निर्णय नं. ६९६४ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६४ - उत्प्रेषण समेत भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/११/०२ ३८३७ निर्णय नं. ६९६४ ने.का.प. २०५७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५७ सालको रिट नं. ....३२६६ आदेश मितिः २०५७।११।२।३ विषयः उत्प्रेषण समेत । निवेदकः पर्वत जिल्ला, शंकर पोखरी गा.वि.स. वडा नं. ४ वस्ने टिकाराम तिवारी समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार, जिल्ला वन कार्यालय प्यूठान समेत § प्रस्तुत रिट निवेदन भन्दा पूर्व समान विषयमा २०५६ सालको रि.नं. ३५७८ निवेदक विष्णुबहादुर सिलवाल विरुद्ध वन तथा भू-संरक्षण मन्त्रालय र वन विभाग समेत रहेको रिट निवेदनमा यस अदालत संयुक्त इजलासबाट निजी वन पैदावारको सम्बन्धमा सरकारी वन सरह नियन्त्रण गरिएमा निजि हकको अतिक्रमण हुने कुरा उल्लेख गर्दै वातावरणीय र जैविक विविधताको सम्बन्धमा प्रश्न उठाएको भएतापनि सम्बन्धित मन्त्रालयबाट एउटा स्पष्ट नीति अपनाउने र जैविक विविधता र वातावरणको संरक्षणको दृष्टिले वन पैदावरको संकलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरणमा प्रतिबन्ध लगाउने कामका लागि वन ऐनको दफा ७०(क) बमोजिम सूचना प्रकाशित गरिएको समेत नदेखिएकोमा कानून विपरीत प्रतिबन्ध लगाएको कारणले उत्प्रेषणयुक्त परमादेश मिति २०५७।३।३० मा जारी भएको देखिन आउँछ । यस अदालतबाट एक पटक यस प्रकारको आदेश जारी भईसकेपछि सो आदेशको पालना गर्नुपर्ने सम्बन्धित श्री ५ को सरकारको मन्त्रालय विभाग कार्यालय र सम्बन्धित निकायहरुको कर्तव्य भएकोमा तद्अनुकूल काम कारबाहीलाई व्यवस्थित नगरी त्यसपछि पनि पुरानै किसिमले कानूनको अधिकारविहीन काम कारबाही भई रहनुबाट सम्बन्धित अधिकारीहरु यस अदालतबाट जारी हुने आदेश प्रति गंभिर प्रतित हुने । (प्र.नं.११) निवेदक तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्बान अधिवक्ता श्री मातृका निरौला प्रत्यर्थी तर्फबाटः विद्बान सरकारी उप न्यायाधिवक्ता श्रीधर सापकोटा अवलम्बित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छः 2. प्युठान वाङ्गेसाल गा.वि.स. वडा नं.१ झिलिवाङको पूर्व आवादी जग्गा र पर्ति जग्गा पश्चिम आवादी र पर्ति जग्गा उत्तर आवादी जग्गा र सामुदायिक वन दक्षिण आवादी जग्गा खोल्सी र राप्ती नदी यति ४ किल्ला भित्रको कि.नं. २९३, २९४, ३०४, ३०७ को जग्गा जम्मा क्षेत्रफल ७५-५-०-३ रोपनी जग्गा हामी निवेदक २ जनाको दर्ता हक भोगको जग्गामा वन लगाई हुर्काई निजी वनका रुपमा निर्वाध भोग चलन गर्दै आएको र निवेदन दिई दर्ता गराउन सक्ने कानूनी व्यवस्था बमोजिम २०३५।९।२९ मा निवेदन दिई कारबही चलाएपछि हामीलाई निजी वन दर्ताको प्रमाण पत्र दिई रुख कटान ओसार पसारको स्वीकृति दिनुपर्नेमा तह तहको टिप्पणी पेश गर्दै फाइल प्रत्यर्थी विभाग समक्ष कार्यबाही छिटो टुंग्याई पाउन निवेदन गर्दा माग बमोजिम प्रमाणपत्र नदिई साल चाँप खयर जातीका निजी वनका रुखहरु कटान, ओसार पसार, विदेश निकास गर्न नपाउने भनी २०५५।३।२३ को पत्रद्बारा जानकारी गराइयो । सो पत्रले हाम्रो हक हनन् भएको भनी सम्मानित अदात समक्ष रिट गर्दा टुंगो नलागी सकेको र हक हनन् नभएको भनी रिट खारेज भयो । प्यूठान वन कार्यालयमा विचाराधीन रहेको फाइल निर्णय गरी पाउन र निजी वनका पूराना र हुर्केका सबै रुख कटान गरी नयाँ वृक्षारोपण गर्न प्राविधिक खटाई पाउन निवेदन म