निर्णय नं. ६९५६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९५६ - अंश भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०५/२४ २४८४ निर्णय नं. ६९५६ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५४ सालको दे.पु.नं. ... ३८३० फैसला मितिः २०५६।५।२४।५ मुद्दाः अंश । पुनरावेदक/वादीः बाँके जिल्ला, बेलहरी गा.वि.स. ५ बस्ने इन्ताज अलि मनिहार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.बस्ने. साकिर अलि मनिहार समेत § यसमा राजिनामा लिखत पास भएको जग्गा खरिद गरेको भन्ने सम्मको आधारमा सगोलमा रहेको अवस्थामा निजी तवरबाट आर्जन गरेको भन्‍ने तथ्य प्रमाणको अभावमा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम त्यस्तो सम्पत्ति सगोल कै सम्पत्तिबाट बढे बढाएको सम्पत्ति मान्‍नु पर्ने हुदा निजी आर्जनको वण्डा नलाग्ने सम्पत्ति समेत वण्डा गर्ने गरेको पुनरावेदनको फैसला त्रुटीपूर्ण भएको भन्न मिल्ने देखिएन । पुनरावेदन अदालत नेपालगंजबाट शुरुको फैसलालाई केही उल्टी गरी वादी प्रतिवादीको तायदातीमा उल्लेखित सम्पूर्ण सम्पत्तिबाट तीन खण्डको एक खण्ड वादीले पाउने ठहर्‍याई गरेको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं.१३ ) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.हरिश्‍चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत नेपालगंजको मिति २०५३।३।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः 2. मुल पुर्खा हाम्रा बाबु स्व. सकुर मनिहारका ३ छोरामध्ये जेठा फकिर मोहम्मद, माहिला खाकिर अली र कान्छो म फिरादी इन्ताजम अलि हौं । हाम्रो बीचमा अंशबण्डा भएको छैन । घरसारमा मानो छुट्टि अलग गरी बस्न लागेको १०(दश) वर्ष भयो । पुर्खौली सम्पत्ति बण्डा गरौं भनी प्र.हरुलाई भन्दा आलटाल गरेकाले विपक्षीबाट अंशको फाँटवारी लिई ३ खण्डको १ खण्ड अंश पाउँ भन्ने फिरादपत्र । 3. हामीहरु १०।१२ वर्ष पहिले नै घरसारमा छुट्टी भिन्न भई जो भएको धनमाल गरगहना जग्गा जमिन बाँडफाँड गरी खति उपत्ति आ–आफ्नो गर्दै आएका छौं । पुर्खौली जग्गा वादीकै नाउँमा दर्ता रहेको हुँदा सोही पुर्खौली जग्गा हाम्रो बण्डा अनुसार हाम्रो नाममा दर्ता गर्ने गरी न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको साकिर अली मनिहारको प्रतिउत्तर पत्र । 4. वादीसँग मेरो अंशवण्डा नभई सगोलमा बसी लकडीको ठेक्काको कारोवार गरी वादी तथा प्र. साकिर अलीले ठेक्काको सम्पूर्ण हरहिसाब निजहरुकै जिम्मा हुँदा ठेक्काबाट प्राप्त रुपैयाँ र पुर्खौली नगदी चाँदी रुपैयाँबाट जग्गा लिने सल्लाह भई बाँके बेलहरी गा.वि.स. वडा नं. ९ बस्ने प्रेमबहादुर कुर्मीलाई रु.२६०००।- सोहनलाल कुर्मीलाई रु.१६,०००।-, राम फेरनलाई रु.२,०००।- मालदार कादुलाई रु.१०,०००।- खजुरा खुर्द गा.वि.स. वडा नं. ३ बस्ने गंगाराम अहिरलाई रु.२६,०००।-, मदरसाको संचालक समितिलाई रु.२०,०००।-, ने.ज.न.पा. वडा नं. ८ बस्ने राधेश्यामलाई रु.५०,०००।- रामपूर्वा बस्ने रामदास अहिरलाई रु.५०,०००।- समेतको रुपैया जग्गा खरिद गर्न दिएको रुपैयाँले वादी तथा प्र.साकिर कस्को नाममा खरिद गरेको छ ? उक्त जग्गा पछि ३ भाग लगाउँला भनी भनेकाले रुपैयाँ लिए वापत कस्लाई कति जग्गा लेखेको छ । नलेखेको सम्पूर्ण बयानमा खुलाई वास्तविक निर्णय गरी पाउँ भन्ने समेत व्यहोराको प्र.फकिर मोहम्मदको प्रतिउत्तर पत्र । 5. यसमा वादीबाट प्र.ले अंश पाउनु पर्ने हो भन्ने वादीका साक्षी महतु मनिह