निर्णय नं. ६९६६ - हाडनाता करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६६ - हाडनाता करणी भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/१२/२४ ४२४९ निर्णय नं. ६९६६ ने.का.प. २०५७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५४ सालको फौ.पु.नं. ... १६४१ फैसला मितिः २०५७।१२।२४।६ मुद्दाः – हाडनाता करणी । पुनरावेदक/वादीः जिल्ला स्याङजा दारसिं दहथुम गा.वि.स. वडा नं. ६ ठुलोगाउँ बस्ने सफाइ तुल मिया विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने अब्दुल करिम मिया समेत § वादीले चार पुस्ता भित्रको नातामा जानी-जानी हाडनातामा करणी गरेकोले सजाय गरी पाउँ भन्ने जुन दावी लिएको छ त्यसलाई प्रतिवादीले अस्वीकार गरी हाडनातामा करणी नगरेको भनी प्रतिउत्तर फिराएको देखिन्छ । वादी प्रतिवादीको बीचमा हाडनातामा करणी भएको हो भनी वादीले आफ्नो फिराद पत्रमा लेखेको बाहेक चार पुस्ता भित्रको भनी लेखी दिएको पाइएपनि तथ्ययुक्त सबूदबाट पुष्टि नभएको मुलुकी ऐन हाडनातामा करणी गर्नेको महलको १०क नं. को कानूनी व्यवस्था हेर्दा यस महलमा अन्य नम्बरहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो जात वा कुलमा चलि आएको चलन अनुसार विवाह वा करणी गर्न हुने नाता सम्बन्धमा विवाह वा करणी भएकोमा यो ऐन बमोजिम सजाय हुने छैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । आफ्नो जात वा कुलमा चलि आएको चलन नभएको भनी जिकिर लिई हाडनातामा करणी गरेको कुरा तथ्ययुक्त अन्य सबूद प्रमाणबाट वादीले पुष्टी गराउन सकेको नदेखिएको अवस्थामा केवल फिराद दावीको मात्र आधारले हाडनातामा करणी गरेको भन्न ठहर्याउन न्यायोचित नदेखिने । (प्र.नं.१३) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री नरप्रसाद थापा विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त उतार र ठहर यसप्रकार छः 2. मेरो साहिलो छोरा अहमत अलि मियाको विवाहित श्रीमती विपक्षी सुभुन मिया हुँदा विपक्षी अब्दुल करिम मिया र सफाइ दिनको जेठा बाबु तर्फको नाति नाता पर्ने र छोरा अहमत अलि मियाको जेठा बाजे तर्फका ४ पुस्ताका छोरा नाता पर्दछन । विपक्षी मध्येकी सुभुन मियालाई मेरा छोरा अहमद अलि मियाले विधिवत विवाह गरी ल्याएको बुहारीतर्फ १ छोरी जायजन्म भै हाल ३ वर्ष जतिकी जीवित छन । छोरा महमत अलिमिया रोजगार निमित्त विदेश अरब तर्फ बसेका छन । विपक्षी बुहारीले अन्यत्र लोग्ने मानिससँग अनुचित सम्बन्ध कायम गरी गर्भधारण गरेको शंका लागि सोधपुछ गर्दा अब्दुल करिम मियाको करणी विर्यबाट गर्भ रहन गै करणी मौका मौकामा हुने गरेकाले हाल गर्भ ४ महिना पुगि ५ महिना लागेको हुनुपर्दछ भनेकी हुँदा विपक्षीहरुलाई समेत जुटाई सोधपुछ रोहवर गर्दा करणी लिनु दिनु गरेको कुरामा विपक्षीहरु सावित भएको र निज सुभुनलाई लगाउन दिएका धनमाल गहना लगाउने गरेको नदेखिई खोइ गहना भनी कुरा हुँदा माइती बाबुका घरमा राख्न दिएको छु भनेको हुँदा रोहवर हुदा कै दिन गहना धनमाल चाहियो भन्दा अब्दुल करिम मियालाई दिएकी छु भनेकीले विपक्षी सुभुनलाई विपक्षी अब्दुल करिम मियाको साथ निजको घरमा भित्र्याइएको र धनमाल बुझाउन नल्याएकोले विपक्षीहरुको घरमा जाँदा विपक्षीहरु भागी हिडेको भन्ने थाहा भएकोले धनमाल र जारी तर्फ अहमत अलीले दिने हुँदा हाडनाता तर्फ हाम्रो मुस्लिम जातीमा असर पर्ने हुँदा हाडनातामा ४ पुस्ता भित्रका आमा छोरा नातामा जानी जानी हाडनातामा करणी गरेकोमा विपक्षी अब्दुल करिम मियालाई