निर्णय नं. ११८७ - जग्गाबाली लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११८७ - जग्गाबाली लुटपिट भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/१६ २२७० निर्णय नं. ११८७ ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको दे.फु.नं. १७ फैसला भएको मिति : २०३५।८।१६।६ मा निवेदक : वि.न.पं. वडा नं. ४ बस्ने ताराकुमारी पाण्डेको मु.स.गर्ने विश्वराज पाण्डे विरुद्ध विपक्षी : जि. मोरङ विराटनगर न.पं. वडा नं. १ बस्ने वीरबहादुर थापा क्षेत्री समेत मुद्दा : जग्गाबाली लुटपिट (१) आफ्नो सीमानाभित्र नपरेको जग्गालाई आफ्नो हकको भनी दावी गरेको पुग्न नसक्ने । जग्गामा नै हक नपुग्ने भएपछि हक नपुग्ने जग्गाको बाली लुटपिट गरेको भन्ने–दावी नलाग्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी मीनराजको मुद्दा सकार गर्ने ताराकुमारी मरी मु.स.गर्ने वादी विश्वराजको निवेदनमा यसमा व्यहोरा साँचो भए वीरबहादुर थापाक्षेत्री समेतसँगको त्यस अदालतबाट ०३३।६।७।५ मा छिनिएको जग्गाबाली लुटपिट मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयको लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : मोरङ वरियात मौजे वहेलबाठेसको मेरो नाउँ दर्ताको १८।३ जग्गाको बाली ०१४।९।२३ मा लुटपिट गरी लगेकोले दिलाइपाउँ भन्ने मीनराजको निवेदनमा ठाडै बुझिदिनु भन्ने १४।१०।१० को मो.वि.अपिलको आदेश भई मेरो फाँटको धान मन ८४।। लुटी मेरो विगाहा १८।३ र भाइ प्रयागराजको ५।।१।।४ समेतको खिचोला मेटाइपाउँ भन्नेसमेत मीनराज पाण्डेको ०१४।१०।१४ को बयान । ३. दावीको जग्गा मौडाहा कालाबजार मौजाको र ०४ सालमा रैतिहरुको नाउँमा हाल आवादी दर्ता भएको ५४ विगाहा जग्गा ०१४।१५ सालमा हामी र अरूसमतेले जिमिदार तालुकबाट रैतिबाट समेत राजीनामा गरी लिई बटैया कमाउन दिई आधा बुझाएका हुन । वादी झुठ्ठा हो भन्नेसमेत जङ्गबहादुरसमेतका प्रतिवादीहरुको बयान । ४. झगडा परेको जग्गा यो मौजाको हो भनी इन्साफ दिँदा मेठबन्दी सीमानासमेतमा इन्साफ हुन जाने र मौजाको जिमिदार पटवारीलाई झगडिया नतुल्याई मौजाको सीमानासमेतमा इन्साफ दिन नमिल्ने हुँदा खारेज हुने भन्ने तत्कालिन विराटनगर अमिनीको फैसला । ५. मीनराजको पुनरावेदन परेकोमा नाप नक्सा प्रमाणसमेत बुझी ठहरेबमोजिम गर्नु भनी सुरु अदालतमा पठाउने भन्ने ०१७।३।२१।२ को जिल्ला अदालत धरानको फैसला । ६. बहेलवाठेस मौजामा पुरानो मीनराजको गाउँमा जग्गा दर्ता देखिएकोले हाल सर्भेमा नभएको लोकुन्दा नदी पूर्व बहेलबाठेस मौजा भएकोसमेतबाट उजूर खारेज हुने भन्ने ०२०।३।३० को विराटनगर इलाका अदालतको फैसला । ७. चित्त बुझेन भन्ने मीनराजको पुनरावेदन परेकोमा इन्साफ गर्नु भन्ने कोशी अञ्चल अदालतको फैसला । ८. वादी दावीबमोजिमको जग्गा खिचोला गरी धान मन ५८ प्र.वादी जङ्गबहादुरले लुटेको ठहर्छ । जङ्गबहादुरलाई जग्गातर्फ रु.१। लुटपिटतर्फ रु.१६४।३७ समेत र वीरबहादुर, बुद्धिबहादुर, अम्बरबहादुर, रुद्रबहादुरसमेतलाई रु.१। का दरले जरिवाना हुन्छ भन्ने मोरङ जिल्ला अदालतको ०२६।१०।५ को फैसला । ९. चित्तबुझेन भन्ने जङ्गबहादुरसमेतको पुनरावेदन