निर्णय नं. ६९६२ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६२ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ । भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/०८/१६ ३१८४ निर्णय नं. ६९६२ ने.का.प. २०५७ अङ्क १२ विशेष इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५६ सालको रिट नं. ..३२५४ आदेश मितिः २०५७।८।१६।६ विषयः उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला मोरङ, विराटनगर उप महानगरपालिका वार्ड नं. ११ वस्ने अधिवक्ता भवकृष्ण आचार्य विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय समेत § अन्यरुपको व्यवस्था गर्न बनेको व्यवस्थालाई निवेदकले आफ्नो हकहित प्रतिकूल भएको भन्दैमा सो व्यवस्था संविधान र कानूनको प्रतिकूल भएको भनी अनुमान गर्न सकिने व्यवस्था रहँदैन । ऐनको उद्देश्यपूर्ति गर्नको लागि नियम बनेको होइन भन्ने निवेदकको भनाई रहेको पाईदैन । ऐनको अधिकार प्रयोग गरी नियम बनेको र नियमको व्यवस्था अनुरुप राजपत्रमा सूचना प्रकाशित भएको देखिँदा त्यस्तो व्यवस्था संविधान प्रतिकूल रहेको भन्ने अवस्था देखिन आएन । वन ऐनको दफा ७०क ले पनि तोकिएको वन पैदावरको संकलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा सूचना प्रकाशित गरी प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरेको पाइन्छ । यसबाट निवेदकले उल्लेख गरझैं सूचनामा उल्लेख भएको वन पैदावारको प्रयोग र निकासीमा प्रतिबन्ध लगाउने गरी व्यवस्था वदर हुनुपर्ने भन्ने भनाईसँग सहमत हुन सकिएन । सो व्यवस्था वदर गरी परमादेश जारी गरी पाउँ भन्ने माग हुँदा त्यसतर्फ उक्त व्यवस्था वदर नभएकोले विचार गरी रहन नपर्ने । (प्र.नं.११) निवेदक तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री भवकृष्ण आचार्य र श्री हरिहर दाहाल विपक्षी तर्फबाटः विद्बान सहन्यायाधिवक्ता श्री लिलाबहादुर बस्नेत अवलम्बित नजिरः आदेश न्या.दिलीप कुमार पौडेलः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(१) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । 2. म निवेदक एक नेपाली नागरिक हुँ । मेरो नाममा जग्गा धनी दर्ता श्रेस्ता भएको जिल्ला मोरङ्ग, कटहरी गा.वि.स. वडा नं. १(क) कि.नं. १४८२ को ज.वि. ०-१-५ म रहेको निजी वनको ७।८ थान साखु गाछी एवं ३ थान खयरगाछी वन ऐन, २०४९ को दफा ३८ तथा नियमावली, २०५१ को नियम ६२(१)(४) अन्तर्गत आफ्नै घर समेत बनाउन उपभोग गर्नको लागि कुनै संवैधानिक एवं कानूनी अड्चन नरहेको स्पष्ट छ । यस्तो अवस्थामा मैले आफूमा रहेको संवैधानिक एवं कानूनी हकको उपभोगको लागि के कस्तो कानूनी प्रकृया अपनाउनु पर्ला भनी संवन्धित वन कार्यालय मोरङमा गै सम्पर्क गर्दा जि.व.का. ले श्री ५ को सरकारले २०५१।१२।२० गते राजपत्रमा एक सूचना प्रकाशित गरी रुख जाति मध्ये चाप, खयर र सालको ओसारपसार विदेश निकासी र कटानमा प्रतिबन्ध लगाएको तथा वन विभागको सोही निर्देशन समेत भएको हुँदा कटान र उपभोग गर्न दिन नमिल्ने, गरेमा कानूनी कारबाही हुने जानकारी दिएको हुँदा सम्बन्धित वन विभागमा सम्पर्क गर्दा सोही व्यहोरा जानकारी गराएको हुँदा मिति २०५१।१२।२० को राजपत्रमा प्रकाशित सूचनामा ध्यान आकृष्ट भएको छ । श्री ५ को सरकारले नेपाल राजपत्र भाग ३, मिति २०५१।१२।२०, खण्ड ४४, अतिरिक्तांक ५४, पृष्ठ ६४ को सूचना नं. ३ मा प्रकाशित विविध वन पैदावारको संकलन उपभोग बिक्री वितरण ओसार पसार विदेशी निकासी र कटान समेतमा लगाएको प्रतिबन्ध भनेको र