निर्णय नं. ४०२६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०२६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/१२/२८ २५६० निर्णय नं. ४०२६ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नम्बर ६१३ आदेश भएको मिति : २०४६।१२।२८।३ मा निवेदक : हेटौंडा न.पं. वार्ड नं. ४ बस्ने दि टिम्बर कर्पोरेशन अफ नेपाल लि.मा पाँचौ तहमा कार्यरत द्वारिकानाथ ढकाल विरुद्ध विपक्षी : दि टिम्बर कर्पोरेशन अफ नेपाल लि. बबरमहलसमेत विषय : उत्प्रेषण § रिटनिवेदकले निलम्बन भएको र नोकरीबाट बर्खास्त भएको अवधिदेखि सामान्य सिद्धान्त, २०४३ मा नयाँ व्यवस्था हुनु पूर्वको अवधिको तलब भत्ता र सुविधा पाउने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विजयकानत मैनाली अवलम्वित नजीर : निवेदक केशवप्रसाद रेग्मी विरुद्ध भरतपुर नगरपञ्चायत कार्यालय समेत भएको ०४५ सालको रि.नं. ११३९ को उत्प्रेषणयुक्त परमादेश मुद्दामा प्रतिपादित सिद्धान्त । आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निवेदक विपक्षी कर्पोरेशनमा २०३१ पौष महीनामा तह ४ मा स्थाई ०३६ सालमा तह ५ मा बढुवा भई सेवा गर्दै आएकोमा निवेदकलाई २०३७।१२।२८ देखि निलम्बन गरी ०४०।७।२५ बाट संस्थामा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०३५ को परिच्छेद १० को दफा १(६) अनुसार संस्थाको नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गरिएकोमा सञ्चालक समितिमा पुनरावेदन गर्दा बर्खास्ती मनासिब ठहरी निर्णय भएको उपर सम्मानीत अदालतमा रिटनिवेदन दायर गरेकोमा निवेदकलाई बर्खास्त गरिएको निर्णय बदर हुने ठहरी २०४३।११।२८।५ मा आदेश भए बमोजिम विपक्षी कर्पोरेशनमा हाजिर भई निलम्बन भएदेखि हाजिर नभएसम्मको तलब भत्ता रकम पाउँ भनी निवेदन गरेको र २०४४ साल आषाढ देखि पुनः बहाली भई हालसम्म कार्यरत रहेकोमा तलब भत्ता दिने आश्वासन मात्र दिई आलटाल गरेकोमा विपक्षी महाप्रबन्धकबाट सामान्य सिद्धान्त, २०४३ को परिच्छेद ६ को ६.१३ बमोजिम निवेदकको माग बमोजिम तलब भत्ता सुविधा नदिने भनी २०४६।२।३२ मा निर्णय भई सोको जानकारी २०४६।३।१४ मा प्राप्त भएको । ३. निवेदकको हकमा उक्त सामान्य सिद्धान्त, २०४३ लागू हुने होइन, तत्काल बर्खास्ती हुँदाको अवस्था कायम रहेको सामान्य सिद्धान्त, २०३५ अनुसार निवेदकलाई बर्खास्ती गरिएपछि सोही बमोजिम तलब भत्ता सुविधा दिनु पर्ने हो । उक्त सामान्य सिद्धान्त, २०३५ को परिच्छेद १० को ११ मा बर्खास्ती पछि नोकरी थमौती भएमा निलम्बन अवधिको तलब भत्ता सुविधा पाउने भनी स्पष्ट व्यवस्था गरेको छ, पछि आएको संशोधन अघिको अवस्थामा लागू हुन सक्दैन। ४. संशोधित सामान्य सिद्धान्त मेरो निलम्बनको अवस्थामा लागू हुन नसक्ने हुँदा विपक्षीको मिति २०४६।३।३२ को निर्णय बदर गरी निवेदक निलम्बन भएको मिति २०३७।१२।२८ बाट प्रस्तुत सामान्य सिद्धान्त, २०४३ को संशोधन हुनुभन्दा अगाडिसम्मको तलब भत्ता लगायत अन्य सुविधा दिनु भन्ने विपक्षीका नाउँमा परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत मुख्य रिटनिवेदन जिकिर । ५. यसमा के कसो भएको हो ? रिट निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको आदेश । ६. विभागीय कारवाहीको परिणाम स्वरुप भ