निर्णय नं. ६९६३ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६३ - उत्प्रेषण मिश्रित परमादेश भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/११/३० २६७८ निर्णय नं. ६९६३ ने.का.प. २०५७ अङ्क १२ संयुक्त इजलास सम्मानीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत् २०५७ सालको रिट नं. ..४३३० फैसला मितिः २०५७।११।३०।३ विषयः उत्प्रेषण मिश्रित परमादेश । निवेदकः जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं. ८ वस्ने प्रेमलक्ष्मी शर्मा पोखरेल विरुद्ध विपक्षीः पुनरावेदन अदालत नेपालगंज समेत § मुलुकी ऐन, दण्ड सजायको ६१ नं. ले फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीले गरेको काम कारबाहीमा चित्त नबुझे सरोकारवाला व्यक्तिले सोही अड्डाका हाकिम छेउ पन्ध्र दिन भित्र उजूर गर्न सक्नेछ । निजले गरेको निर्णयमा चित्त नबुझे अदालती बन्दोबस्तको महलको १७ नं. बमोजिम पुनरावेदन सुन्ने अड्डामा निवेदन दिन सक्नेछ भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । प्रस्तुत विवादमा बर्दिया जिल्ला अदालतका तहसिलदारले मिति २०५६।९।२२ मा फैसला कार्यान्वयनको आदेश गरेकोमा सो आदेशको जानकारी विपक्षी प्रतिवादी रवि शंकरले मिति २०५६।१०।९।१ मा आफैले म्याद बुझी लिई पाएको मिसिल संलग्न कागजातबाट देखिएको अवस्थामा निजले जिल्ला न्यायाधिश समक्ष उजूर गर्दा मिति २०५६।१२।१८ मा मात्र तहसिलदारको आदेशको प्रतिलिपी लिई जानकारी पाएको भनी उल्लेख गरेतापनि निजको तहसिलदारको आदेशको जानकारी मिति २०५६।१०।९।१ मा नै पाएको मान्नु पर्ने देखियो । यसरी जानकारी पाएको मितिले दण्ड सजायको ६१ नं. बमोजिम १५ दिन भित्र जिल्ला न्यायाधिश समक्ष उजूरी नगरी मिति २०५६।१२।२१ मा मात्र विपक्षी रवि शंकरले तहसिलदारको आदेश उपर उजुर गरी सोही निवेदनको आधारमा जिल्ला न्यायाधीशले मिति २०५७।१।२ मा गरेको आदेश र सो आदेशलाई संशोधन गर्ने गरेको पुनरावेदन अदालत नेपालगंजको मिति २०५७।२।१३ को आदेश कानून अनुरुप नदेखिने । (प्र.नं.७) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री योगेन्द्रबहादुर अधिकारी विपक्षी तर्फबाटः अवलम्बित नजिरः आदेश प्र.न्या.केशव प्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः 2. म निवेदक विपक्षी रवि शंकर शर्मासँग २०३६ सालमा विवाह भै छोरा हिमान्सुको जन्म भएकोमा २०५० साल फागुनमा श्रीमान विपक्षी रविशंकरले प्रमिला शर्मासँग दोश्रो विवाह गरेको छ । म निवेदकले रविशंकरसँग बर्दिया जिल्ला दालतमा माना चामल मुद्दा दिएकोमा रविशंकरबाट रु.३०००।– फिराद परेको मितिदेखि अंश नपाएसम्म माना चामल भराई पाउने फैसला मिति २०५५।८।६ मा भएको र सो फैसलालाई पुनरावेदन अदालत नेपालगंजले मिति २०५६।८।१२ मा सदर गरेको छ । सो फैसला कार्यान्वयको लागि चलन चलाई पाउन बर्दिया जिल्ला अदालतमा दरखास्त दिएकोमा उक्त अदालतको तहसिलदारबाट विपक्षी रविशंकरको तलबबाट रु.३०००।– मासिक कट्टा गरी दिने भनी मिति २०५६।९।२२ मा आदेश र म्याद जारी गरेकोमा विपक्षी रविशंकरले मिति २०५६।११।९ मा उक्त म्याद बुझी लिएको र तत् पश्चात निजबाट राष्ट्रिय वाणिज्य बैंक गुलरिया शाखाको हि.नं. १४३६९।७१ मा मिति २०५६।९।१५ मा रु.५००।-, मिति २०५६।११।१६ मा रु.३०००।-, मिति २०५६।११।२४ मा रु.२८००।– जम्मा हुंदै आएको थियो । यसरी फैसला बमोजिम माना चामल भराई आइरहेको अवस्थामा विपक्षी पतिबाट तहसिलदारको आदेश वदर गरी पाउँ भनी वर्दिया जिल्ला अदालतमा उजूरी परेकोमा मिति २०५७।१।२ मा वादीलाई