निर्णय नं. ११७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०७/२७ २३७७ निर्णय नं. ११७८ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्वर १०३४ आदेश भएको मिति : २०३५।७।२७।२ मा निवेदक : कास्की जिल्ला छिनेडाँडा गा.पं. वडा नं. ७ को हाल पो.नं. पं. वडा नं. १५ रामबजार बस्ने यशोधाकुमारी कार्कीनी क्षेत्रीनी समेत विरुद्ध विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा नगर विकास योजना नापीसम्बन्धी विशेष अदालत र समिति पोखराको हाल गण्डकी अञ्चल अदालत समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पुनरावेदन गर्ने म्याद नभएको बाटै पुनरावेदन गर्न पाउने कानून प्रदत्त अधिकार लुप्त हुन नसक्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी अवैधानिक निर्णय कार्यवाइहरु समेत बदर गरी हामी निवेदकहरुका नाउँमा कित्ता काट गराई दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा दिनु भन्नेसमेत जो चाहिने व्यहोराको आदेश गरी हक प्रचलन गरी न्याय पाउँ भनी रिट निवेदन मिति ०३४।१०।३।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन : जि. भूपाल सिंह कार्की क्षेत्री जिम्मा ९१ सालको मोठ नम्बरी पूर्व नयाँगाउँ साँध पश्चिम सेतीगंगा साँध उत्तर जिल्ला र ह्षीकेशवको बाँध, दक्षिण भूपाल सिंहको साँध विज पाथी ।६ को तिरो रु.५।२८ लागेको कित्ता ३ को १ चकलाको पाखा कित्ता १ पूर्व बाटो साँध पश्चिम छापा देवी गुरुङ साँध, दक्षिण भूपाल सिंह साँध, उत्तर दिलबहादुर साँध, विज–पाथी ।२ को तिरो १।७६ लागेको कित्ता १ समेत कित्ता २ समेतको मोल रु.२००। को पाखो जग्गा म यशोदाकुमारी कार्कीनी निम्नप्रमाणको बाटो साँध पश्चिम यसै जग्गा विज तिरोमध्येबाट छायादेवी गुरुङ साँध, दक्षिण यशोदाकुमारी साँध, उत्तर नारायणप्रसाद साँध विज ।३।७।८ को तिरो रु.३।५० का कित्ता २ को १ चकलालाई पाखा जग्गा मोल रु.१००। को म दिलबहादुर कार्कीको निम्न प्रमाणको र पूर्व भूपाल सिंह साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण कुलदिप साँध, उत्तर विश्वशंकर साँध विज पाथी ।४ को तिरो रु.३।५२ लागेको कित्ता २ को १ चकला पाखा जग्गा मोल रु.१००। म फिलिप गुरुङ निम्न प्रमाणको र पूर्व नयाँ गाउँ साँध पश्चिम सेतीगंगा साँध, दक्षिण दिलबहादुरसमेत साँध, उत्तर गोविन्द साँध विजमाना ।७।६ का तिरो रु.८४ लागेको कित्ता मोल रु.२०। म कृष्णमणि बराल निम्न प्रमाणको र पूर्व नयाँगाउँ साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण इन्द्रप्रसाद साँध, उत्तर चित्रकुमारी साँध विज पाथी ।२ तिरो रु.१।७६ लागेको मोल रु.५०। को पाखा जग्गा म ज्ञानकुमारी बराल निम्न प्रमाणको र पूर्व नयाँगाउँ साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण ज्ञानकुमारी साँध, उत्तर मोहनप्रसाद सँध, विज पाथी ।२ को तिरो रु.१।७६ लागेको पाखो मोल रु.०। को खसम परलोक हुँदा म चित्रकुमारी बराल निम्न प्रमाणको र पूर्व भूपाल सिंह साँध पश्चिम म सेतीगंगा साँध, दक्षिण फिलिप गुरुङ साँध, उत्तर सूर्यबहादुर साँध विज पाथी ।२ को तिरो रु.१।७६ लागेको पाखो कित्ता १ मोल रु.१२००। म विश्व शंकर पालिखे निम्न प्रमाणको र पूर्व भूपालसिंहको साँध, पश्चिम सेती गंगा साँध, दक्षिण विश्वशंकर साँध, उत्तर पूर्णबहादुर साँध, विज पाथी ।२ को तिरो रु.१।७६ लागेको