निर्णय नं. ४७२६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७२६ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०४/३१ २८३६ निर्णय नं. ४७२६ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्व्त २०४७ सालको रिट नं. ९६८ आदेश मिति: २०५०।४।३१।१ निवेदक : का.जि.का.न.पा. वडा नं. ३३ मैतीदेवी बस्ने राम प्रसाद राजवाहकको मु.स.गर्ने रोहित श्रेष्ठ । विरुद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं समेत । विषय : उत्प्रेषण । (१) गुठी संस्थानको कार्यालयमा रहेको श्रेस्ताको आधारमा मात्र अरु केही प्रमाण नबुझी टिप्पणी उठेकोलाई सदर गरेको देखियो । यस्तो टिप्पणी सदर गरेको निर्णयलाई मान्यता दिन नमिल्ने भनी यस सर्वोच्च अदालतबाट नजीर स्थापित भई सकेको हुनाले समेत गुठी संस्थानबाट भएको निर्णय कानुन अनुरुप नहुँदा बदर हुने । (प्र.नं. ८) निवेदकतर्फ: विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की आदेश न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तरगत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छः– २. का.जि.चावहिल वडानं. ९(क) कि.नं. १९ को क्षेत्रफल रोपनी ५–०–२ जग्गाको ज.ध. पशुपति महास्नान गुठी र मोही निवेदकको पिताजी नारायणदाश राजवाहक भएको उक्त जग्गा सर्भे नापी हुनुभन्दा अघि साविक लगत खला नं. ३५ चहश्व खेत भन्ने जग्गाबाट भिड्ने उक्त जग्गाको खास जोताहा निवेदकको पिताजी मात्र भएकोमा पिताजी नारायण दास राजवाहकको मिति २०४५।२।८ मा परलोक भई हक खाने छोरा म निवेदक मोही भएको कुरामा कुनै विवाद छैन । २०२१ सालको सर्भे नापी हुँदा उक्त जग्गाको मोही सम्बन्धी कुनै हकै नभएको भू.सं. ऐन नियम लागू भएपछि जोताहाको अस्थायी र स्थायी निस्सा समेत नभएका का.ई. कटुवहाल भगवान स्थान पञ्चायत बस्ने हर्ष वहादुर संगमले आफूलाई जोताहा देखाई किसानका व्यहोरामा पशुपती महास्नान गुठी ३५ मा नारायणदास राजवाहक का.ई. केलटोल भन्ने कुरा उल्लेख गरी नापी भएको कुरा नापीको फिल्डबुक उतारबाट देखिन्छ विपक्षी मध्येका नन्दकुमारी, बुद्ध बहादुर र नारायण महर्जन समेतले फिल्डबुक हेर्दा उल्लेखित जग्गाको मोही हाम्रो बाबु हर्ष बहादुरसँग म र दर्तावालामा नारायण दास राजवाहकको भएको हुँदा हाम्रो बुवा हर्ष बहादुर २०२५ सालमा परलोक हुनु भएको हुँदा हाम्रो नाममा नामसारी गरी पाउँ भनी प्रत्यर्थी मध्येका गुठी संस्थानमा निवेदन गरेकोमा निवेदकको पिताजीको नाममा हाजिर हुन आउने गरी जारी भएको ७ दिने सूचनाको म्यादमा निवेदक विदेशमा उपचारको लागि गएको हुँदा निवेदकको छोरा हाजिर भई बाँकी प्रमाण पछि पेश गर्ने गरी निवेदक मिति २०४७।६।६ गतेमा उपस्थित भएको थिए । निवेदकलाई दर्तावाला मोही र विपक्षी मध्येका नन्द कुमारी महर्जन समेत जोताहा मोही कायम गरी साविक दर्तावालाई क्षतिपूर्ति वापतको रकम जम्मा गर्न लगाई २०१८ साल देखिको बाँकी बाली निवेदकसँग असूल गर्ने गरी दर्तावालाई दिनपर्ने क्षतिपूर्ति वापतको रकम लिन ३५ दिनको सूचना दिई हाल साविक भिडाई लगत कायम गरी श्रेस्ता संशोधनको लागि मालपोत कार्यालय मा लेखि पठाउने गरी टिप्पणीलाई सदर गरी मिति २०४७।६।२२ मा निर्णय भएको कुरो निवेदकले मिति २०४७।६।२४ मा निर्णय समेतको नक्कल सारी हेर्दा जानकारी हुन आयो । प्रत्यर्थी गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौंले निवेदकलाई सबुद प्रमाण पेश गर्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तको समेत उल्लंघन गरी तल्लो तहको