निर्णय नं. ११७९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११७९ - ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०७/०२ २१३५ निर्णय नं. ११७९ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको फौ.पु.नं. १६८ फैसला भएको मिति : २०३५।७।२।५ मा वादी : अ.स.ई.जगदेवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : सिराहा प्रमहासोच गा.पं. वडा नं. २ बस्ने दुःखी महतो कोईरी समेत मुद्दा : ज्यान (१) सर्जमिन प्रमाणको रुपमा ग्रहण नहुने । (प्रकरण नं. १४) विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा फैसला न्या. ईश्वरीराज मिश्र : मुद्दाको तथ्य यसप्रकार छ : सुकी महतोले २०२९ साल फागुन १५ गते सबै मिली मलाई कुटी ज्यानै मार्न खोजे डरधाक देखाई मेरो धनमालमा खतरा गर्न नपाउने शान्ति सुरक्षा गराई दिनु भन्ने जि. प्र.सिरहाका नाउँमा आदेश गरिपाउँ भन्ने अम्रनवती दनुवारनीको निवेदन । २. अम्रनवती दनुवारीको निवेदनबमोजिम तथ्य कुरा बुझ्न जाँदा चौठीमा आइमाईलाई ज्यान मारी मृतक लास गाडी दवाई छपाई राखेको छ भन्ने बुझी सो ठाउँमा गई पत्ता लगाई ज्यान माटोमा गाडेको लास उखेली हेर्दा आइमाईको लास देखी कर्तव्य गरी मारेको शङ्का लागेकोले लास सुरक्षित राखी लास जाँच गरिपाउँ भन्ने अ.स.ई.जगदेव भगतसमेतको ०२९।१२।१४।३ को प्रतिवेदन । ३. अम्रनवती दनुवारनीको लास हो भनी देखायो । चिन्यौं सो लास पोष्टमार्टम गर्न सडी गली दुर्गन्ध भई स्थिति नरहेको भन्ने ०२९।१२।१४ को लासजाँच प्रकृति मुचुल्का । ४. अम्रनवतीको ज्यान मारी दवाएको रामप्रसाद महतो समेतले गोप्य तरहसमेतबाट बुझी यो चैत्र ११ गते अम्रनवती खोज्दा भेटिएन । विशेष स्रोतबाट पत्ता लगाई लास राखेको ठाउँसमेत गा.पं.ब्रहृमापुरी वडा नं. ६ लक्ष्मीपुरवाला भन्ने खेतमा तेलीको लासदेखि पश्चिमपट्टि खेत पटाउने कुपमा लास छिपाई माटोले पुरिदिएकोले भन्ने अ.प्र.नं. गन्गाई महतो कोइरीको निवेदन । ५. अम्रनवती दनुवारनीको निवेदनबमेजिम मसमेत भई निजलाई कर्तव्य गरी मारेको होइन । दुःखी महतोले अम्रनवतीलाई रखौटी राखेकोमा निजलाई नराख भनेकोमा दुःखी र गाउँलेको मतभेद हुँदा गौरीपुरमा दुई अढाई वर्षदेखि घर बनाई बसेकोले अम्रनवतीसँग मेरो कुनै रिसइवी नहुँदा निजको आफ्नो सानले निवेदन दिएको लाग्दैन मसमेतलाई फसाउन दुःखीले नै अम्रनवतीलाई मारी लास दवाई गाडेको हुनुपर्छ भन्ने रामलखन सुन्दर भण्डारीसमेत जना २ को कागज । ६. ७।८ वर्षदेखि दुःखी महतो कोईरीले अम्रनवती दनुवार्नीलाई स्वास्नी तुल्याई राखेको थियो । निज दुःखी बैनीज्वाईं हो निजलाई राखेको दाजुभाइले दुःखीलाई भातबाट बाहेक गरेको र अम्रनवतीले अड्डा–अड्डामा निवेदन दिएको छ । अब केही छैन । अम्रनवतीलाई व्रहृापुरीलाई फसाउँछु मजा चाख्ला सम्झाएँ नमानी जमकार दुःखीले चैत ८ गते मारी दबाए थाहा भएन । अम्रनवतीलाई भन्दा म थिइन अम्रनवतीको ज्यान मार्ने कुरा थाहा भएको र मारेको कुरा मेरो बुद्धि नपुगेकोले जाहेर नगरेको हुँ । अम्रनवती दनुवारनीले दिएको निवेदनमा लेखिएको मानिसहरुले निजको ज्यान मार्ने सम्बन्धमा कुनै किसिमको सल्लाह छैन । अम्रनवतीले दुःखीले भने अनुसार निवेदन दिएको हुनुपर्छ भन्ने गणेशी महत्वको प्रहरीमा भएको कागज । ७. होलिको २ दिनपछि आइतवारका दिनसम्म म गहुँ काटिरहेको बखत मनेर आई दुःखीले मेरो रखौटी स्वास्नी अम्रनवतीलाई ज्यान मार्नुपर्छ । तिमीलाई रु.२००। दिन्छु । आज राती बोलाउँछु । तिमी आउनुपर्छ भन्दा मलाई डर लाग्छ । ज्यान मार्न म