निर्णय नं. ११८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०७/२४ २१०३ निर्णय नं. ११८ १ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् ०३२ सालको रिट नं. १३०० आदेश भएको मिति : २०३३।७।२४।३ मा निवेदक : सि. जिल्ला फुलकाही गा.पं. वडा नं. ४ बस्ने रामशरण साहु हलुवाई समेत विरुद्ध विपक्षी : का.मु. शाखा अधिकृत भू.प्र.का सिराहा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जिमिदार तालुकमा आई बन्दोवस्त भएअनुसार ०२६ सालमा दाखिल खारेज भएको छ, बदर गराउनेतर्फ दा.खा.बमोजिम निवेदकलाई, बुझी ज.ध.प्र.पूर्जा दिएको यसबाट शाखा अधिकृतले हक वेहकको निर्णय गरेको नभई भइरहेको दा.खा.बमोजिम ज.ध.प्र.पूर्जा दिएको देखिने । (प्र.नं. ९) विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा आदेश न्या. धनेन्द्रबहादुर सिंह : का.मु.शाखा अधिकृतको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको रहेछ । २. तथ्य यसप्रकार छ : का.मु.शाखा अधिकृतको निर्णयमा साविक मौजे जि. सि.प्रं.मौजे जयपुरको कि.नं. ३०१ को ०–१४–० ह्दय साहू हलुवाइका नाउँको र कि.नं. ३२० को ०–३–० रामशरण साहू हलुवाईको नाउँको उक्त जग्गा ०२५ सालको उक्त मालपोत बाँकीमा लिलाममा चढाई कसैले सकार नगरेकोले जमिनदारले जमिनदारी तालुक हुन आएको उक्त जग्गा मलाई मिति ०२६।३।१ मा उक्त जग्गा मलाई बन्दोबस्तमा दिई नम्बरी भएको । उक्त जग्गा सर्वे नापीमा निजै विपक्षीहरुको नाउँमा नापी भएको गा.पं.फुलकाहा कट्टि वडा नं. ७ (क) कि.नं. २० को २–१०–१६ मध्ये पश्चिमतर्फबाट ०–१४–० जग्गा ह्दय साहू हलुवाईको नाउँमा कायम भएको । उक्त जग्गा कित्ता काट गरी ज.ध.प्र.पूर्जा पाउँ भन्ने गा.पं.फुलकाहा कट्टि ७ नं. बस्ने योगेन्द्र सिंह राजपुतको सनाखत सहितको निवेदन जि. पं.का.मालबाट डाक सकार गरेको नक्कल जिमिन्दारीको बन्दोबस्त गरेको २ नं. रसिदको नक्कल तथा मालपोत धरौट राखेको रसिदको नक्कलसमेत पेश भएको देखिन्छ । उल्लेख सर्वे कि.नं. को फिल्डबुक उतार हेर्दा विपक्षीहरुको नाउँमा नापी भई श्रेस्तासमेत प्रमाणित कायम देखिन्छ । यसमा विपक्षी ह्दय साहू १ र रामशरण साहुका नाउँमा ०३०।९।२ मा आफै समन बुझी निजहरुले वारेस पठाई उक्त माथि उल्लेख गरिएको जग्गाहरु ०२५ सालको रैतानी डाक लिलाम उक्त जग्गा नामकार भएकोमा जमिनदारी तालुकदार रहेको र जमिनदार तालुक रहेपछि जमिनदारले योगेन्द्र सिंह राजपुतलाई बिक्री गरिदिएको ठीक साँचो हो र उल्लेख साविक नम्बरको हाल नम्बरको समेत कायम भएको ठीक हो । उल्लेख जग्गा विपक्षीले खरिद गरी लिई जि. पं.को श्रेस्ता दा.खा.गराई साल सालै पोत तिरेको तापनि उक्त जग्गाको पोत मैले हामीले पोत धरौट राखी आएको छु र अपिल गरी कारवाही लिनेतर्फ कारवाही गरेको छैनौं । खाली रिसइवी साधन गर्नाको निमित्त जमिनदारले लिलाम गरेको हो भन्नेसमेत व्यहोराको मिति ०३१।३।१७ मा ह्दय साहुराम साहुको वा. तारेखमा रही बयान कागज गरिदिएको । बयान कागजबाट र कि.नं. ३०१ को ०–१४–० ह्दय साहुको नामबाट लिलाम हुँदा कसैले सकार नगरेकोले जमिनदार वासुदेव तालुक हुन आएको उक्त जग्गा योगेन्द्र सिंह रैती राजपुतको नाउँमा जमिनदारी १ नं. श्रेस्तामा दा.खा.भएको १ नं. फाराम श्रेस्ता पेस भएको सो कारणबाट दा.खा.भएको समेत देखिन्छ । रामशरण हलुवाईको नामबाट कि.का.भई आएको मिति ०३१।१