निर्णय नं. ११८८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११८८ - जग्गा खिचोला भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/०९ २३९८ निर्णय नं. ११८८ ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०३५ सालको दे.फु.नं. २६ फैसला भएको मिति : २०३५।८।९।६ मा निवेदक : पाल्पा जिल्ला तानसेन न.पं. वडा नं. ८ बस्ने धनलक्ष्मी राजभण्डारी विरुद्ध विपक्षी : ऐ.ऐ. भगवती टोल बस्ने गुणबहादुर श्रेष्ठ मुद्दा : जग्गा खिचोला (१) पेटी भनेको जग्गा राजीनामा भित्रकै देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या. विश्वनाथ उपाध्याय : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याइपाउँ भनी निवेदक वादी धनलक्ष्मीको निवेदन परी न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : ससुरासँग बण्डापत्र भई मेरो हक भएको तिरो रु.।१६।२ लागेको भगवती टोलको घरदेखि पश्चिमतर्फ इश्वरीलालको घर थियो । सो घर सुकुमारीसँग इश्वरीलाल र चिरञ्जीवीले राजीनामा लिई बण्डापत्र गरेपछि इश्वरीको बण्डा पनि चिरञ्जीवीलाई राजीनामा गरेको त्यसबाट पनि सो घर गुणबहादुरले गत २०२७।१।२४ मा राजीनामा लिई ०२८।१।१३ गतेदेखि मेरो घरको पिछुवारको पेटी भत्काई खिचोला गरेकोले राजीनामा लिए पनि पूर्व किल्ला, इश्वरीलालको घर भनी लेख्न नसकी खाली इश्वरीलाल भनी लेखेकोले इश्वरीलालको जग्गालाई साँध कायम गरेको गुणबहादुरको दाता चिरञ्जीवीले पनि मेरो २ हात पेटी जग्गा छोडी चलन गरेको हुँदा चिरञ्जीवीसँग राजीनामा लिने विपक्षीले मेरो जग्गामा दावी खिचोला गर्न नपाउने मध्ये रु.२००। पर्ने तिरो रु.।१ लाग्ने पूर्व मेरै घरको गारो पश्चिम अन्यायवालाको जग्गा, दक्षिण मेरै जग्गा, उत्तर गारो ४ किल्लाभित्रको जग्गा खिचोला गर्नुभएकोले खिचोला मेटाइपाउँ भन्नेसमेत धनलक्ष्मी राजभण्डारीको फिरादपत्र । ३. वादीले नै नगरपञ्चायतमा उजूर गरी कारवाई चलिरहेको नगरपञ्चायतले ०२८।९।२२ मा निर्णय गरेकोमा त्यसउपर पुनरावेदनसमेत नगरी बसेको र शर्तनामाको कागज मौकैमा गरिदिएको भए त्यस कुराको उल्लेख ०२१।२।१७।७ मा तानसेन नगरपञ्चायतमा भएको मिलापत्र एवं ०२७।१।१४।५ मा मैले राजीनामा गरिलिएको कागजमा उल्लेख हुनुपर्ने । सोसमेत नभएको तानसेन नगरपञ्चायतबाट घर बनाउने नक्सा पास गराई माग्दा नाप जाँचसमेत भई मैले घर बनाउने स्वीकृति पाइसकेको समेतबाट वादी दावी झुठ्ठा हो भन्नेसमेत गुणबहादुर श्रेष्ठको प्रतिवादी । ४. वादीको भनाइबमोजिमको पेटी भएकै र प्रतिवादीले भत्काई खिचोला गरेकै देखिन आएकोले पेटी भत्काई खिचोला गरेको छैन भन्ने प्रतिवादीको जिकिर गल्ती देखिएकोले वादी दावीबमोजिम प्रतिवादीले खिचोला गरेकै ठहर्छ भन्ने समेत पाल्पा जिल्ला अदालतको मिति ०२९।८।२९ को फैसला । ५. उपरोक्त फैसलामा चित्त बुझेन भन्ने समेतको वादी गुणबहादुर श्रेष्ठको पुनरवेदनपत्र । ६. जग्गामा हक चिरञ्जीवीकै कायम रहन आएको र सो ठाउँको राजीनामा बमोजिमको ४ किल्ला भित्रको घर जग्गा जे जति हक दायित्व छ सो राजीनामा लिने यो प्रतिवादीको हक स्वामित्व हुन आउने भई जग्गामा हक प्र