निर्णय नं. ११८९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११८९ - ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/०६ २०२५ निर्णय नं. ११८९ ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको फौ.फु.नं. १० फैसला भएको मिति : २०३५।८।६।३ मा निवेदक : रोल्पा जिल्ला थुम २२ खुवा मौजे गजुल गा.पं. वडा नं. ११ लङ्ग घर भई हाल प्युठान कारागारमा थुनामा रहेको प्र.पं.मु.गञ्जबहादुर थापा क्षेत्री विरुद्ध विपक्षी : यमबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) मेलामा वादविवाद उठी झगडा भई कुटपिट हुन गएकोले कुटपिट गरेको भन्ने देखिन नआई आफूलाई कुटपिट गरेको कुटाइको रिसको वेगले प्र.ले लाठी प्रहार गरेको चोटबाट मर्न गएकोलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० गर्ने गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ३१) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३३।९।३।६ मा भएको निर्णयउपर दोहर्‍याईपाउँ भन्ने निवेदक प्रतिवादीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए ज्यान मुद्दाको मिसिल झिकी त्यस अदालतको फुल बेञ्चबाट दोहर्‍याई कानूनबमोजिम निर्णय गरी निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : ०२९ साल पुस ५ गते गजुल गौरा भन्ने ठाउँमा देवालीको मेला जात्रामा आजापूजा भइरहेको थियो । सोही गजुल गाउँको रुद्रबहादुरसमेत भई जात्रा हेर्न ऐ.८ बजेको टायममा गई ३ बजेसम्म अन्यायवाला मध्येको प्र.पं.गञ्जबहादुरले बाबु चन्द्रकान्तलाई म निर्विरोध हुने मानिसलाई डिल्लीबहादुरलाई उम्मेद्वार बनाई दुःख पुर्‍यायो प्र.पं.मा सफल गरिसकें । मेरो छोरा किमबहादुरलाई स्कुलको मास्टरबाट निकाला गरेकोले सो कुरामा मलाई इवी चलिरहेको छ भनी प्र.पं.गञ्जबहादुरले भनेबाट वादविवाद हुँदा बाबा चन्द्रकान्तलाई लाठी ढुड्डाले कुटपिट गरी सोही कुटपिटका चोट पिरले सोही दिनको राती ११ बजे मृत्यु भएकोले अन्यायवालाहरुलाई पक्राउ गरिपाउँ भन्नेसमेत प्रेमबहादुरको ०२९।९।६।४ को जाहेर दरखास्त । ३. ०२९ साल पुस ५ गते सत्य मोहडा भन्ने ठाउँमा देवाली पूजा गर्ने सो दिन देवाली पूजा गर्न म र मेरो छोरा किमबहादुर मर्ने चन्द्रकान्तको छोरा भाइ गजुल गाउँका जवानहरु पूजा गर्न म र मेरो छोरा किमबहादुर मर्ने चन्द्रकान्तको छोरा भाइ गजुल गाउँका जवानहरुको जम्मा भिड भइरहेको ठाउँमा दरखास्तमा लेखिएका अम्बरबहादुरसमेतका ६ जवान त्यस ठाउँमा थिए, थिएनन मलाई याद भएन । बिहान ९ बजे पुगी सो पूजाको धनिका चामल उठाई बोका वलिदान गर्ने ठाउँमा बसिरहेको थिएँ । मर्ने चन्द्रकान्त कहाँ थिए मैले देखिनँ । किमबहादुरसमेतका मानिसहरुलाई पनि देखिनँ । बोका काट्ने ठाउँमा बसिरहेको थिएँ, पछाडिबाट ढुड्डा वर्षेको कहाँबाट कसले हाने भनी उठी हेर्दा मेरो टाउकोमा २।३ वटा ढुड्डाले लागी बायाँ निधारमा १।। इञ्ची जतिको चोट लागी बेहोस भई पल्टेपछि डिल्लीबहादुर समेतका मानिसले म माथि आइलागे । सूर्यबहादुरले जोगाए भन्ने कुरा घरमा आई भन्नुभएको थियो । घटनास्थलमा बेहोस भई पल्टिरहेको बेला छोरा किमबहादुरल