निर्णय नं. ११९० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११९० - अंश भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/२० २६४० निर्णय नं. ११९० ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको देवानी फुल नम्बर २७ फैसला भएको मिति : २०३५।८।२० मा निवेदक : धर्मकुमारी आचार्यसमेत विरुद्ध विपक्षी : गंगादेवी आचार्य मुद्दा : अंश (१) हिन्दु समाजमा घरको मुख्यकर्ता पितालाई मानिने...अंशबण्डा हुन बाँकी छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) चिठ्ठीबाट सगोलमा रहेभएको भनी ठहर गर्न मिल्ने देखिन नआउने । (प्र.नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा प्रतिवादीहरुको निवेदनमा फुल बेञ्चबाट दोहर्‍याई कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : जेठाजु भैरवप्रसाद आचार्य र पति भीमप्रसाद आचार्य सहोदर दाजुभाइ हुन । अंशवण्डा नगरी सगोलमा रही बसिआएको अवस्था १९९७ सालमा मेरा पति भीमप्रसादको देहान्त भएको र मेरो गर्भबाट जन्मेकी एक छोरी पनि जीवित नरहेकी म निज जेठाजु भैरवप्रसादसँग सगोलमै बसी व्यवहार गरी आएका थिएँ । अंशबण्डा नहुँदै २०२६ सालमा जेठाजु भैरवप्रसादको पनि देहान्त भयो । यी विपक्षीको सगोलमा बस्न इच्छा नभएकोले म पनि बेग्लै बस्नसम्म लागेकी तर कुनै अंश भाग भने मैले केही नपाएकी इज्जत आमोदअनुसार खान लगाउनसमेत नदिएकोले फिराद गर्न आएको छु । ०२७।८।१ गते कागज गरी मानोसम्म छुट्टि बसेकोले सो मितिसम्मको चलअचल श्रीसम्पत्तिको फाँट विपक्षीबाट तायदाती लिई मैले पाउने अंश दिलाइपाउँ भन्ने फिरादपत्र । ३. ससुरा बाजे डि.चिन्तामणिका जेठीपट्टिका भैरवप्रसाद, कान्छी पट्टिका वादीका लोग्ने भीमप्रसाद हुन । घरको मुख्य कर्ता ससुरा बाजे डि.चिन्तामणिले १९९०।५।१९।१ मा वादीका लोग्ने भीमप्रसादको समेत सगोलमा रहने गरी हाम्रा पतिपिता भैरवप्रसादलाई अंशबण्डा छुट्याई लिखत गरिदिनु भएकोमा वादीको पति भीमप्रसादलाई १९९७ सालमा परलोक हुनुअगावै घरको मुख्य चिन्तामणिले अंश भाग छुट्याई दिनुभएको हो । अंश मिसाई सगोलमा बसेको भन्ने वादीको सबूद प्रमाण दाखिल नभएको समेत हुँदा सगोल छु भन्ने वादी झुठ्ठा हो । अब वादीको अंश हामीहरुसँग छैन भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र । ४. २०२७।८।१ को बण्डापत्रको कागज राजकुमारको हस्ताक्षर होइन । कीर्ते बनाई दाखिल गरेका हुन भन्ने प्र.वा.रामबहादुरको र डि.चिन्तामणि आगे भएको १९९०।५।१९।१ का बण्डापत्र सक्कलै देखें सनाखत गरें डि.चिन्तामणिले भैरवप्रसादलाई गरिदिएको बण्डापत्र सद्दे नै हो । तर सो बण्डाअनुसार छुट्टि बेगल बसेको होइन । रामबहादुरको बयानअनुसार पनि कीर्ते होइन सद्दे हो भन्ने वादी वा.पुष्पलालको बयान । ५. गंगादेवीबाट ०२५।१।३।२ मा रु.२३००६। को राजीनामा लिँदा भैरवप्रसाद साक्षी बसी लिएको हो भन्नेसमेत दौमत सतारको बयान । ६. प्रतिवादीको लोग्ने बाबु भैरवप्रसाद डि.चिन्तामणिबाट १९९०।५।१९ मा बण्डा छुट्टिई छुट्टा–छुट्टै व्यवहार भएको प्रमाणित हुन आएकोले छुट्टिएको प्रतिवादीहरुबाट अंश दिलाइपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने ०३०।११।१।२ को झापा जिल्ला अदालतको फैसला । ७. उक्त इन्साफम