निर्णय नं. ११९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/०७ २३४२ निर्णय नं. ११९१ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश विश्वनाथ उपाध्याय माननीय न्यायाधीश त्रैलोक्यनाथ अर्याल सम्वत् २०३५ सालको रिट नम्बर १२३६ आदेश भएको मिति : २०३५।८।७।४ मा निवेदक : समीक्षा साप्ताहिकका सम्पादक तथा प्रकाशक मदनमणि दीक्षित विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अस्पष्ट आदेशले प्रतिकूल अनुसार पर्ने व्यक्तिलाई कारण र आधार बताउनुपर्ने प्राकृतिक न्यायको सिद्धान्तको आवश्यकता पूरा गरेको सम्झन नमिल्ने । (प्रकरण नं. ३०) (२) अधिकारक्षेत्रात्मक तथ्य (Jurisdictional Fact) को उल्लेख नगरी दिइएको आदेश अधिकारक्षेत्रात्मक त्रुटीयुक्त हुने । (प्रकरण नं. ३१) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिंह आदेश न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थी श्री ५ को सरकारको मिति २०३५।१।१२ को निर्णयअनुसारको समीक्षा साप्ताहिकको प्रकाशनलाई रोक लगाउने गरी गरेको निर्णय एवं आदेश बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य संक्षेपमा यसप्रकार छ : श्री ५ को सरकार सञ्चार मन्त्रालयले श्री मदनमणि दीक्षित प्रकाशक, “समीक्षा” साप्ताहिकलाई लेखेको मिति ०३५।१।१२ को पत्रानुसार छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०३२ को दफा २२ प्रयोग गरी श्री ५ को सरकारले मिति ०३५।१।१२ को निर्णयअनुसार समीक्षा साप्ताहिकको प्रकाशनलाई रोक लगाउने गरी आदेश जारी गरेको र सोही मितिमा निजलाई लेखेको अर्को पत्रानुसार निज र निजको प्रकाशन छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०३२ को दफा २२ को उपदफा १ को खण्ड (क) ले निषेध गरेको क्रियाकलापमा लागेको भन्ने श्री ५ को सरकारलाई लागेको, सोही दफाको उपदफा (१) बमोजिमको अधिकार प्रयोग गरी वा.अ.का.प.द.नं. ८८ (०८२) अन्तर्गत दर्ता गरिएको निजको प्रकाशन साप्ताहिक समीक्षाको प्रकाशनलाई तुरुन्त रोक लगाई श्री ५ को सरकारको अर्को आदेश जारी गरेको रहेछ । ३. श्री ५ को सरकारको उक्त निर्णय र आदेश बदर गरिपाउँ भनी रिट निवेदनमा लिएका मुख्य जिकिर यसप्रकार छन : म निवेदकले आफ्नो जीवन पत्रकारितामा समर्पण गरेकोछु । नेपालको पत्रकारिताको क्रम र विकासमा म निवेदकले जिम्मेवारी महत्वपूर्ण भूमिका अदा गरेको छु । म निवेदक जस्तै एकमात्र लगन र समर्पणको कारण नेपालमा पनि पत्रकारहरुको अन्य पत्रकारितालाई राज्यको चौथो अङ्गको रुपमा मान्यता भइरहेको छ । साथै निवेदकले पत्रकारिता पेशागत रुपमा ग्रहण गर्दै आएको छु । समीक्षा नामक पत्रिकाको सम्पादन र प्रकाशनद्वारा पत्रकारिताको सेवा अतिरिक्त आफ्नो जीवनयापनको स्रोत पनि बनाएको छु । ४. म निवेदकले आफ्नो पत्रकारिताको लामो तर लर्ति उतार चढावको जीवनमा कलमको स्वतन्त्रतालाई दुरुपयोग गरेको छैन । हमेसा जनतालाई थाहा पाउने हकलाई मान्यता दिएको छ । कहिले पनि चापलुसी जगतमा प्रवेश गरिनँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय इस्युहरुलाई लेखबद्ध गरी पाठकवृन्दलाई जानकारी गराएको छु । सत्यासत्यलाई प्रकट गर्न म कहिले हिचकिचाइन । व्यवस्थाले बाँधेका सीमाहरु, नियन्त्रणहरु र घेराहरुलाई उल्लंघन नगरी समयानुकुल परिवर्तन या सुधार ल्याउन विशुद्ध भावनाले श्री ५ को सरकार, सार्वजनिक निकायहरु र उत्तरदायी व्यक्तिहरुको नीतिह