निर्णय नं. ४७२७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७२७ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०४/३१ २५८३ निर्णय नं. ४७२७ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४८ सालको रिट नं. १४९१ आदेश मिति: २०५०।४।३१।१ निवेदक : गण्डकी अञ्चल कास्की जिल्ला पोखरा नगरपालिका वडानं. ३ तेर्सापट्टी बस्ने ना.सु. आनन्दमान उदास । विरुद्ध विपक्षी : तत्काल पोखरा नगर पञ्चायतका प्रधानपञ्च हाल पोखरा नगरपालिका वडानं. ७ बस्ने सुर्य बहादुर के.सी. समेत । विषय : उत्प्रेषण । (१) समयमा नै जानकारी हुने र जानकारी पाएको विषयमा निवेदकले मिति २०४८।५।६ मा मात्र रिट निवेदन पत्र दिई यस अदालतको असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको देखियो । उपचार खोज्ने पक्षले समयमा नै खोज्नुपर्ने हुन्छ । निवेदकलाई जानकारी हुँदा हुँदै पनि मिति २०४६।१२।२ मा भएको विज्ञापन बदर गराई माग्न रिट निवेदन पत्र दिएको अनुचित विलम्व गरी प्रस्तुत रिट निवेदनपत्र दिएको देखिएकोले यसमा विचार गरिरहनु नपर्ने । (प्र.नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बोधरीराज पाण्डे विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ : विद्वान अधिवक्ता श्री शम्भु थापा : विद्वान अधिवक्ता श्री बद्रि शर्मा आदेश न्या. गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छः– २. तत्काल पोखरानगर पञ्चायत कानुनद्वारा गठित निकायको रुपमा संचालित थियो । सोही अनुरुप तत्काल नगर पञ्चायत कार्य व्यवस्था नियमावली, २०४४ को परिच्छेद ४ मा कर्मचारीहरु सम्बन्धी व्यवस्था गरिएको छ । नगर पञ्चायत ऐन, नियमले दिएको अधिकार भन्दा बाहिर गई तत्काल पोखरानगर पञ्चायतका प्रधान पञ्च सूर्यबहादुर के.सी. ले प्रतियोगिताद्वारा एवं बढुवाद्वारा पदपूर्ति गर्नको लागि दरबन्दी स्वीकृत हुनु भन्दा अगाडि नै आ–आफ्नो मानिसहरुलाई नियुक्ति गर्ने अभिप्रायबाट विज्ञापन गरी उमेरको हद स्वेच्छाले ऐन कानुन नियम प्रतिकुल हुने गरी ३५ भन्दा बढी ४० वर्ष गरी विज्ञापन कसैलाई थाहा नगराई पदपूर्ति गर्न सिफारिस गरी नगर पञ्चायत बैठकबाट स्वीकृत गराएको कानुनको उल्लंघन भएको हुँदा रिट गर्न आएको छु । म निवेदक आनन्दमान उदास पोखरा नगर पञ्चायतमा २०२१ सालदेखि ना.सु. पदमा कार्यरत छु । म संभावित उम्मेदवार जो नगर पञ्चायतमा थप दरबन्दीमा आन्तरिक बढुवाबाट प्रशासकीय अधिकृत वा लेखा अधिकृत हुन योग्यता भएको व्यक्ति हुँदा हुँदै स्थानीय विकास मन्त्रालयबाट मिति २०४७।९।९ गते थप दरबन्दी स्वीकृत भई आउन भन्दा अगाडि नै मिति २०४६।१२।२ का दिन उक्त थप दरबन्दीका पदहरुमा पदपूर्ति समितिले विज्ञापन गरी पदपूर्तिको कारवाही गरेको गैर कानुनी छ । पोखरा नगर पञ्चायतमा कार्यरत कर्मचारीलाई समेत जानकारी नै नहुने गरी सबै कार्य गोप्य रुपमा गर्न गराउनको लागि मुख्य रुपमा सोही कार्यालयकै कानूनी सल्लाहकार भई बसेका दुर्गा प्रसाद कोइराला हुन । निजको व्यक्तिगत स्वार्थ के हो भने आफ्नो एकै आँतका दाजु कृष्ण प्रसाद कोइराला जो प्रशासकीय अधिकृत तृतीय श्रेणीको उम्मेदवार भई नियुक्ति पाउन सफल भएका छन् । कुनै निकायले पनि आफूलाई कानुनले प्राप्त भएको अधिकार भित्र रही मात्र निर्णय आदेश दिन सक्दछ त्यसको विपरित अधिकार उल्लंघन गरी निर्णय आदेश दिन पाउन हुँदैन । अतः तत्काल पोखरा नगर पञ्चायतका प्रधानपञ्