निर्णय नं. ११८६ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११८६ - आयकर भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०६/१२ २०५८ निर्णय नं. ११८६ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको दे.पु.नं. १४१ फैसला भएको मिति : ०३५।६।१२।५ पुनरावेदक : का.जि. त्यौडटोल स्थित श्री नेपाल प्रिन्टिङ्ग सर्भिसेजका प्रो.लुपौरत्न तुलाधर विरुद्ध विपक्षी : श्री ५ को सरकार, करकार्यालय बागमती अञ्चल मुद्दा : आयकर (१) हचुवा किसिमले न्यायिक मनको अभावमा आय निर्धारण समितिले आयकर निर्धारण गरेको र तत्काल प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्नेमा नगरी आयकर ऐन, २०३१ को दफा ५९ (२) बमोजिम जरिवाना असुल गर्ने गरेको–कानून व्याख्यासम्बन्धी ऐनको दफा ४ को समेत–त्रुटि हुन आएको पाइने । (प्रकरण नं. १३) विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय फैसला न्या. वासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसलाउपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : २. आर्थिक वर्ष ०३०।०३१ मा प्रेसबाट रु.४०००। आय भएको भन्ने आयविवरण रहेछ । करदाताको सबै कुरामा विचार गर्दा उक्त आर्थिक वर्षमा रु.२३०००। आय निर्धारण गरिएको छ भन्नेसमेत आयकर निर्धारण समितिको निर्णय रहेछ । ३. तपाईंबाट पेश भएको आयविवरण आयनिर्धारण समिति छेउ पेश हुँदा समितिबाट आर्थिक वर्ष ०३०।०३१ मा तपाईंको प्रेसबाट खुद आय रु.२३०००। ठहर भएकोले करको रकम रु.१७००। र जरिवाना रु.५। समेत जम्मा रु.१७०५। बुझाउनु भन्नेसमेत कर कार्यालय बागमती अञ्चलको आयकर निर्धारण आदेश । ४. खुद आय कायम गरी वा कुनै कानूनी अधिकार लिएको नहुँदा त्यस्तो आदेश गैरकानूनी हुँदा उक्त आदेश बदर गरी मैले पेश गरेको विवरणअनुसार आय कायम गरिपाउँ भन्नेसमेत लुपौरत्न तुलाधरको पुनरावेदन । ५. समितिबाट छलफल गरी गोप्य प्रतिवेदनसमेतको आधारमा खुद आय कायम गरी करअधिकृतको कर निर्धारण गरेको मनासिव ठहर्छ भन्नेसमेत राजश्व सदस्य र लेखासदस्यको राय फैसला र म्यादभित्र विवरण दाखिल नगरेवापत तत्कालिन ऐनबमोजिम हुनुपर्नेमा अघिको आयकर निर्धारण गर्दा पछि ०३१।७।५ मा प्रारम्भ भएको ऐनको ५९ (२) बमोजिम जरिवाना गरेको मिलेको नदेखिएकोले उक्त आयकर निर्धारण आदेश बदर हुने ठहर्छ भन्नेसमेत अध्यक्ष कानून सदस्यको ०३२।८।११।५ को राय फैसला । ६. मलाई हराउने सदस्य २ जनाको राय फैसला कानूनी त्रुटि हुँदा पुनरावेदन दिने अनुमति पाउँ भन्नेसमेत लुपौरत्न तुलाधरको निवेदनपत्रमा म्यादभित्र विवरण प्राप्त नभएको भनी आयकर ऐन, ०३१ को दफा ७९ (२) लगाई निवेदकलाई जरिवाना गरेको पाइन्छ । उक्त ऐन ०३१।७।५।२ मा मात्र लागु भएको देखिन्छ । सो मितिभन्दा अघिको कुरामा तत्काल प्रचलित ऐनअनुसार गर्नुपर्ने नगरी आयकर ऐन, २०३१ लगाई सजाय गरेको कानूनी त्रुटिपूर्ण निर्णयलाई राजश्व न्यायाधीकरणले समर्थन गरेको देखिनाले राजस्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ (घ) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने सिंगलबेञ्चको ०३३।८।२।४ को आदेश। ७. आयकर ऐन, २०३१ को दफा ५९ (२) लगाई निवेदकलाई जरिवाना गरेकोमा सो ऐन, २०३१।७।५।२ मा मात्र लागू भएकोले तत्काल प्रचलित ऐनअनुसार गर्नुपर्ने नगरेकोले कानूनी त्रुटि देखिन्छ भन्ने राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ (घ) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने सिंगलबेञ्चबाट ०३३।८।२।४ मा आदेश भई बेञ्चस