निर्णय नं. ४०२७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०२७ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/१२/२८ २७३१ निर्णय नं. ४०२७ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. ८७२ आदेश भएको मिति : २०४६।१२।२८।३ मा निवेदक : का.न.पं. वा.नं. ३ स्थित मिनु तयारी पोशाक उद्योगको प्रो.गगन थापा विरुद्ध विपक्षी : रा.वा.बैंक, केन्द्रीय कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण § बैंकलाई लेखेको निवेदनमा विभिन्न शर्तमा लिएको रकम तिर्न मञ्जुर गरेको देखिन आएको हुँदा तिर्नु बुझाउनु पर्ने कर दायित्व तिर्न बुझाउन मञ्जुर गरी साझेदारी फर्म छोडपत्र गराई लिएपछि तिर्नु बुझाउनु पर्ने रकम नबुझाई कारोवार रोक्का गरिएकोमा निजको कारणबाट आफ्नो फर्मको कारोवार रोक्का गर्न नमिल्ने भन्ने रिट निवेदकको जिकिर मनासिब नदेखिई निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण खतिवडा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत र विद्वान अधिवक्ता श्री महेश्वरप्रसाद जोशी आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक गगन थापा र मिनु थापाका नाउँमा मिनु तयारी पोशाक उद्योग नामको साझेदारी फर्म उद्योग विभागमा नं. ११०७।०४२ मिति ०४२।१।२० मा दर्ता गराई विपक्षीहरुसंग समेत कारोवार चलिरहेको र रा.बा. बैंकको विशाल नगर शाखामा चल्ती खाता नं. ८७२२ मा निवेदक गगन थापा र मिनु थापाका नाउँमा खाता खोली निर्वाध रुपले बैंकिङ्ग कारोवार भइरहेको । ३. यस्तैमा मिति २०४५।११।२ मा विपक्षी रा.बा. बैंक मुख्य कार्यालयले मिनु थापाको प्रोपाइटरसीपमा दर्ता भएको मिनु रेडिमेड गार्मेन्ट इन्डष्ट्रिजसंग एफ.बी.एन. २०।२०० अन्तर्गत नेगोसियट गरेका कागजातहरुको भुक्तानी प्राप्त नभएको हुँदा उक्त इन्डष्ट्रिजबाट बैंकको सम्पूर्ण लेना रकम असूल उपर नभएसम्म मिनु थापाको साझेदारीमा सञ्चालन भइरहेको त्यस उद्योगको यस बैंकसंगको कारोवार आजका मितिदेखि रोक्का राखिएको व्यहोरा सूचित गरिन्छ भन्ने व्यहोराको पत्र हाम्रो साझेदारी फर्मलाई बुझाइयो । ४. मिनु थापाका नाउँमा घरेलु तथा ग्रामीण उद्योग विभागमा मिति २०४१।२।११ मा दर्ता भई कारोवार भइरहेको निजको प्राइवेट फर्मले गरेको कारोवारको कारणले छुट्टै कानुनी अस्तित्व भएको साझेदारी फर्मको कारोवार रोक्न नहुने भनी विपक्षी बैंकसंग अनुरोध गर्दा नमानेकोले २०४५।११।४ मा उद्योग विभागमा गई साझेदार मिनु थापालाई छोडपत्र गराई मैले आफ्नो नाउँमा एकलौटी पारी प्राइवेट फर्ममा परिणत गराई साझेदारी फर्ममा छँदा श्री ५ को सरकार आदि कसैलाई कुनै कर दायित्व बुझाउनु पर्ने देखिएमा मैले बुझाउन स्वीकार गरी सो मिनु तयारी पोशाक उद्योग आफ्ना नाउँमा राखेको र मिनु थापाले विपक्षी बैंकलाई आफूले साझेदारी छाडी प्रोपाइटरसिपमा परिणत गरी दिएको र सो उद्योगको नाउँको खाता एवं उद्योगसंग कुनै पनि सरोकार नभएकोले गगन थापाको नाउँबाट मात्रै संचालन गर्ने गरी मेरो नाम हटाई दिनु भनी पत्र लेखी दिनु भएको र तत्पश्चात मैले पनि बारम्बार अनुरोध गर्दा पनि मेरो नामबाट बैंकिङ्ग कारोवार शुरु गरी दिएन र विपक्षी वाणिज्य विभागमा समेत पत्र लेखी मेरो फर्मको सम्पूर्ण कारोवार बन्द गर्न लगायो । ५. कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित अविछिन्न उत्तराधिकारवाला छ