निर्णय नं. ६९५७ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९५७ - कर्तव्य ज्यान । भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०४/१३ २५६३ निर्णय नं. ६९५७ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५५ साल फौ.सा.नं. ... ३१३ फैसला मितिः २०५६।४।१३।५ मुद्दाः कर्तव्य ज्यान । वादीः पाल्पा जिल्ला, पिपलडाँडा गा.वि.स. वडा नं. ४ बस्ने गोविन्दबहादुर सूर्यवशी समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः पाल्ला जिल्ला, चिर्तुङधारा गा.वि.स. वडा नं. ८ घर भै कारागार शाखा पाल्पामा थुनामा रहेका मिनबहादुर रानामगर § प्रतिवादीको प्रहरी र अदालतमा समेत गरेको बयान कागजमा मृतकहरुलाई लाठी र ढुंगाले टाउकोमा हानेकोमा सावित भएको कुरालाई प्रतिवादीका बाबुले छोरा मीन बहादुरले साधुराम र देवबहादुरलाई लाठी ढुंगाले हानेछ । साधुरामको तत्काल मृत्यु भएको हो र देवबहादुरको उपचार हुँदा हुदैँ मृत्यु भएछ भनी लेखाई दिएको कागजबाट समर्थित भईरहेको देखिन्छ । यसको अतरिक्त लाठी ढुंगाले टाउकोमा हानेको भनिए अनुसार र टाउकोमा चोट देखिएको कुरालाई लास जाँच प्रकृति मुचुल्कामा र टाउकोमा लागेको चोटबाट मृत्यु भएको भन्‍ने पोर्टमार्टम रिपोर्टबाट समेत देखिँदा प्रतिवादीले छाडेको लाठी ढुंगाको चोट पीरबाट नै मृतकहरुको मृत्यु भएकोमा विवाद देखिएन । तसर्थ प्रतिवादी मीनबहादुर राना मगरलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार २० वर्ष कैद सजाय गर्ने गरी गरेको पुनरावेदन अदालत बुटवलको फैसला साधकको रोहबाट हेर्दा सदर हुने । (प्र.नं. २८) वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.राजेन्द्रराज नाख्वाः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(१) अन्तर्गत यस अदालतमा साधक सदरका लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 2. जिल्ला पाल्पा चिर्तुङधारा गा.वि.स. वडा नं. ८ चिलाङदी भन्ने स्थानमा मिनबहादुर रानामगरले जिल्ला पाल्पा हुमिन गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ५८ को साधुराम सूर्यवंसी र पिपलडाँडा गा.वि.स. वडा नं. ४ बस्ने देवबहादुर सूर्यवंशी समेत भई पेन्सन बुझ्नको लागि आएका हुँदा निज मिनबहादुर रानामगरको बाबु गुनबहादुर राना मगरको श्रीमती फुपु नाता पर्नेलाई देवबहादुरले भेट गर्न जाउँ भनी आएको अवस्थामा निज मिनबहादुर राना मगरले लाठी ढुंगाले प्रहार गरी साधुराम सूर्यवंशीलाई मारी देवबहादुर सूर्यवंशीलाई सख्त घाइते बनाई लाशलाई सुरक्षित राखी जाहेर गर्न आएको छु । कानुन बमोजिम गरी पाउँ भन्ने समेत प्र.ह. कृष्णबहादुर लामाको प्रतिवेदन । 3. मृतकको टाउकोको भागबाट अं. २ फिटमा सुकेको रगत भएको देखिएको, सो रगतबाट ३ फिटमा ढुंगा भएको, सो ढुंगामा रगतको टाटो लागेको र कपालको रौं पनि देखिएको, सो ढुंगाबाट पूर्वतर्फ ३ फिटमा खरको गोठमा थुपारेको ढुंगामा रगतको टाटो लागेको, वासको टेक्ने लठ्ठी भएको, सो रगतबाट ३ फिट हात पूर्वतिर रातो हवाइ चप्पल २ वटा भएको भन्ने समेत घटनास्थल र लाश प्रकृति मुचुल्का । 4. २०४९।६।५ गते पेन्सन बुझ्न आएका देवबहादुर सूर्यवंशीसँग मेरो सानीमा नाता पर्ने छन् भेट गर्न जाउँ भनी देवबहादुरले मेरो दाजु साधुरामलाई साथमा लिई अं. ७:३० बजेको समयमा चिलाङदी बस्ने गुनबहादुर रानाको घरको पछाडि कर्सामा पुग्दा गुनबहादुर रानाको छोरा मिनबहादुर राना मगरले मेरो दाजु साधुराम सूर्यवंशीलाई एक्कासी ढुंगा लाठी प्रहार गरी घटनास्थलमा नै मारेको र देवबहादुर सूर्यवंशीलाई सख्त घाइते बनाएको हुँदा निजलाई पक्