निर्णय नं. ११८४ - अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११८४ - अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०७/२४ २२१६ निर्णय नं. ११८४ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको दे.पु.नं. १६२ फैसला भएको मिति : ०३५।७।२४।६ मा निवेदक : जङ्गवीर खत्री क्षेत्री मरी मुद्दा सकार गर्ने स्याङ्जा जिल्ला सतौदरी गा.पं. वडा ६ बस्ने दिलबहादुर खत्री क्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ. हात्तीगण्डा बस्ने लिलावती भन्ने लिला क्षेत्रिनी मुद्दा : अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने (१) प्रतिवादीको नजिक हकवाला मिसिलबाट देखिन आउँदा आउँदै वेरीतको तामेली नोटीस म्यादबाट हाजिर हुन आएकालाई मुद्दा सकार गराई निर्णय गरेको गैरकानूनी देखिन आउने । कानूनबमोजिम वादी प्रतिवादीका पेटवोलीबाट देखिएका अंशियारसमेत जो बुझ्नुपर्ने बुझी पारिरहेको जालसाजी मुद्दा किनारा हुन बाँकी भए सो मुद्दासमेत एक साथ–निर्णय गर्नुपर्ने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कमलनारायण दास फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चका आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्नप्रकार छ: २. मेरो विवाहिता पतिसमेत परलोक भएकाले गत ०१७ साल मार्ग महिनामा तेस्रो पारी विपक्षीलाई करणी गर्न दिई लोग्ने स्वास्नी भई बसेको विपक्षी पति हुनुहुन्छ । सो करणी वीर्यबाट ०१८ साल भाद्रमा जन्मेको छोरा खडा छ । विपक्षीको ल्याइता अर्की श्रीमतीपट्टि लागी मलाई खान लाउन नदिई ०२९।८।१० गते घरबाट निकालासमेत गरे । अंशवण्डाको १० लोग्ने स्वास्नीका ४ नं. अनुसार खान लगाउन र अंशसमेत नदिएकाले विपक्षीबाट अंशवण्डाका २०।२३ नं. बमोजिम फाँटवारी लिई विपक्षी र निजको अर्की श्रीमती मेरा सौता र निजपट्टिका छोरा २ मेरो छोरो १ समेत ६ अंशियार भएकाले ६ भागको १ भाग अंश दिलाइपाउँ भन्नेसमेत फिराद । ३. विपक्षीलाई पाल्लातर्फ विवाह गरिदिएको विधवा भई लक्ष्मीपतिसँग पोइल आई छोरा छोरी पाई निज लक्ष्मीपति मरी विधवा भई ०११ साल कार्तिक महिनामा भगिरथ देवकोटा जैशीसँग करणीमा विग्री गर्भ रही जात सौंपुवा भइसकेपछि ०११।४।१५ छोरा जन्मेकोमा न्वारान गराइपाउँ भनी विपक्षीले फिराद गरेकोमा, लिलावती सदाखरसँग करणीमा विग्रेकोले निजले न्वारान गर्नुपर्ने भन्नेसमेत भगिरथको प्रतिवादी परेको सदाखरले बयान गर्दा मेरो करणी होइन भनी बयान भएकोमा सदाखरको करणी गर्भ ठहरी निजले न्वारान गरिदिनुपर्ने ठहराई ०१५।१।६ मा यस अड्डाबाट फैसला भएको छ । त्यसपछि जायजन्म नभई सो न्वारान गर्नुपर्ने ठहराएको छोरा सेते भन्ने हालसम्म जीवित रहेको उमेर १८ वर्षमा प्रवेश गरेको छ । सोभन्दा अघि लक्ष्मीपतिबाट जन्मेको छोरा पद्मपाणि जैसी हाल वर्ष २७ को भई विदेश गइरहेको छ । सोबाहेक विपक्षीको अरू छोरा छोरीहरु जीवित छैन । वादीको लेखअनुसार ०१८ सालमा जन्मेको छोरा खडै छ भने ११ वर्ष पुगी १२ वर्षमा प्रवेश गरेको हुनुपर्छ । सदाखरबाट न्वारान गर्नुपर्ने ठहरेको छोरासमेतलाई उमेर घटाई मेरो छोरा गराउने कुप्रयास गरेको हो । उमेर जाँच होस । विपक्षी