निर्णय नं. ६९६० - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६० - अंश नामसारी भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/१०/१९ ५८७५ निर्णय नं. ६९६० ने.का.प. २०५७ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत् २०५४ सालको दे.पु.इ.नं. ..११३ फैसला मितिः २०५७।१०।१९।५ मुद्दाः अंश नामसारी । पुनरावेदक/प्रतिवादीः जिल्ला रुपन्देही, सिध्दार्थनगर नगरपालिका वडा नं. १०वस्ने विश्वम्भरनाथ मिश्रको मु.स. गर्ने एकासगोलको छोरा चन्द्रशेखर मिश्र विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला रुपन्देही, सिध्दार्थनगर नगरपालिका वडा नं. १०वस्ने आचार्यनाथ मिश्रको § पूर्व फैसला बमोजिम अंश भागमा परेको जग्गा वादी प्रतिवादीले आ-आफूले भोगी चलन गरी आएको भन्ने कुरा देखिन आएबाट फैसला बमोजिम घरसारमा लिनु दिनु गरी आ-आफूले भोग चलन गरेको तथ्य पुष्टी भईरहेको अवस्थामा दण्ड सजायको ४६ नं. को व्यवस्था अनुरुप नै वण्डा छुट्याई पाउँ भनी आउनु पर्ने त्यसरी नआएमा सो म्याद व्यतित भएपछि फैसलाले पाएको जग्गा नामसारी गरी पाउँ भनी आउन नपाउने भन्न न्यायोचित नहुने हुँदा दण्ड सजायको ४६ नं. ले फिराद नलाग्ने भन्ने प्रतिवादी तर्फको भनाई तर्कसंगत एवं मनासिव देखिंदैन । § यसै विषयमा यिनै वादीले पहिले नालेश गरी फैसला भईसकेको हुँदा पुनः नालेश गर्न अ.वं.८५ नं. ले पाउने होइन भन्ने अर्को कथन तर्फ विचार गर्दा अ.वं. ८५ नं. मा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउँको फिराद पत्र लिई सुन्न हुँदैन । लिएको भएपनि खारेज गरीदिनुपर्छ भन्ने व्यवस्था भएको पाइन्छ । वादीले अंश मुद्दाबाट अंश भागमा परी भोग चलन गरी आएको २०३२।८।८ को तायदातीमा उल्लेख भएको प्रतिवादीले वादीको अंश भागमा पारी वादीकै भोग चलनमा रहेको जग्गा आफ्ना नाउँमा दर्ता भएको भनी स्वीकार गरेको जग्गाहरु प्रतिवादी विश्वम्भरनाथका नाउँमा सर्भे नापीमा वादीको अंश भागको जग्गा समेत दर्ता गराएकोले सो दर्ता फोडी आफ्ना नाउँमा दर्ता नामसारी गरी पाउँ भन्ने दावी प्रस्तुत मुद्दामा रहेको देखिन आएबाट उही झगडियाका नाउँमा सोही मुद्दामा उही विषयमा फिराद परेको भन्न मिल्ने देखिएन । अ.वं.८५ नं. को उद्देश्य उही विषयमा उही झगडियाका नाउँमा पुनः फिराद दिन नपाइने भन्ने हो । § पहिले नै कायम भएको अंशियार मध्ये आफ्नो भागको जग्गाको भोग स्वयं गरेको सम्पत्ति आफ्नो नाममा नामसारी गराउने प्रयोजन मात्र प्रस्तुत मुद्दाको विषयवस्तु देखिन आउँछ । यसरी तह-तह हुँदै माथिल्लो अदालतबाट अंश मुद्दा फैसला भई अन्तिम फैसला पछि व्यवहारबाट छुट्टाछुट्टै भोग गरी आएको जग्गा नामसारी गराई माग्न आएको हुँदा अंशवण्डाको ३५ नं. प्रतिकूल फिराद दावी रहेको भन्ने अर्थ गर्न पनि न्यायको रोहमा उपयुक्त देखिंदैन । (प्र.नं. १९ देखि २१) § २०५१ सालको उल्लेखित नजिरको मुद्दाको तथ्य प्रस्तुत मुद्दाकै समान प्रकृतिको रहे भएको पाइएपनि उक्त मुद्दामा कानूनी प्रश्नको निराकरण भएको नदेखिएपनि अघि परेको अंश मुद्दाबाट जिती पाएको जग्गाको हकमा नामसारी गर्नको लागि दर्ता वदर तर्फ म्याद भित्र फिराद नपरेको भनी अंश मुद्दाले जिती पाएको सम्पत्ति नामसारी गर्न नपाउने भन्न नमिल्ने भन्ने निर्णय भएबाट सो मुद्दाको आधारबाट यस मुद्दाको फिराद लाग्न नसक्ने अवस्था देखिंदैन । § फिराद दावीमा उल्लेख भएक