निर्णय नं. ४०३१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३१ - ज्यान भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/१६ २१९१ निर्णय नं. ४०३१ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. ३१० ऐ.ऐ.सा.नं. ५६ फैसला भएको मिति : २०४६।११।१६।३ मा पुनरावेदक/प्रतिवादी : जि. दार्चुला सितौला गा.पं. वार्ड नं. ७ घर भई हाल दार्चुला कारागारमा थुनामा रहेको नथुवा देउरुखी विरुद्ध विपक्षी/वादी : सितौला गा.पं. को जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान § लाश नै नभेटिएकोबाट मृतक खीर खाएको कारणबाट मरेको वा कुटपिटबाट मरेको भन्ने यकीन नभएको सो यकीन बेगर सजायँ गर्न नमिल्ने भन्ने हकमा यही कुराको जिकिर सहअभियुक्तले पनि आफ्नो बयानमा लिएको भए पनि लाश आफैंले गाड्न लगेमा सावित भएकोबाट कुटपिटकै चोटबाट मृत्यु भएको ठहर्‍याई निजलाई सजायँ भई भएको फैसला अन्तिम रहेकोले पुनरावेदक तर्फको यो जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रामकृष्ण निराला फैसला न्या. हिरण्येश्वरमान प्रधान : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन तथा साधक जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. २०३७।५।२८ का दिन काम विशेषले सितौला गा.पं. सेली बस्ने विरुवा देउरुखीको घरमा अनुवा देउरुखी बसेको र मन देउरुखी गोपडेको घरमा बसेको मौकामा सितौला गा.पं. वा.नं. ७ खड्यान गाउँ बस्ने रेल्चे देउरुखी १, नथुवा देउरुखी १, केशव देउरुखी १ समेत उक्त मितिको रातमा आई विरुवा देउरुखीको घरबाट अनुवा देउरुखीलाई जबरजस्ती साथ बाहिर निकाली कुटपिट गरी घाउ पारी निजकै घरमा बसी रहेकोमा पछि आश्विन ७ गतेका दिन बिहान अनुबा देउरुखीको मृत्यु भएकोले उक्त ३ जनाले लाश जवरजस्ती लगेको कुरा गोपडे देउरुखीबाट थाहा हुन आएकोले कानुनी कारवाही गर्न जाहेर गरेको छु भन्ने समेत मिति २०३७।६।७ को सितौला गा.पं. को जाहेरी दर्खास्त । ३. २०३७।५।२८ को राति आधा रात बाँकी भएको समयमा केशव, रेल्चे, नथुवा समेत ३ जना आई ढोका खोल भन्दा ढोका खोल्दैनौ भनी भन्दा भई तल्ला कोठाबाट निज नथुवा समेत ३ जनाभित्र कोठामा पसी अनुवा भएको ठाउँमा गई अनुवालाई जबरजस्ती साथ बाहिर निकाली आँगनमा लगी अनुवालाई कुट्दा आवाजसम्म भित्रबाट सुनेकी थिएँ डरले गर्दा केही भन्न सकिन । निजको नाकबाट रगत बगेको थियो त्यसपछि अन्यायीहरुले अनुवाको लाश जबरजस्ती आफ्नो घर खड्यानतर्फ लागेका थिए भन्ने समेतको २०३७।६।१३ को हिरादेवीको बयान । ४. २०३७।५।२८ गते राती अन्यायी नथुवा देउरुखी समेतले कुटपिट गरी सोहि चोटबाट अनुवाको मृत्यु भएको हो, मृत्युको कारण कुटपिट नै हो । निजको लाशलाई ३ जनाले बोकी राखेको रेल्चे देउरुखीको बुबा जिउने देउरुखीलाई पनि देखेको कुरा मैले पञ्चायतमा भनेको हुँ भन्ने समेत अनुवाको लाश बोकेको देख्ने भन्ने गोपडे देउरुखीको बयान । ५. दाजु अनुवाको मृत्यु केशवे, रेल्चे र नथुवाको कुटाईको कारणले भएको भन्ने कुरा गापेडेको मुखबाट सुनेको हुँ भन्ने समेतको भने देउरुखीको कागज । ६. २०३७।५।२८ गतेको राति विरुवाको घरबाट अनुवा देउरुखीलाई नथुवा समेत ३ जनाले बाहिर लगी कुटी सोही कुटाइको चोटले निजको मृत्यु भएको हो । अभियुक्तहरु आश्विन ८ गते देखि बेपत्ता छन् भन्ने समेत सरजमीनका अधिकांश व्यक्तिहरुको एकै मिलानको सरजमीन मुचुल्का । ७. अनुवालाई कुटपिट गरी मारेको भन्ने मनवीरकी श्रीमती