निर्णय नं. ४७२८ - परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७२८ - परमादेश समेत भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०३/२२ २६८८ निर्णय नं. ४७२८ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रिट नं. १४३९ आदेश मिति: २०५०।३।२२।३ निवेदक : जिल्ला कास्की पोखरा नगरपालिका वार्डनं. २ मिरुवा बस्ने भैरव पराजुली विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय सिंहदरबार समेत । विषय : परमादेश समेत । (१) २०१७ सालमा निवेदकको नाउँमा रहेको निजकै भोग चलनको जग्गा तत्कालिन पोखरा फरेष्ट अफिस, हाल जिल्ला वन कार्यालय कास्कीलाई दिइएको भन्ने कुरामा विवाद देखिदैंन । सोही जग्गामा वन कार्यालयको भवन समेत बनी २०३२ सालको सर्भे नापीमा जिल्ला वन कार्यालयकै नाउँमा दर्ता भै जग्गा धनी प्रमाणपुर्जा सोही कार्यालयको नाउँमा प्राप्त भै अद्यापि वन कार्यालयले भोगी आएको समेत देखिन्छ । विपक्षी जिल्ला वन कार्यालयको लिखित जवाफबाट पनि मुआब्जा सम्बन्धी विवाद भएको जग्गा निवेदकले वन कार्यालयको भवन बनाउनसम्म मंजुरी गरिदिएको भन्ने पाइन्छ । निवेदकले त्यस्तो मन्जुरी गरी दिएकै कारणले हक छाडी दिएको भन्ने कानुनी मान्यता प्राप्त लिखतको अभावमा मिल्ने नदेखिने । (प्र.नं. १३) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलिया आदेश न्या. रुद्र बहादुर सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. जिजुवाजे रत्नाकर ब्राहाणले सम्वत् १८७७ कार्तिक १ गतेका दिन तत्कालिन महाराज श्री ५ राजेन्द्रबाट लालमोहर बक्स भै पाएको ख. कुसविर्ता जग्गामध्ये १११२ रोपनी जग्गा निवेदकले आफ्नो अंश भागमा प्राप्त गरी निर्विवाद भोग चलन गरी आएकोमा विर्ता उन्मुलन ऐन, २०१६ लागु हुनु अगावै २०१५ सालमा रैकरमा परिणत गरी दर्ता गर्न दिई २०१९ सालसम्म तिरो तिरान एवं निर्विवाद भोग चलन गरी आएको पूर्व मुल बाटो र पौवा बारी पश्चिम पुरानो टुडिखेलको पर्खाल उत्तर नित्यानन्द र श्रीरमण दक्षिण मुचुकन्द यती ४ किल्ला भित्रको दर्ता तिरो भोगको रोपनी ११–८–० को ठूलो वगर भन्न पाखी कित्ता जग्गा निवेदकको निर्विवाद दर्ता तिरो भोगको अघि खिचोला नभएको जग्गा हो । ३. यसरी निर्विवाद हक भोग चलनको जग्गालाई विपक्षी मध्येका तत्कालिन जिल्ला डि.एफ.ओ. को कार्यालय पोखराबाट जिल्ला वन कार्यालय कास्कीले भवन निर्माणको आवश्यकता देखाई निवेदकसँग कानुन बमोजिम मुआब्जा दिने शर्तमा उल्लेखित जग्गामध्ये टुँडिखेल देखि मुनीको निवेदकको जग्गामा बनेको बाटो देखि पूर्व, निवेदकको जग्गा देखि पश्चिम मुचुकन्दको जग्गा देखि उत्तर जि.म. नित्यानन्दको जग्गा देखि उत्तरको ७० फिट चौडाई २०० फिट लम्बाईको अन्दाजी २–८–३–३ जग्गा विपक्षी वन कार्यालय पोखरालाई दिई उक्त जग्गामा विपक्षीले तत्कालै घर समेत निर्माण गरी आउनु भएको थियो । विपक्षीलाई मुआब्जा पाउने गरी दिंदा विपक्षी तत्कालिन पोखरा फरेष्ट डिभिजन अफिसबाट मिति २०१७।३।२७।१ मा जग्गा दिए बापत धन्यवाद पत्र समेत निवेदकले प्राप्त गरेको छ । ४. जग्गा दिए वापत मुआब्जा माग गर्दा आश्वासन मात्र दिई आलटाल मात्र गरेकोले निवेदकले मिति २०४१।१०।१४ मा श्री ५ महाराजधिराज समक्ष विन्तिपत्र चढाएकोमा श्री ५ बाट यसमा के कसो भएको हो हेरी गरी दिनु भन्ने हु. प्र. बक्स भएबाट कारवाही भै २०४२