निर्णय नं. ४०२८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०२८ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/१०/२९ २५२२ निर्णय नं. ४०२८ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको दे.पु.नं. ४३६ फैसला भएको मिति : २०४६।१०।२९।१ मा पुनरावेदक/प्रतिवादी : का.प.जि. नाला गा.पं. वडा नं. ५ बस्ने कमलबहादुर खत्री क्षेत्री विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा ५ बस्ने डिल्लीप्रसाद सापकोटा मुद्दा : लेनदेन § क्षेत्रीय अदालतमा अनुमतिको माध्यमबाट फैसला भई तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को व्यवस्था अन्तर्गत स.अ.मा अनुमति लाग्न सक्ने व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा उक्त दफा १३(५) मा वर्णन गरेको अवस्था विद्यमान भएको पाइएन । तसर्थ सर्वोच्च अदालतमा पुनरावेदनको अनुमति नै लाग्न नसक्ने अवस्थामा पुनरावेदनको अनुमति प्राप्त भएको प्रस्तुत पुनरावेदन खारेज हुने । (प्रकरण नं. १४, १५) पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा विपक्षी, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग फैसला न्या. हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासका मिति २०४६।२।६ का आदेशानुसार पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षीले मसंग रु. ११,०००।– व्यापार गर्नको लागि मिति ०३०।४।१६।३ का दिन कर्जा लिई का.प.जि. नाला उग्रचण्डी गा.पं. वडा नं. ६ को कि.नं. ३५ को क्षेत्रफल बिजन ।।४ मध्ये बिजन ।।३ तिरो रु. ।३९ लाग्ने जग्गा राजीनामा गरी दिनु भएकोमा सो लिखत पास गरी नदिनु भएको र उक्त थैलीको साँवा ब्याज समेत नदिनु भएकोले साँवा ब्याज दिनु होस् भनी बारम्बार विपक्षीलाई अनुरोध गर्दा पनि नदिनु भएकोले यो नालेश गर्न आएको छु । तसर्थ सो लिखत बमोजिमको रु. ११,०००।– र आजसम्मको ब्याज रु. १०,०६८।०६ समेत जम्मा रु. २१,०६८।०६ र मुद्दा अन्तिम किनारा नभएसम्मको ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको डिल्लीप्रसादको फिरादपत्र । ३. विपक्षीले रु. ९९।– मा मिति २०३९।१२।२।३ मा राजीनामा गरी दिएको भनेको जग्गा र विपक्षीले रु. ११,०००।– मा मिति २०३०।४।१६।३ मा राजीनामा गरी लिएको भनेको जग्गा एउटै हो । फिरादमा मिति २०३०।४।१६ को लिखत पहिलेको त्यसपछि मात्र रु. ९९।– को लिखत गरी दिएको भनी वादीको लेखाई छ सो गलत छ सो रु. ९९।– मिति २०२९।१२।२।३ को लिखत हो रु. ९९।– को मिति २०३९।१२।२ लिखत हराएकोले अर्को लिखत गरी पाउँ भनी ०३४ सालमा हो माघ वा फाल्गुणमा मेरो नाउँमा दिएको फिरादमा यो फिरादको रु. ११,०००।– मलाई दिएको भए सो फिरादमा पनि लेख्न सक्नु पर्ने थियो सो लेख्न सक्नु भएको छैन । तसर्थ विपक्षीको फिराद अ.बं. ७३ नं. को विपरीत हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कमलबहादुरको प्रतिउत्तरपत्र । ४. विशेषज्ञको राय लेखक र अन्तर साक्षीको बयानबाट विवादको लिखत सद्दे नै देखिन आउनाले दावी बमोजिमको वादीले प्रतिवादीबाट साँवा रु. ११,०००।– र ब्याज १० वर्षको रु. ११,०००।– समेत जम्मा रु. २२,०००।– प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.प.जि. अ.को मिति २०४२।३।३२ को फैसला । ५. मैले लिँदै नलिएको र सहिछाप गरी दिएको समेत नहुँदा शुरु इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी बागमत