निर्णय नं. ४०२९ - जग्गा दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०२९ - जग्गा दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/०३ २४२९ निर्णय नं. ४०२९ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७८४ फैसला भएको मिति : २०४६।११।३।४ मा पुनरावेदक/वादी : जि. कास्की पो.न.पं. वडा नं. १७ पार्दी बस्ने बुद्धिबहादुर भट्टराई विरुद्ध विपक्षी/प्रतिवादी : जि. कास्की पो.न.पं. वडा नं. ६ वैदाम बस्ने धर्मराज भट्टराई मुद्दा : जग्गा दर्ता बदर § प्रतिउत्तर दिंदा प्रतिवादीले जग्गा वादीहरुको हो भनेको छैन त्यसकारण त्यसबेला साझा भनेको आधारमा यो प्रतिवादीले हाल आफ्नो नाममा दर्ता गराउन मिल्ने होइन । निज बिवन्धित हुनुपर्दछ भन्न उचित नहुने । (प्रकरण नं. १५) § मुद्दा पर्दापर्दैको अवस्थाको नापीलाई मान्यता दिन नमिल्ने भन्ने हो भने पनि वादी आफूले पनि नापी गराएको तथ्य र प्रतिवादीले नापी गराएकोमा वादीले उजुर गरेको नदेखिएको तथ्यलाई नकार्न नसकिने । (प्रकरण नं. १६) § वादी प्रतिवादीले आ–आफ्नो भोगको आधारमा नापीका समयमा दर्ता गराएकोमा कुनै पनि पक्षबाट विवाद आएको नदेखिएको र उक्त जग्गाको सम्बन्धमा हक छाडेको वा अंशबण्डाको लिखतको अभावमा प्रतिवादीले दर्ता गराएको फेवाताल पुरुवा खेतको कि.नं. १०१० को जग्गाको दर्ता बदर नहुने । (प्रकरण नं. १७) पुनरावेदक, वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।९।२३ को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. पूर्व हर्कबहादुरको खेत, पश्चिम जगतबहादुरको खेत, उत्तर साविक भराङदी, दक्षिण मंसरामको खेत यति चार किल्ला भित्रको फेवाताल पुरुवा भन्ने खेत मुरी २।३।१० को जग्गा अंशियारा छुट्टी भिन्न हुँदा म बुद्धिबहादुर चुडा विक्रमको भागमा परी भोगी आएकोमा अंश बण्डाको जग्गा छुट्याई पाउँ भनी वीरबहादुरले म समेत उपर फिराद गरेको हाम्रो भाग बण्डाको हो भनी हाम्रो प्रतिउत्तर परेको र विपक्ष धर्मराजले समेत अबण्डाको हो भनी मुद्दा चल्दै जाँदा क्षेत्रीय अदालतबाट हाम्रो एकलौटी भाग ठहरी फैसला भई फैसलाबाट समेत हाम्रो हक भएको जग्गा विपक्षले कि.नं. १०१० पदाली गा.पं. वडा नं. ५ मा दर्ता गराएको थाहा पाई उजुर गर्दा मालपोत कार्यालयबाट तेरो मेरोमा देखिएकोले नालेश गर्नु भनी निर्णय गरेकोले नालेश गर्न आएको छु । विपक्षको नाउँको दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने बुद्धिबहादुर भट्टराईको फिरादपत्र । ३. साविक कि.नं. १३० को मुरी २।३।१० मध्ये आधी वीरबहादुरको भाग छाडी बाबु कर्णबहादुरको आधी अंशबाट हामी ५ भाइले अंशका दामासाहीले पाउने मुरी ।२१।१४।२ को तिरो ०२३ देखि ०३५ सम्म तिरो भरो गर्दै आए अनुसार जग्गा आवाद गर्दा पनि सोही दामासाही अंश बमोजिम आवाद गर्दा नरम करम मिलाई भोग गरे अनुसार कि.नं. १०१० को जग्गा मेरो नाउँमा दर्ता गराएको हुँ । दर्ता बदर गरी पाउँ भन्ने वादी दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको धर्मराज भट्टराईको प्रतिउत्तरपत्र । ४. अंशबण्डा भएको छैन । अबण्डाको हो भन्ने अवस्था नदेखिँदा वादी दावी बमोजिम प्रतिवादीले कित्ताकाट दर्ता गराएको कि.नं. १०१० को जग्गाको दर्ता कित्ताकाट बदर भई वादीका नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको ०३९।१०।२० को फैसला । ५. मेरो दर्ता बद