझिया गा.पं. वार्ड नं. ३ बस्ने जलिम शेखमियाँ मुद्दा : खुन डाँका § प्रमाण रहितको इन्कारीले प्रमाणको भूमिका तबसम्म निर्वाह गर्न सक्दैन, जबसम्म अन्य संकलित प्रमाणबाट इन्कार अभियुक्त उपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैन । (प्रकरण नं. १६) फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलाले निज प्रतिवादीको हकमा साधक निकासाको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. २०४०।१।८ गते रातीको समयमा ३०, ३५ जवान डाँकाहरु आई हातमा लाठी, बन्दुक, टर्च समेतको सहायताबाट कपिलेश्वरको घरमा जामा भगला शेष गुलसनिया, दुःखी सदामुसहर, महन्या मुसहर, अख्तर शेष, अच्छालाल समेत पसी डाँका वारदात गरी पुनः नुनुलालको घरमा पसी डाँका गर्दाका अवस्था मुठभेड भयो र डाँकाको जमात बढी भएको कारण गुहार माग्दा शनिश्चरा शाहले डाँका मध्येका एकजनालाई कुटपिट गर्न लागेको अवस्थामा डाँका मध्येका जमिल शेषले नजिकैबाट बन्दुक फायर गर्दा, शनिश्चराको मृत्यु भयो । गाउँले कराए र डाँकालाई घेर्न सकेनन् । दुःखी सदालाई चोट लागी तत्काल पक्राउमा परे । डाँका गरी ज्यान समेत मारेकाले कानुन बमोजिम प्रतिवादीहरुलाई पक्राउ गरी सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको नुनुलाल र कपिलेश्वरको जाहेरी दर्खास्त । ३. अभियुक्त दुःखी सदामुसहर वारदात अवस्थामा पक्राउ परेकाले, जमिल शेषले गोली हानी शनिश्चरालाई मारेको हो, चौधरीया खत्वे, रामकल, जमिल, भगला समेत वारदातमा संलग्न थिए भन्ने समेत व्यहोराको दुःखी सदाले गरेको कागज । ४. पक्राउ परेका चौधरीया खत्वे, वारदातमा आफ्नो संलग्नता भए रहेकोमा सावित भई गरी दिएको कागज । ५. पक्राउ परेका अच्छालाल मुसहरले चौधरीया खत्वे, दुःखी मुसहर समेतलाई पोल गरी आफू वारदातमा संलग्न रहेको भनी सावित भई गरी दिएको कागज । ६. जाहेरीमा किटिएका १७ जना जमिल शेष, अच्छालाल, महन्था समेत भई जाहेरवालाहरुको घरमा डाँका खुन वारदात गरेका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ७. संकलित सबूद प्रमाणबाट जमिल शेष मियाँ, भगला शेष मियाँ, गुलसनिया मन्सुरी धुनिया, करिमा मन्सुरी धुनिया, दुःखी सदा मुसहर, महन्था मुसहर, अख्तर शेष मियाँ, मुर्सिद शेष मियाँ, चौधरीया खत्वे, अच्छालाल मुसहर, अतीमुसहर, रामकल मुसहर, लक्ष्मी यादव, बेचु शेष मियाँ समेत भई नुनुलाल र कपिलेश्वरको घरमा बिगो रु. १८,५८०।– को धनमाल डाँका खुन गरेकाले चोरीका १४(४) नं. बमोजिम र शनिश्चरा साहुलाई गोली हानी मार्ने जलिम शेष उपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम र गोली हान्न बचन दिने लक्ष्मी यादव दुःखी सदा मुसहर र चौधरी समेत उपर ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम कारवाही र सजायँ हुन, जाहेरवालाको बिगो प्रतिवादीबाट भराई पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ८. २०४०।१।७ गतेको रात, जलिम शेष, रामफल, अख्तर समेत भई जाहेरवालाको घरमा डाँका गर्न गएको, जलिम शेषले फायर गरेको बन्दुकको गोली लागी शनिश्चराको मृत्यु भएको, म पनि वारदातमा संलग्न रहेको भन्ने समेत व्यहोराको प्र.दुःखी सदा म