निर्णय नं. ११७७ - जग्गा बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११७७ - जग्गा बाली भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१२/२२ २०९७ निर्णय नं. ११७७ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिह माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको दे.फु.नं. ८१ फैसला भएको मिति : २०३४।१२।२२।३ मा निवेदक : ललितपुर जावलाखेल बस्ने पं.होमनाथको मु.स.गर्ने छोरा कृष्णप्रसाद शर्मा विरुद्ध विपक्षी : मोरङ प्र.मनगढ मौजे हरैचा बस्ने ख.अभिनारायण श्रेष्ठ समेत मुद्दा : जग्गा बाली (१) विर्ता उन्मूलन ऐन जारी हुनुभन्दा अगाडि नै अदालतमा फिराद दर्ता भई विवाद उठेको मुद्दामा कुनै विचार गर्न नमिल्ने, मुद्दा अदालमा दायर हुँदाको अवस्थाको कानूनी स्थितिलाई नै हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ३२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद चापागाई फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदकको परेको निवेदनमा भएका न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई आएबमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : मैले दान पाएको झुल्के जंगलको ५० विगाहा मध्ये प्रथम किल्ला देखि ४ नं. किल्ला सम्मको ९ विगाहा भीमकुमारीले अं.४ विगाहा अभिनारायणले ४ नं. किल्लादेखि ६ नं. किल्लासम्म अं.४ विगाहा रामचन्द्रले ६ नं. किल्लादेखि ७ नं. किल्लाभित्र अं.६।। विगाहा रघुनाथले र १० नं. किल्लाभित्र अरू अन्यायवालाहरुले अफाप गर्न लागेको ०२१।११।१० गतेका दिन हेर्न जाँदा देखिएबाट हटक गर्न जाँदा नमानेकोले लालमोहर मेठबन्दीबमोजिमको जग्गा मेरो सदर थामिपाउँ भन्नेसमेत होमनाथको फिराद । ३. वादीको कुस विर्ता हामीले आवाद गरी खाएको छैनौं । हाल आवादी गरेको जग्गा आवाद गरी राखेका छौं । म अभिनारायणले भीमकुमारीबाट राजीनामा गरी लिएको हुँ भन्नेसमेत भीमकुमारी रामचन्द्र जोखे थारु अलोपी थारु, मगलु थारु गङ्गाप्रसाद, अभिनारायण समेतको प्रतिवादी । ४. कोही रैतिहरुसँग राजीनामा गराई लिएको र कोही आफैले आवाद गरी दाजुको छोरा र मेरा नाउँमा दर्ता भई भोग गरेको लम्बरीको जग्गा हो भन्नेसमेत प्रतिवादी रघुनाथको प्रतिउत्तरपत्र । ५. के कति जग्गा कुन साल मितिदेखि आवाद गरी खाएको सो नखुलेकोसमेत उजूरी खारेज हुने ठहर्छ भन्नेसमेत ०१२।३।२३ को मोरङ विराटनगर अमिनीको र सोही इन्साफ सदर गरी सोही अपिलबाट ०१२।१०।२३ मा फैसला भएकोमा यसै मिसिलबाट बुझी तहकिकात गरिदिनु भनी मिसिल विराटनगर अमिनीमा पठाइदिनु भन्नेसमेत ०१३।१२।१ को सर्वोच्च अदालतको डिभिजन बेञ्चको फैसला । ६. रङ्गनाथबाट पोत बुझाउने गरी मोहीमा ५ सालदेखि जङ्गल हुदा ढल फाँट आवाद गरी रङ्गनाथको जग्गा आवाद गरी आएको भन्नेसमेत मुगालालको बयान । ७. कृष्णगोविन्दका नाउँको सकलपुरको जग्गा बटैयामा भोगी आएको भन्नेसमेत अपदुर जवातरको बयान । ८. गोविन्दप्रसाद र रामचन्द्रको जग्गा बटैयामा कमाएकोमा पोहर सालदेखि जोत्न नदिएकोले कसैको जग्गा जोतेको छैन भन्नेसमेत मंगलु रजवातरको बयान । ९. शम्भुप्रसादको जग्गा १२ वर्ष अघिदेखि बटैयामा कमाएको छु भन्नेसमेत इनखु खवासको बयान । १०. सकलपुरमा कृष्णगोविन्दका नाउँमा ४१।।।१।।४ शम्भुप्रसादका नाउँमा २४।।।