निर्णय नं. ११९२ - बाली लुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११९२ - बाली लुटपिट भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/२९ २१६७ निर्णय नं. ११९२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको दे.फु.नं. १०३ फैसला भएको मिति : २०३५।८।२९।५ मा निवेदक : जि. सुनसरी महेन्द्रनगर गा.पं. वडा नं. २ बस्ने एकराज अधिकारी समेत विरुद्ध विपक्षी : ऐ.जि. भोक्राहा पञ्चायत वडा नं. ९ बस्ने लालजी चौधरी थारु समेत मुद्दा : बाली लुटपिट (१) अ.बं.२७ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भिर त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्नेसमेत निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत ०३४।४।२१ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. सुनसरीको साविक भो.गा.पं. वडा नं. ९ को हाल नापी हुँदा महेन्द्रनगर वा.नं. ९ भित्र परेको २७ पलटको हामीहरु समेतका नाउँमा रजिष्ट्रेशन पाससमेत गरी भोगेको जग्गामा धानबाली लगाई राखेको पाकी तयार नभएको काँचो बाली म गणेश बस्नेतले राजीनामा लिएको कि.नं. ५५।५६ को २–१–४ म दुर्गाबहादुरको कि.नं. ३८ मध्येको जग्गा विगाहा १ म एकराजको कि.नं. २१ मध्येको जग्गा विगाहा १ म धनञ्जयको कि.नं. ५३।५४ को १–२–१ म ध्यानप्रसादको कि.नं. ७० को ०–१३–० म उद्धवबहादुरको कि.नं. २२ मध्येको विगाहा १ समेत ६–१७–६ जग्गामा विपक्षीहरु र नचिनेको १५०।२०० को हुल जमात भई ०३०।८।१२।१४ का दिन बिहान ७ बजेदेखि भक्तलाल जि. मन्तुसमेतले बचन दिनासाथ कोही काट्ने, कोही बोझा बाँध्ने गरी गोरु, राँगा गाडीमा धान बसारी लुटी लगेको विगो गणेशको ६१५०। दुर्गाबहादुरको ३०००। एकराजको ३०००। धनञ्जयको ३४५०। ध्यानप्रसादको १९५०। उद्धवबहादुरको ३०००। समेत जम्मा रु.२०५५०। विपक्षीहरुबाट दिलाई भराई सजायसमेत गरिपाउँ भन्नेसमेत ०३०।९।२९ को फिराद । ३. वादी दावीको जग्गा ०१३ सालदेखि हाल आवाद गरी ०१५ सालसम्म भोगेको जग्गा यो वादी गणेशबहादुर समेतका बाबु कोमलबहादुरको र हाम्रो समेत ०१७ सालदेखि जग्गाबाली तथा लुटपिट कुटपिटसमेत विभिन्न मुद्दा परी पैरवीमा वादीका बाबु रहन नसकी फैसला भएको छ । वादीहरुले हाम्रो भनेको जग्गा हाल आवाद र ६६ प्लटभित्रको भन्ने वादी बाहिरको भन्ने हामी भई झगडा हुँदा हाल आवाद ठहरी विषेश अदालतबाट फैसला भएको छ । यो वादीमध्ये दुर्गाबहादुरको पत्नी लक्ष्मीदेवी समेतले मकै बाली लुटपिट मुद्दामा डिसमिस गरेको छ । हक पुगेको कुनै सबूद वा वादीहरुले पेश गर्न नसकेको समेत हुँदा वादी दावीबमोजिम लुटपिट नगरेको हुँदा अलग गरिपाउँ भन्नेसमेत भनतु चौधरी, भगतु गुजाई, दरवारी, नथरु दुखि चौठी, भोलाई, मंगलाल, सत्सदेव राई, शिवनारायण चौधरीसमेत ११ जनाको वारेस आफ्ना हकमा समेत लाल जि. चौधरीको प्रतिउत्तर । ४. अरु ७ जना प्रतिवादीहरुले सुरु म्यादै गुजारी बसेको । ५. वादी दावी जग्गा वादीहरुको हकभोग भएको राजीनामा, रसिद प्रमाणसमेत पेश दाखिल भएको वादी दावीको जग्गा ऐलानी हो भन्ने सबूद प्रमाण दाखिल नभएको साथै ऐलानी भनेकोमा २७ नं. प्लटमा परेको नम्बरी दर्ता जग्गा भनी प्र.मध्य