निर्णय नं. ६९६५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६५ - उत्प्रेषण भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/११/२३ २९७६ निर्णय नं. ६९६५ ने.का.प. २०५७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत् २०५४ सालको रिट नं. ..२६९६ आदेश मितिः २०५७।११।२३।३ विषयः उत्प्रेषण । रिट निवेदकः जिल्ला खोटाङ, वडका दियाले ५ घर भै हाल काठमाडौं मैतिदेवी वस्ने वर्ष ३५ को मणिराम ओझा विरुद्ध प्रत्यर्थीः श्री लोक सेवा आयोग समेत § निवेदक ०४७।६।१ मा नियुक्त भई निजामति सेवाको अवधि ०५३ सालमा ७ वर्ष नपुगेको हुँदा निजामति सेवा नियमावली, २०५० को नियम १५(२) को प्रयोजनका लागि चाहिने ७ वर्षको अनुभव पुर्याउन श्रेष्ठ कन्स्क्सन कम्पनी प्रा.लि. मा काम गरेको अवधिको अनुभव देखाई आधार लिएको देखियो । उक्त नियम १५(२) अध्ययन गर्दा सेवासँग सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कुनै संस्था वा निकायको अधिकृत स्तरमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने भन्ने योग्यता निर्धारण भएको देखिन्छ । निवेदकलाई पहिले गरेका सिफारिसका सम्बन्धमा परेको उजूरीमा निवेदकको कानूनले निर्धारित अनुभव नरहेको भन्ने सरकारी वकीलसँग रहेको सम्बन्धित फाइलबाट देखिन्छ । कानूनमा उल्लेखित अनुभवको प्रयोजनका लागि विज्ञापनमा समेत श्री ५ को सरकारद्बारा नियम अनुसार दर्ता गरिएको संस्था वा निकाय भन्ने उल्लेख भएको देखियो । संस्था वा निकायमा अधिकृत स्तरमा काम गरेको अनुभव भन्नासाथ त्यस्तो संस्था वा निकाय कानून बमोजिम खडा भई कानूनको अख्तियार प्राप्त गरी संस्था वा निकायको नियम विनियम समेतले कर्मचारीहरुमा अधिकृतस्तरको समेत व्यवस्था गरी सो पदमा नियुक्त भई काम गरेको अनुभवलाई नै मान्नु पर्ने हुन्छ । निवेदक त्यस किसिमको अधिकृत स्तरमा नियुक्त भई काम गरेको अनुभव भएको भन्न सकिने अवस्था देखिएन । श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीको "जो जससँग सम्बन्धित छ" भन्ने २०५८।९।२४ को प्रमाणलाई उल्लेखित आवश्यकताको पूर्ति भएको भनी ग्रहण गर्न सकिने कानूनी आधार समेत देखिएन । तसर्थ कानूनले आवश्यक ठानेको दरखास्त साथ चाहिने विवरण ठीक रहेको भन्न मिलेन । निज निवेदकलाई विज्ञापित पदमा नियुक्ति दिने सिफारिस पुनरावलोकन गरी रद्द गरेको लोक सेवा आयोगको निर्णय कानून विपरीत भन्न नमिल्ने । (प्र.नं.१८) रिट निवेदक तर्फबाटः विद्बान अधिवक्तात्रय श्री यज्ञमुर्ति बन्जाडे, श्री रामकुमार श्रेष्ठ र श्री रामकृष्ण निराला प्रत्यर्थी तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी, विद्बान अधिवक्ताद्बय श्री बालकृष्ण नेउपाने र श्री कृष्ण सापकोटा आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छः 2. लोक सेवा आयोगको मिति २०५३।९।५ को गोरखापत्रमा प्रकाशित सूचना नं. १६२।०५३।५४ अनुसार नेपाल न्याय सेवा, सरकारी वकील समूह अन्तर्गत राजपत्रांकित प्रथम श्रेणी सह-सचिव स्तरको पद एक खुल्ला प्रतियोगितात्मक परीक्षाद्बारा पद पूर्ति गर्नका लागि दरखास्त आव्हान भएकोमा सोही सूचनामा तोकिएको आवश्यक न्यूनतम योग्यता लगायतका अन्य शर्तहरु समेत पूरा गरी दरखास्त फाराम स्वीकृत गराई आयोगद्बारा निर्धारित गरिएको मिति, समय र प्रकृया बमोजिम लिखित परीक्षामा सामेल भएको थिएँ । मिति २०५४।३।१३ मा लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा वर्णानुक्रमानुसार विपक्षीहरु चिरन्जिवि खनाल, युवरा