निर्णय नं. ६९५८ - दर्ता वदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९५८ - दर्ता वदर दर्ता भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/११/०९ २४२५ निर्णय नं. ६९५८ ने.का.प. २०५७ अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५४ सालको दे.पु.नं. ... ३५४८ फैसला मितिः २०५६।११।९।२ मुद्दाः दर्ता वदर दर्ता । पुनरावेदक/वादीः रौतहट जिल्ला, गा.वि.स. राजदेवी वडा नं. ८ बस्ने सत्यनारायण ठाकुर हजाम विरुद्ध विपक्षी/प्रतवादीः रौतहट जिल्ला, गा.वि.स. राजदेवी वडा नं. ७ बस्ने श्यामशंकर मिश्र § अदालतको फैसलाले प्रतिवादीले विगो भरी भराउको कारवाईमा लिलाम सकार गरी दर्ता गराएको जग्गाको विषयलाई लिएर वादीको फिराद परेको कुरामा विवाद देखिदैँन । मिति २०४३।९।३ मा भएको कारवाईलाई लिएर मिति २०४८।३।२६ मा मात्र फिराद परेको देखियो । वादीले लेनदेन व्यवहारको ४० नं. को हदम्याद उल्लेख गरी फिराद दायर गरेको अवस्थामा पछि पुनरावेदन तहमा अ.वं.३६ नं. को हदम्यादको जिकिर लिन मिल्ने पनि देखिदैँन । प्रतिवादीले अदालतको फैसला अनुसार भरी पाउने विगोमा लिलाम सकार गरी आफ्ना नाममा जग्गा दर्ता गरेको कार्यलाई वदर गराउन वादीले फिराद दायर गर्दाको लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र अर्थात सो कार्य भए गरेको २ वर्षभित्र नालिस दिनुपर्ने हुन्छ । अदालतबाट मिति २०४१।११।२१ मा भएको फैसलाको कार्यान्वयनको सिलसिलामा मिति २०४३।९।३ मा लिलाम गर्ने समेतको अदालतबाट भएको काम कारबाहीलाई वदर गराउन प्रस्तुत फिराद मिति २०४८।३।२६ मा मात्र दायर भएको देखिन आयो । तसर्थ लेनदेन व्यवहारको ४० नं. बमोजिम अदालतबाट लिलामी काम कारबाही भएको मिति २०४३।९।३ ले २ वर्ष भित्र प्रस्तुत फिराद परेको नदेखिँदा शुरु फैसला उल्टी गरी फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५२।८।९ को फैसला मनासिव ठहर्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा अधिवक्ताद्बय श्री बालमुकुन्द श्रेष्ठ र श्री राजेन्द्र घिमिरे प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत हेटौडाले गरेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः 2. मुल पुरुष स्व.श्रीराम ठाकुर हजामको २ छोरामा जेठो महादेव ठाकुर र कान्छो सत्यनारायण ठाकुर भएकोमा दाजु महादेव ठाकुरले अंश छुट्याई नदिँदा २०३३ साल वैशाख १ गतेलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पत्तिको फाँटवारी लिई २ खण्डको एक खण्ड अंश दिलाई पाउँ भनी म वादी सत्यनारायण ठाकुरले महादेव ठाकुरका उपर २०४१।४।१५ गतेमा दे.नं. ८४० को अंश मुद्दा दिएकोमा फिराद दायर भएको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी आदेशानुसार दाखिल भएको तायदाती मध्ये २ भागको १ भाग वादीले प्र.बाट अंश पाउने ठहरी अदालतबाट मिति २०४३।४।२० मा भएको फैसला उपर म वादी सत्यनारायण ठाकुरले रौ.जि.अ.को फैसला वदर गरी २०३३ साल वैशाख १ गतेसम्मको तायदाती दाखिल गराई सोबाट मैले आधी अंश पाउने गरी इन्साफ गरी पाउँ भनी पुनरावेदन दिएकोमा २०३३।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी इन्साफ गर्नुपर्नेमा शुरुबाट भएको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ । जे जो बुझ्नु पर्छ बुझी फैसला गर्नु भन्ने श्री नारायणी अञ्‍चल अदालतबाट आदेश भई दे.नं. ११६२ मा मुद्दा दर्ता भई रौं.जि.अ.को २०४६।२।१० र नारायणी अञ्‍चल अदालत