निर्णय नं. ११८५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११८५ - ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०७/१९ २५५६ निर्णय नं. ११८५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बरराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको फौ.फु.नं. १५८ फैसला भएको मिति : २०३५।७।१९ मा निवेदक : भारत जिल्ला दवरिया ठाना रुदल घर भई हाल बर्दिया कारागारमा बन्दी अब्दुर जवार मुसलमान विरुद्ध विपक्षी : हे.कं. लालबहादुर समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) मर्ने र अभियुक्तको बीचमा कुनै रिस झगडा नभएको, चुच्चो भएको फलामेडण्डी चलाई ज्यान मारेको छ भने ज्यानसम्बन्धीको १४ नं. प्रयोग हुन नसक्ने । (प्रकरण नं. १६) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय फैसला न्या. हेरम्बराज : ०२९।११।२६ का दिन राती ८।९ बजेतिर गस्ती गर्दै जाँदा वसन्ता भट्टको अगाडि सडकमा मुस्तफा मनिहारलाई भट्टीको चेकियर मुमताज मुसलमान १ सोही भट्टीको अब्दुल जव्वाल र मुसलमानसमेत २ ले फलामको नोकडा र दुराडीले पेटमा रोपी कर्तव्य गरी निज मुस्तफालाई मारेको, मार्नेमध्ये मुमताजी भागी गएको फेला नपरेको अब्दुर जब्वाल र फलामको डण्डी दाखिल गरेका छौं, कानूनबमोजिम सजाय होस भन्ने हे.कं.लालबहादुरसमेतको २०२९।११।२८ को प्रतिवेदन । २. भट्टीको ढोका अगाडि आँगन खाटमा कपडा उठाई हेर्दा मुस्तफा मनिहार भन्ने मोहम्मद मुस्तफाको लास उत्तानो पल्टिएको छाति मुनि अलि दाहिनेपट्टि पेटमा अं.पौने तीन इञ्च लामो १।२ इञ्च चौडाइको तीन अण्डाकार घाउचोट भई त्यसको चारैतिर गोलाकार आगोले पोलेको जस्तो छ । फोका उठेको विडण्ग खुम्चिएको, त्यसबाट वीर्य निस्केको दुवै अण्डकोश सुन्निएको भन्नेसमेत व्यहोराको ०२९।११।२८।१ को लास जाँच मुचुल्का । ३. ०२९ साल फागुन २६ गते अं.४ बजे राजापुर बस्ने मुस्तफा भन्ने व्यापारी हाम्रा वसन्ताको भट्टी बगलको चिया बेञ्चे मुजवाको पसलमा बसिएको म र मुसताज मुसलमानसँग कुरा गरिररहेको देखे सुनेको थिएँ । म रक्सी बेचिरहेको थिएँ । मुस्तफाले रु.१। को रक्सी मगाएकोले दिई पठाएको थिएँ । निजहरुले रक्सी खाई हिसाब चेक गरी वंसलातर्फ गए । मुस्तफा कता गए देखिनँ । मैले भट्टी जलाइरहेको अवस्था वंसला भट्टीको उत्तरतर्फबाट मुमताजले भट्टीकै उमाशङ्करलाई २।३ पल्ट बोलाएको सुनेँ । बाहिर आई हेर्दा डाँका पर्‍यो भनेकाले आगो ठोस्न छाडी खोई बदमास भन्दा मुमताज भन्ने मुस्तफालाई मार सालेलाई भनेकोले मर्ने मुस्तफाको पेटमा उक्त फलामको छड रोपिदिएको हुँ । त्यत्तिकैमा पछाडिबाट भट्टीका चेकीयर मुमताज मुसलमान समेतले र उमाशङ्करले पनि मुस्तफाको कमिज च्याती मुखमा हिर्काएका थिए भन्ने अब्दुर जब्बार मुसलमानको प्रहरीमा भएको कागज । ४. ०२९।११।२६ का दिन चेकियर मुसलमान आउँदैछ भन्ने थाहा पाई रक्सी तयार गर्दै थिएँ । अं.४ बजे दिउँसो मुमताज आई रक्सी चेक गरे । मजुवाको दोकानमा मुमताज र मुस्तफा हाँसी मजाक गरेको सुनेको थिएँ । सोही रात ८।९ बजेतिर उमाशङ्करले डाँका गर्‍यो दौड भनेको सुनी अब्दुल जवारलाई सोद्धा हिँडिसकेको रहेछ । बाहिर आउँदा वादीको डेरामा झगडा गरेको देखी गई हेर्दा मुस्तफाको लास वादीहरुको डेरा नजिक लडिरहेको देखी सोधपुछ गर्दा मुमताजको अडर मानी अब्दुल जब्बारले मारेको हो भनी वादी र थारुले भनेपछि म भट्टीमा फर्की आएँ । सो लासलाई वादीहरुले भट्टीको आँगनमा राखेको, किन राखेको भन्दा मुमताज र जब्बारले ल्याएको भनेका थिए । मैले मुस्त