निर्णय नं. ११८२ - प्रतिषेधको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११८२ - प्रतिषेधको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०७/०९ २२५६ निर्णय नं. ११८२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर १२५७ आदेश भएको मिति : २०३५।७।९।५ मा निवेदक : श्री ५ को सरकार उ.वि.का मेनेजिङ्ग डाइरेक्र केशवकुमार शर्मासमेत विरुद्ध विपक्षी : कर कार्यालय लुम्बिनी अञ्चल, भैरहवा विषय : प्रतिषेधको आदेश जारी गरिपाउँ (१) औद्योगिक व्यवसाय ऐन, २०१८ को साविक दफा ९ (क) (२०२५ सालमा संशोधन हुनुअघिको) बमोजिम वर्ष ५ को करमा पक्राउ गर्ने गरेको निर्णय र लिलाम बिक्री गर्ने गरेको कारवाही अनधिकृतको देखिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुमश्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लिखित मुद्दा : निवेदक कोशी मेटल क्राफ्ट कम्पनी प्राइभेट लिमिटेड विराटनगर तर्फबाट सो कम्पनीका कार्यवाहक सञ्चालक (मेनेजिङ्ग डाइरेक्टर) वद्रिप्रसाद रिजालसमेत विरुद्ध श्री ५ को सरकार अर्थमन्त्रालय करविभाग समेतको फु.नं. २५ निर्णय मिति २०३४।८।२४।६ आदेश न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रतिषेधको आदेश जारी गरिपाउँ भनी रिट निवेदन मिति ०३५।२।२।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : पृथ्वी मेटल इण्डष्ट्रिज प्रा.लि.विक्रम सम्वत् २०२४ सालमा श्री ५ को सरकार उद्योग विभागमा दर्ता भई ०२५ साल कार्तिक ३ (तीन) गतेदेखि उत्पादन प्रारम्भ गरी आएको कम्पनी ऐन, ०२१ अन्तर्गतको प्राइभेट लिमिटेड कम्पनी हो । यो कम्पनी औद्योगिक व्यवसाय ऐन, ०१८ को दफा २ को खण्ड (क) का परिभाषाभित्र पर्दछ । यही ऐनको दफा ९ ले कर र महसूलसम्बन्धी सुविधा शीर्षकमा प्रष्ट शब्दमा प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तपानि भन्दै दफा ९ को (१) मा यो ऐन लागू भएपछि खोलिने उद्योगहरुमा प्रचलित नेपाल कानूनबमोजिम लाग्ने आयकर त्यस्तो उद्योगको काम चालू भएको मितिले १० (दश) वर्षसम्म लाग्ने छैन र त्यसपछि सो अवधिको निमित्त पनि यो ऐन र यस ऐनअन्तर्गतको नियमानुसार अवस्था हेरी उद्योग समितिको सिफारिसमा श्री ५ को सरकारले मनासिव ठहर्‍याएबमोजिम अवधि तोकी वा नतोकी पूरा वा आंशिक रुपमा आयकर मिन्हा पाउन सक्ने कानूनी व्यवस्था छ । निर्विवाद रुपमा यस कम्पनीले काम चालू भएको मिति ०२५।७।३ देखि १० वर्षसम्मकोलागि ऐनले नै आयकर नलाग्ने कानूनी सुविधा सम्बन्धी हक तथा अधिकार प्राप्त गरेको स्पष्ट छ । ३. यस्तोमा नेपाल आयकर ऐन, ०२९ को व्यवस्था अध्ययन गरिएमा दफा (२) को (घ) मा करदाता भन्नाले आयकर तिर्न पर्ने कर्तव्य भएको सबैलाई जनाउँछ भनी परिभाषा गरिएको छ । माथि दफा (१) मा उल्लेख गरिएबमोजिम औद्योगिक व्यवसाय ऐन, ०१८ को दफा ९ ले काम प्रारम्भ गरेको मिति ०२५।७।३ को दिनदेखि उत्पादन पनि प्रारम्भ भएको यो प्रा.लि.दश वर्षसम्म आयकर तिर्न वा तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति ऐनकै व्यवस्थाले नहुँदा आयकर ऐन, २०१९ अन्तर्गतको करदाता नभएको प्रष्ट छ । ४. माथि प्रकरण (१) र (२) को कानूनी व्यवस्थाबाट पृथ्वी मेटल इण्डष्ट्रिज प्रा.लि.उद्योग माथि आयकर लाग्नु नपर्नेमा विपक्षी कर कार्यालय भैरहवाले यस प्रा.लि.को आ.व.२०२४ देखि ०२८ तक वर्ष ५ को कुल जम्मा रु.२,११,०६९।२५ कर लाग्ने अनाधिकार आयकर निर्धारण आदेशहरु मिति ०२९।१।१५ मा जारी गर्नुभएको छ र सोही आदेशहरु बमोजिमका कर