निर्णय नं. ११८३ - प्रतिषेधलगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ (
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११८३ - प्रतिषेधलगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ ( भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०७/२७ २४२३ निर्णय नं. ११८३ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेश शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२५ सालको रिट नम्वर ६०० आदेश भएको मिति : ०३५।७।२७।२ मा निवेदक : भ.पु.जि. न.पं. वडा नं. ७ गोलमढी टोल बस्ने न्हुछेबहादुर लागे विरुद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथसमेत विषय : प्रतिषेधलगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ (१) हकसमाप्त हुने दर्तावाला मोहीको निवेदनबाट गरेको कारवाही गैरकानूनी हुने । (प्रकरण नं. १२) आदेश न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ बमोजिम प्रतिषेधको आदेश जारी गरी विपक्षी नं. १ र गुठी संस्थान केन्द्रीय कार्यालयले विपक्षी नं. २ भ.पु.त.तथा खर्च कार्यालयलाई लेखेको उक्त ०३५।२।२२ को पत्र समेतद्वारा अनाधिकार कारवाही गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी त्यस्तो कारवाहीलाई अमान्य गरिपाउँ भनी रिट निवेदन मिति ०३५।४।१७।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : गुठी संस्थान ऐन, २०२९ मिति २०२९ आश्विन ४ गतेको राजपत्र प्रकाशित भई सोही मितिदेखि प्रारम्भ भएको छ । उक्त ऐनको दफा २५ (१) ले उपदफा ३ मा लेखिएबमोजिमको शहरी क्षेत्रबाहेक काठमाडौं उपत्यका र पहाड इलाकामा जोताहाले दर्तावालालाई कूत बुझाई दर्तावाला मोहीले राज गुठीलाई पूरै जिन्सी वा आंशिक जिन्सी गुठीको भाउले नगदीमा बुझाउनुपर्ने गुठी अधिनस्थ जग्गाका हकमा दर्तावालाका सबै हक अधिकार समाप्त गरी त्यस्तो जग्गाको मोहियानी हक जोती खास जोताहा किसानले पाउने किटानी व्यवस्था गरेको छ । त्यस्तो हक समाप्त भएको जग्गाको साविक दर्तावालाले तोकिएको कार्यालयबाट क्षतिपूर्तिसम्म पाउने उपदफा (२) मा उल्लेख भएको छ । विपक्षी नं. ३ का नाममा भ.पु.जङ्गम मठमा दर्ता रहेको गुठी अधिनस्थ जग्गा बाबुका पालामा बाबुले र बाबुका शेषपछि म निवेदकले जोती विपक्षी नं. ३ लाई बाली बुझाउने र आफूले खाने छोया बाली विपक्षीले राखी गुठी भएमा बुझाउनु पर्ने जति बाली विपक्षीले बुझाउने गरी आएको थियो । ०२१ सालको भूमिसुधार अन्तर्गतको सर्भे नापी हुँदा जग्गा भक्तपुर जिल्ला चितपोल गा.पं. वडा नं. १क.बाट नापी हुँदा कि.नं. २४८ मा जग्गा रोपनी ०–२–१ र कि.नं. २४९ मा रोपनी ३–१५–१ समेत जम्मा रोपनी ४–१–२ भई नापी नक्शा हुँदा जग्गाधनी जङ्गम मठ भनी जनिई मैले अस्थायी पूर्जा पाएको थिएँ । उक्त गुठी संस्थान ऐन, २०२९ प्रारम्भ भएपछि उक्त जग्गाको सबै हक अधिकार समाप्त भएकोले गुठीमा बुझाउनुपर्ने तोकिएबमोजिमको बाली म जोताहाबाटै सोझै बुझाई साल सालको रसिद लिई आएको छु । तसर्थ सो जग्गाको मोही म निवेदक र जग्गावाला जङ्गम मठ भएको कुरामा कुनै शङ्का छैन । ३. उक्त गुठी संस्थान ऐन, २०२९ खारेज भई त्यसको बदला गुठी संस्थान ऐन, ०३३ साल ०३३।७।४।४ देखि प्रारम्भ भएको छ । यो ऐनको दफा २६ मा साविक गुठी संस्थान ऐनको दफा २५ को उपदफामा १।२।३ साविकबमोजिम यथावत राखिएको छ । हाल प्रचलित गुठी संस्थान ऐनको दफा २६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार हक समाप्त हुन दर्तावालाले पाउने क्षतिपूर्ति सम्बन्धित गुठी कार्यालयमा दाखिल गर्नु भन्ने विपक्षी नं. १० द्वारा प्रकाशित गरिएको सूचना ०३४।८।१२ को गो.प.मा प्रकाशित भएकोले विपक्षी नं. ३ ले पाउने क्षतिपूर्तिको रकम जम्मा रु.१५६२।५० विपक्षी नं. २ को हिसाब न