निर्णय नं. ४०३० - राजकाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३० - राजकाज भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/३० २७७७ निर्णय नं. ४०३० ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ५५९ फैसला भएको मिति : २०४६।११।३०।३ मा पुनरावेदक/वादी : प्र.ना.नि. देवेन्द्रबहादुर समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. रुपन्देही कम्हरिया गा.पं. वार्ड नं. २ बस्ने अम्बरबहादुर जि. सी.समेत मुद्दा : राजकाज § बहस तथा पुनरावेदनबाट जुन आधारहरु देखाई वारदात भए गरेको भनी देखाउन खोजिएका छ सो एउटा प्रहरीको प्रतिवेदन मात्र देखिएको छ र त्यसको समर्थन अरु स्वतन्त्र प्रमाणबाट भएको पाइँदैन, जो पर्चा टाँसिएको भनिएको छ सो पर्चा यिनै अभियुक्तहरुले टाँसेको भन्ने पनि कुनै सबूद आएको पाइँदैन । सरजमीनको कुराले पनि अदालतमा बकपत्र भई प्रमाण ऐन, २०३१ ले व्यवस्था गरे बमोजिम प्रामाणिक रुप लिनसकेको समेत नदेखिएकोले क्षेत्रीय अदालतको इन्साफमा तल माथि गर्नु पर्ने कुनै अवस्था नदेखिने । (प्रकरण नं. ४१) पुनरावेदक, वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या. हिरण्येश्वरमान प्रधान: पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४५।८।१ को फैसला उपर चित्त नबुझाई श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्न अनुसार छ । २. मिति २०३७।७।१ गते कम्हरीया गा.पं. ईलाकामा गस्ती घुम्न र राजकाज मुद्दामा फेला नपरेका अम्बरबहादुर जि. सी., विष्णु बोहरालाई पक्राउ गर्न जाँदा कम्हरीया गा.पं. को नि.मा.वि. स्कूल अगाडी क्रान्तिकारी साँस्कृतिक कार्यक्रम भइरहेको रहेछ । सो कार्यक्रमको कलाकारमा अम्बरबहादुर जि. सी., विष्णु बोहरा, अरु नचिनेका ८,९ सय व्यक्तिहरुले श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद, पुलीस कुत्तालाई मार्नु पर्छ भन्ने नारा लगाई अकस्मात मसंग गएका प्र.स.नि. नारायणबहादुर बस्नेत, समेतलाई ढुङ्गा, लाठी, छुरी प्रहार गर्दै रहेको र सम्झाउँदा पनि नमानी झन उग्र रुप लिई ढुङ्गा मुढाले प्रहार गरी रहँदा प्र.समसुद्दिन पठानको राइफल मागी अनावश्यक अभद्र व्यवहार भएमा गोली चल्छ भनी सम्झाउँदा पनि नमानी हातपात गरेकोले एक राउण्ड हवाई फायर गर्दा एक व्यक्तिले प्र.अहमद अलिको राईफल खोस्न लाग्दा निजलाई लागी घुँडामुनि १ राउण्ड गोली हान्दा केही तितर वितर भएपछि बुझ्दा विजयप्रसाद थारु र तारापति भट्टराई घुँडा तथा पेटको छाला पिंल्साउँदै घायल भएको भन्ने थाहा पाइएको र प्र.स.नि. नारायणबहादुर बस्नेत समेतलाई निजहरुले प्रहार गरेकोले घा जाँच गराई राजकाज (अपराध र सजायँ) ऐन अन्तर्गत कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्र.ना.नि. देवेन्द्रबहादुर बस्नेतको २०३७।७।२ गतेको प्रतिवेदन । ३. घाइते हुने तारापति भट्टराई, विजाप्रसाद थारु मध्ये तारापति भट्टराईको मृत्यु भएको भन्ने जिल्ला प्रहरी कार्यालय पाल्पाको ०३७।७।३ को पत्र । ४. राजकाज मुद्दामा फरार रहेका अम्बरबहादुर जि. सी., विष्णु बोहरा समेतका उग्रवादी कमनिष्टका मानिसहरुले सरकार विरोधी क्रान्तिकारी नाटक गरेछन भन्ने बुझिएकाले पक्राउ गर्न जाँदा पुलिस कुत्ता डाँकालाई मार्नपर्छ, पञ्चायती व्यवस्था मुर्दावाद, श्री ५ वीरेन्द्र मुर्दाबाद भन्दै ईटा लाठी प्रहार गरी राईफल खोस्न लागेबाट स.ई. देवेन्द्र बस्नेतले प्र.ज. समुसुद्दीन पठानको राइफल मागी १ राउण्ड हवाई फायर गर